site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वार्षिकोत्सवको अवसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । इभेन्ट एण्ड भेनु एसोसियसन अफ नेपाल (पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौं) ले नवौं वार्षिकोत्सवको अवसर पारेर रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । साधारणसभाको पूर्वसन्ध्यामा आयोजित सरसफाइ कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीको प्रमुख आतिथ्यमा स्वयम्भुमा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।

करिब ६५ जना व्यवसायीको उपस्थितिमा मन्दिरको चारैतिर सरसफाइ कार्यक्रम सम्पन्न भएको प्रचार प्रसार संयोजक कृष्णप्रसाद पाण्डेले जानकारी दिए । इभाका उपाध्यक्ष तेविन्द्ररत्न शाक्यको संयोजकत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो । त्यसअघि पुरानो बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । पार्टी प्यालेसका प्रतिनिधि, सर्वसाधारणबाट रक्तदान गरिएको थियो । ५१ पिन्ट रगत संकलन गरिएको पाण्डेले जानकारी दिए ।

यस संस्थाले स्थापनादेखि नै विभिन्न सेवामुलक कार्यक्रम पनि गर्दै आएको उनले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC