site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा प्रहरीमाथि ढुंगा प्रहार गर्ने १० प्रदर्शनकारी पक्राउ 
Sarbottam CementSarbottam Cement

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा हुलदंगा गर्न खोजेको भन्दै प्रहरीले १० जना प्रदर्शननकारीलाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग खेपिरहेका रवि लामिछानेका समर्थकहरु बिहानैबाट प्रदर्शनमा उत्रिएका थिए । 

सो क्रममा आइतबार राति प्रदर्शनकारीले हुलदंगा गर्दै प्रहरीमाथि नै आक्रमण गरेपछि नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रयोग गरेको थियो । यसरी हुलदंगा र प्रहरीमाथि ढुंगा हान्नेमध्ये १० जनालाई पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको थियो । 

पत्रकार रवि लामिछानेका रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा बालेर प्रदर्शन गरेका थिए । 

Global Ime bank

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । 

आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC