site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एयर होस्टेस् भन्दै फेसबुकमार्फत सम्पर्क गरी ठगी गर्ने महिला पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एयर होस्टेस् भन्दै फेसबुकमार्फत सम्पर्क गरी ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । 

गुराँस श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडि खोली ठगी गर्ने झापा अर्जुनधारा नगरपालिका ६ की तविता राईलाई पक्राउ गरेर झापा जिल्ला अदालतबाट ६ दिन म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले नक्कली फेसबुक आइडीमा घर सिक्किम, आफु जेट एयरलाइन्समा एयर होष्टेसको रुपमा काम गर्दै आइरहेको, बुबा अमेरिकामा बस्ने र आमा डाक्टर, दाजु पाइलट रहेको परिचय राखेर फ्रेन्ड रिक्वेस्ट पठाइ म्यासेन्जर र मोबाइलमा कुराकानी गरेर विवाह गर्ने प्रलोभन देखाइ पुरुषहरुसँग पैसा माग्‍ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

उनलाई ती पुरुषहरुसँग आकस्मिक समस्या देखाइ पैसा माग्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने धम्कीसमेत दिएको भन्‍ने दुई पुरुषहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । 

Global Ime bank

अनुसन्धानका क्रममा नक्कली फेसबुक आइडीमा अर्काको फोटोहरु राखेकोले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने गरेको, जेट एयरलाइन्सको एयर होस्टेसको फोटोहरु इन्स्ट्राग्रामबाट निकाली आफूले खोलेको नक्कली फेसबुक आइडीमा फोटोहरु अपलोड गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । 

उनलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी अपराध अन्तर्गत मु्द्दा चलाइ अनुसन्धान भइरहेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC