खेल
एजेन्सी । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । आईतबार राति भएको लिगको दोस्रो खेलमा एट्लेटिकोले लेगानेसलाई १–० गोल अन्तरले पराजित गरेको हो । लिगानेसको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन भिटोलोले निर्णायक गोल गरे । खेलको ७१ औँ मिनेटमा उनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
एट्लेटिकोका युवा खेलाडी जोआओ फिलिक्सले आईतबारको खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनी भर्खरै मात्र क्लबमा अनुबन्धन भएका हुन् । जितसँगै एट्लेटिकोले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित लेगानेसले हाल सम्म अंक जोडेको थिएन ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६ ०७:२९
प्रतिक्रिया दिनुहोस्