site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेलम्चीको पाइप बिछ्याउन विवाद, ‘सिनो हाइड्रोसँग सम्झौता चाँडै’
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने काममा विवाद आएको छ । कलंकी र बाफलबीचको करिब दुई सय मिटर क्षेत्रमा पाइप बिछ्याउँदा स्थानीयबीच विवाद उत्पन्न भएको हो । 

“चक्रपथको उक्त स्थान अन्य स्थानभन्दा भिरालो छ । सडकमाथि स्थानीयको घर रहेकाले पाइप बिछ्याउने ठाउँ खन्न समस्या देखिएको छ,” मेलम्ची खानेपानी आयोजना-२ का एक अधिकृतले भने, “पाइप बिछ्याउन जमिन खन्दा माथिको घर लड्ने भन्दै स्थानीयले पाइप बिछ्याउन अवरोध गरेका छन् । स्थानीयले घरलाई क्षति पुग्ने भन्दै पाइप अन्यत्रबाटै लैजाने माग गरेका छन् ।”

त्यसस्थानमा पाइप बिछ्याउँदा घर धरापमा पर्ने भएकाले घरको क्षतिपूर्ति मागेको आयोजनाले बताएको छ । सडकबाट नै पाइप बिछ्याउने योजना रहेकाले आयोजनाले पाइप बिछ्उँदा सडक मर्मत गर्ने बजेटबाहेक क्षतिपूर्तिको बजेट नभएकाले काम रोकिएको छ । विवादका कारण असार अन्तिममा नै पुरिसक्नुपर्ने पाइप बिछ्याउन नसकिएको हो ।
 
यसले गर्दा बल्खुतर्फ खानेपानी लैजाने पाइप लान ढिलाइ भएको हो । आयोजनाले त्यस क्षेत्रमा थोक वितरण प्रणालीको एक हजार ४ सय एमएम साइजको पाइप बिछ्याउँदै आएको थियो । विवाद समाधानका लागि चक्रपथ सुधार योजनाको ध्यानाकर्षण गराएको ती अधिकृतले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

योजनाले हाल कलंकीदेखि चाबहिलसम्म दोस्रो फेजमा आठ लेन सडक विस्तारको तयारी सुरु गरेकाले मेलम्चीको पाइप बिछ्याउँदा सडकमा देखिएको विवाद योजना कार्यालयले समाधान गर्नुपर्ने मेलम्ची आयोजनाले बताएको छ । 

“कलंकीमा पाइप बिछ्याउँदा आएको विवाद समाधानका लागि हामीले चक्रपथ सुधार योजनालाई जानकारी गराएका छौं । योजना र हाम्रो समन्वयमा त्यहाँको समस्या चाँडै समाधान गरिन्छ,” आयोजना-२ का सहायक प्रमुख लोकेन्द्रप्रसाद यादवले भने ।

Global Ime bank

कटुञ्जेमा मुआब्जा विवाद

उपत्यकाका १० स्थनमा आयोजनाले ८ हजार लिटर क्षमताका खानेपानी ट्याङ्की निर्माण गरिरहेको छ । स्थानीयले कटुञ्जेमा निर्माण भएको खानेपानी ट्याङ्कीसम्म लैजाने पाइप बिछ्याउँदा आवश्यक जमिनको मुआब्जा दिनुपर्ने माग राखेकाले त्यहाँको पाइप बिछ्याउने काममा ढिलाइ भएको आयोजना- २ का सहायक प्रमुख लोकन्द्रप्रसाद यादवले बताए । 

“त्यसक्षेत्रको जग्गा अधिग्रहण गर्दा करिब ५० प्रतिशत स्थानीयले मात्र प्रशासनले तोकेको मुआब्जा बुझे । मुआब्जा नबुझ्नेमध्ये केहीले जिल्ला अदालतमा चलनचल्तीको पछिल्लो भाउअनुसार जग्गाको मूल्य पाउनुपर्ने माग रोखेकाले पाइप बिछ्याउन सकिएको छैन,” यादवले भने ।

थोक वितरण प्रणालीको १ हजार ४ सय एमएम साइजको पाइप बिछ्याउन करिब १० मिटर चौडाइमा जमिन खन्नुपर्ने हुन्छ । कटुञ्जेको उक्त क्षेत्रको करिब डेढ किमि जमिनमा आयोजना- २ ले ०७६ चैतदेखि पाइप बिछ्याउन सुरू गरेको हो ।

पाइप धमाधम पुरिँदै

आयोजनाले पाइप बिछ्याउन सडक खनेर यत्तिकै छोडेपछि सडकमा धुलो र हिलोको समस्या बढेको थियो । अन्य निकायले आयोजनामा सडक तत्काल यथास्थानमा मर्मत गर्न पहल गरेपछि आयोजनाले पछिल्लो समय पाइप पुरेका स्थानको सडक मर्मतलाई प्राथमिकतामा राखेको छ ।

“पाइप बिछ्याएका स्थानमा सडक यत्तिकै छोड्ने पुरानो प्रणालीलाई छोडेर पाइप बिछ्याएको २४ घन्टाभित्रै सडक यथास्थानमा मर्मत गर्न सम्बन्धित प्रमुखलाई निर्देशन दिएका छौं । अहिले हामीले खनेका सडकबाट पहिले जस्तो धुलो, हिलोको हैरानी सर्वसाधारणले बेहोर्नु परेको छैन,” सहायक प्रमुख यादवले भने ।

अन्यत्र स्थानमा पनि मेलम्ची खानेपानी आयोजनाले बिछ्याउँदै आएको पाइप विवादका कारण पाइप बिछ्याउन ढिलाइ भएको छ । स्थानीयले आफ्नो घरको पेटी र पसल अगाडिको स्थानमा बिनासूचना पाइप बिछ्याउन जमिन खनेको भन्दै विरोध जनाउने गरेको आयोजनाका कर्मचारीको भनाइ छ ।

८० हजार धारा जडान

मेलम्ची नदीबाट सुरुङमार्फत सुन्दरीजल प्रशोधन केन्द्र हुँदै उपत्यकाका विभिन्न १० स्थानमा खानेपानी ट्याङ्कीमा भण्डारण भएको पानी वितरणका लागि एक लाख १० हजार नयाँ धारा जडान गर्ने योजना ल्याएको हो ।

सुरुमा काठमाडौंमा ८० हजार धारा जडान गर्ने आयोजनाको योजना थियो । पछि विभिन्न स्थानमा थप गरेर १ लाख १० हजार धारा जडान गर्ने योजना ल्याएको हो । नयाँ योजनामध्ये हालसम्म काठमाडौंका विभिन्न स्थानमा ८० हजार धारा जडान गरिएको यादवले जानकारी दिए ।

वितरण सञ्जालको २ सय र थोक विरतणको ३ किमि पाइप बिछ्याउन बाँकी

आयोजनाले ५० एमएम र १ हजार ४ सय एमएम साइजका वितरण र थोक गरी दुई प्रकारका पाइप बिछ्याइरहेको छ । जसमा थोक वितरण प्रणालीको ७८ किमि र वितरण सञ्जालको १ हजार ३६ किमि पाइप रहेका छन् । 

यसमध्ये थोक विरतण प्रणालीको ३ किमि र वितरण सञ्जालको २ सय किमि पाइप बिछ्याउन बाँकी रहेको आयोजनाले बताएको छ । सुन्दरीजल प्रशोधन केन्द्रदेखि उपत्यकाका विभिन्न १० वटा खानेपानी ट्याङ्कीमा थोक वितरणका ठूला आकारका पाइप बिछ्याइन्छ भने ट्याङ्कीदेखि उपभोक्ताका घरसम्म वितरण सञ्जालका पाइपमार्फत खानेपानी वितरण गरिन्छ ।

हाल कुलेश्वर, ललितपु र भक्तपुरका केही स्थानमा वितरण सञ्जालका पाइप बिछ्याउन बाँकी रहेको हो ।

सिनो हाइड्रोसँग सम्झौता चाँडै 

साउनको अन्तिम साता मेलम्चीको बाँकी काम गर्नका लागि चीनको सिनो हाइड्रो कम्पनी छनोटमा परेको छ । मेलम्चीको बाँकी काम गर्नका लागि ठेक्का लिएको चाइनाको सिनो हाइड्रो कम्पनीले चाँडै नै काम सुरु गर्ने भएको छ ।

“कम्पनीको बैंक ग्यारेन्टी भएपछि सम्झौता गरी काम सुरु हुनेछ,” मेलम्ची आयोजना विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले भने, “हेडर्वक्स र सुरुङ फिनिसिङलगायतका विभिन्न कामलाई दुईवटा प्याकेज बनाएर कम्पनीले काम गर्ने छ ।”

०७२ सालको भूकम्पले मेलम्चीको अम्बाथान सुरुङमा क्षति पुर्‍याएपछि ०७१ सालबाट काम गर्दै आएको इटालीको सीएमसी कम्पनीले आयोजनासँग थप १ अर्ब ३६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकोमा उक्त रकम नपाएपछि ०७५ पुस ३ गते इटलीको सीएमसी कम्पनीले आयोजनाको काम छोडेर हिँडेको हो ।

सीएमसी हिँडेपछि स्थानीय ठेकेदारले आयोजनाको काममा आवश्यक निर्माण सामग्री र यन्त्र, उपकरण उपलब्ध गराए बापतको तिर्नुपर्ने रकम हालसम्म बाँकी छ । करिब एक अर्ब ५० करोड रुपैयाँ सीएमसीले स्थानीय ठेकेदारलाई तिर्नुपर्नेमा हालसम्म बाँकी रहेको हो । सरकारले यो रकम नतिरेसम्म आयोजनाको काम गर्न नदिने अडान स्थानीय ठेकेदारले राख्दै आएका छन् । 

यो समस्या समाधानका लागि खानेपानीमन्त्री बिनामगरसहित मन्त्रालयका सहसचिवको संयजकत्वमा गत बुधबार एउटा टोली गठन गरिएको छ । उक्त टोलीले ठेकेदारले निर्माण सामाग्री र यन्त्र, उपकरण चलाएको विस्तृत अध्धयन गरेर मन्त्रालयलाई प्रतिवेदन दिएपछि सरकारले ती स्थानीय ठेकेदारको बाँकी रकम भुक्तानी गर्ने मन्त्रालय स्रोतले बताएको छ ।

सुरुङ फिनिसिङ गर्ने, इन्टेक निर्माण गर्ने, सुरुङमा सेफ्टी अडिट निर्माण गर्ने र मेलम्ची नदीमा हेडवक्र्स निर्माण गर्ने ठेक्का सिनो हाइड्रोले लिएको हो । कुल दुई अर्ब १२ करोड रुपैयाँमा काम सिनो हाइड्रोले गर्ने समितिका प्रवक्ता पन्तले जानकारी दिए ।

कहिले आउँछ मेलम्चीको पानी ?

मेलम्चीको खानेपानी काठमाडौं आउने मिति पटक-पटक सर्दै आएको छ । आयोजनाको जिम्मेवार खानेपानी मन्त्रालय सम्हाल्दै आएका मन्त्री हालसम्म २४ पटक फेरिए पनि आयोजना पुरा भएको छैन ।

एक साताअघि प्रतिनिधिसभा बैठकमा बोल्दै खानेपानीमन्त्री बिना मगरले २४ पटक मन्त्री फेरिएकाले अब आफ्नै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताइन् । “मेलम्चीको खानेपानी मेरै कार्यकालमा आउँछ,” मन्त्री मगरले प्रतिबद्धता व्यक्त गरिन् । 
   
   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC