site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी हवल्दार कुँवर ३० वर्षपछि निर्दोष सावित, सर्वोच्चले भन्यो- क्षतिपूर्ति दिनू 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पेस्तोल चोरीको अभियोगमा मुद्दा लडेका प्रहरी हवल्दार खुलबहादुर कुँवर ३० वर्षपछि निर्दोष सावित भएका छन् । सर्वोच्च अदालतले पेस्तोल चोरीको अभियोग खेपिरहेका कुँवरलाई सफाई दिएको हो ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले ०७५ फागुन २३ गते गरेकोसो फैसलाको पुर्णपाठ आएको छ । फैसलामा कुँवरलाई अन्याय भएको ठहर गर्दै क्षतिपूर्ति दिन आदेश गरिएको छ । 

उनलाई पेस्तोल चारीको अभियोगमा थुनामा राखिएको मितिदेखि अवकाश हुने मितिसम्मको कानुनबमोजिम प्रहरी सेवामा रहँदा प्राप्त हुने तलब भत्ता र निवृत्तिभरणको सुविधा प्रदान गर्दा न्यायपूर्ण हुने फैसलामा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फैसलामा भनिएको छ, “निजले प्राप्त गर्ने तलब, भत्ता र अन्य सुविधा प्रदान गरी कानुनबमोजिम प्राप्त गर्ने निवृत्तिभरणको रकमसमेत यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र निवेदकलाई उपलब्ध गराउनु भनी विपक्षीहरूका नाममा परमादेशसमेत जारी गरिदिएको छ ।” 

०४४ माघमा कुँवरमाथि पेस्तोल चोरीको आरोप लागेको थियो । ०४४ माघ देखि ०४८ सालसम्म उनी प्रहरीकै थुनामा राखिएका थिए । प्रहरी सिवशेष अदालतले उनलाई दोषी ठहर गर्दै चार वर्ष कैद र एक वर्षको तलब बराबरको जरिवाना गर्ने फैसला गरेको थियो । 

Global Ime bank

सो सजाय भोगिसकेपछि उनी सोविरुद्ध अदालत पुगेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC