site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिपरिषद् बैठक भिडियो कन्फेरेन्समार्फत् बस्दै–प्रधानमन्त्री सिंगापुरमा, मन्त्रीहरु सिंहदरबारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्सबाट सामेल हुने गरी आज अपरान्ह १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओली अहिले स्वास्थ्य उपचारको लागि सिंगापुरमा रहेका छन् ।  उनी यहाँ उपस्थित नभएपनि भिडियो कन्फेरेन्सबाट सहभागी हुँदा देशका गर्नैपर्ने नियमित काम भने रोकिने छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सोमबार बिहान बाह्रखरीसँगको कुराकानीमा भिडियो कन्फेरेन्समा यताबाट सबै मन्त्री सहभागी हुने र उताबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको आइतबार जनाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

निजी चिकित्सक प्राडा दिव्यासिंह शाहलाई उद्धृत गर्दै उनले यो उपचार प्रक्रिया अरु केही पटक गरिने र  प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको समेत जनाएका थिए ।  प्रधानमन्त्री ओलीलाई गएको बिहीबार उपचारका लागि केहीसाताकै बीचमा दोस्रो पटक सिंगापुर लगिएको हो । त्यसअघि उनी १० दिन सिंगापुरमा उपचारका लागि गएका थिए ।

फाइल तस्बिर 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC