site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रिय वनको नाप नक्सा गर्न निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन तथा वातावरण मन्त्रालयलाई राष्ट्रिय वनको नाप नक्सा र सीमाङ्कनको अवस्था आगामी छ महिनाभित्र पेश गर्न निर्देशन दिएको छ । 

समितिको आइतबार सिहंदरबारमा बसेको बैठकले वन क्षेत्रभित्र रहेका रूख, बुट्यानले ओगटेको क्षेत्रफल, वन क्षेत्रको अतिक्रमणको अवस्था स्थानीय तथा प्रदेश तहगत रुपमा पेश गर्न निर्देशन दिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा बसेको बैठकले वन क्षेत्रको संरक्षणका लागि हालसम्म मन्त्रालयले गरेका कामको प्रतिवेदनसमेत पेश गर्न निर्देशन दिएको छ । वन क्षेत्रको यकिन तथ्याङ्कको विवरण यसअघि सन् २०१२ मा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको थियो । 

सोही तथ्यांकमा सामुदायिक वनतर्फ २९ लाख सात हजार ८७१ र पारिवारिक तथा निजी वनतर्फ ३८ लाख ३१ हजार ९३ घरधुरी संख्या लाभान्वित भएका छन् । पारिवारिक तथा निजी वनका १३ लाख २६ हजार ४८३ घरधुरीसँग पाँच करोड ३२ लाख २९ हजार ९२९ रूख छन् । निजी तथा पारिवारिक वन क्षेत्र उपभोग गर्ने व्यक्तिसँग शून्य दशमलव एकदेखि १० हेक्टरसम्म पारिवारिक तथा निजी वन रहेका निजी तथा पारिवारिक वनका अध्यक्ष जोगराज गिरीले जानकारी दिए ।

Global Ime bank

वन तथा वातावरण मन्त्रालयले २०७४ सालमा संकलन गरेको तथ्यांकका आधारमा सामुदायिक वनको सङ्ख्या २२ हजार २६६ र सो सङ्ख्याले ओगटेको वन क्षेत्र २२ लाख ३७ हजार ६७० हेक्टर छ । सन् १९९५ मा विश्व बैंकको तथ्यांक अनुसार दुवै क्षेत्रको वनबाट १६ करोड क्युफिट काठ दिगो वन व्यवस्थापनमार्फत निकाल्न सकिने भए पनि भूकम्पपीडित र अन्य क्षेत्रको विकास निर्माणका लागि भन्दै सरकारले २०७२-७३ सालमा नौ करोड क्युफिट काठ दिगो वन व्यवस्थापनमार्फत निकालेको थियो ।

नेपालले आर्थिक वर्ष ०७५-०७६ मा रु ८८ अर्बको काठ इन्डोनेसिया, भारत र मलेसियाबाट आयात गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC