site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रविको बयान आज– चितवनमा झडप, प्रहरीसहित प्रदर्शनकारी घाइते 
Ghorahi CementGhorahi Cement

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्यासम्बन्धी मुद्दा अदालत प्रवेश गरेको छ । आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की,  टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनमा आत्महत्या गर्न दुरुत्साहन गरेको  भन्दै मुद्दा चलाउन सकिने राय दिइएपछि आइतबारनै जिल्ला अदालत चितवनमा कार्की, लामिछाने र कँडेललाई विपक्षी बनाउँदै अभियोगपत्र दायर भएको थियो । 

त्यसलगत्तै प्रहरीले अभियुक्त तीनैजनालाई बयानका लागि जिल्ला अदालत चितवन लगेको थियो । न्यायाधीश हेमन्त रावलको इजलाशमा उनीहरुको बयान लिने क्रम शुरु भए पनि कार्कीको मात्र बयान सकिएको अदालतले जनाएको छ ।  लामिछाने र कँडेलको बयान भने आज हुनेछ । आज बयान सकिएपछि अदालतले साधारण तारेखमा, धरौटीमा या थुनामा पठाउन सक्नेछ ।

बयान जारी रहेकाले उनीहरु न्यायिक हिरासतमै रहेका छन् । बयान सकिएपछि थुनछेक प्रक्रिया शुरू हुनेछ । सो क्रममा दुबैतर्फका कानुन व्यवसायीले बहस गर्नेछन् । बहस सकिएपछि अदालतले सो मुद्दामा आफ्नो फैसला सुनाउनेछ ।  अभियोगपत्रमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै तीनैजनालाई पाँचवर्ष कैद र ५० हजार जरिबाना माग गरिएको छ । पुडासैनी गत साउन २० गते चितवनको होटल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।  

Agni Group

पोस्टमार्टम रिपोर्टपछि पुडासैनीले आत्महत्या गरेको पुष्टि भएको थियो ।  आत्महत्या गर्नुअघि उनको मोबाइलमा लामिछाने, कार्की र कँडेल दोषी भएको बताएका थिए ।  सोही भिडियोका आधारमा पुडासैनीको मृत्यु भएको १० दिनपछि प्रहरीले तीनैजनालाई काठमाडौंबाट पक्राउ गरि चितवन लगेको थियो ।  प्रहरीले पहिलो पाँचदिन अनुसन्धान गर्दा समय नपुगेको भनेपछि थप पाँचदिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको थियो । 

दोस्रोपल्ट थपिएको म्यादको अन्तिम दिन जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय चितवनमा बुझाएको थियो । 

Global Ime bank

अब के हुन्छ प्रक्रिया ? 

जिल्ला अदालत चितवनमा बयान शुरु भएपछि अब के होला ? भन्नेमा धेरैको चासो छ ।  वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली अदालतमा अभियोगपत्र दर्ता भएपछि तीनवटा सम्भावना रहने बताउँछन् । पहिलो, सुनुवाइका क्रममा प्रथम दृष्टिमै दोषी देखिने प्रमाण पाएमा इजलाशले थुनामा पठाउन सक्ने उनले बताए । 

दोस्रो, केही प्रमाण देखिएमा र केही संदिग्ध देखिएमा धरौटी मागेर साधारण तारेखमा छाड्न सक्ने र  तेस्रो, केही नै प्रमाण नपाएमा अदालतले रिहा गर्न पनि सक्ने उनले बताए ।  आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार जरिबाना हुने कानुनी व्यवस्था छ । 

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप

यसैबीच रविको रिहाइको माग गर्दै चितवन पुगेका उनी समर्थक समूह र प्रहरीबीच आइतबार बेलुकापख हानाहान भएको छ । प्रहरीले रवि समर्थकमाथि लाठी र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनका क्रममा चितवनका डीएसपीसहित चारजना प्रहरी र कैयौं प्रदर्शनकारी घाइते भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC