site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जी ७ को बैठकमा एक्कासी इरानका विदेशमन्त्री पुग्दा अमेरिका आश्चर्यमा
Sarbottam CementSarbottam Cement

पेरिस । इरानका विदेशमन्त्री मोहम्मद जभाद जरिफ आइतबार जी ७ राष्ट्रको शिखर सम्मेलनमा अघोषित रुपमा आइतबार एक्कासी पुगेका छन् ।   अमेरिका र इरानबीच अहिले पानी बाराबारको अवस्था रहेको बेलामा उनको भ्रमणलाई अनौठो मानिएको छ ।  उनी त्यहाँ पुगेर एउटा साइड लाइन बैठकमा पनि सहभागी भएका थिए । 

समुद्री किनारको सहर बियार्रिजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहितका विश्व नेताहरु सामेल भइरहेका छन् ।  मिडिया रिपोर्टमा जनाइएअनुसार अमेरिकी अधिकारीहरु इरानी विदेशमन्त्रीको उपस्थिति देखेर आश्चर्यचकित भएका छन् । इरानका विदेशमन्त्री जरिफले ट्विटरमा फ्रान्सेली विदेशमन्त्री र राष्ट्रपतिसँग आफ्नो रचनात्मक कुरा भएको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले जर्मन र बेलायती अधिकारीहरुलाई पनि ब्रिफ गरेको जनाउँदै अगाडिको बाटो अप्ठेरो भएपनि प्रयास जारी राख्ने जनाएका छन् ।  इरानी विदेशमन्त्रीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग गएको शुक्रबार पेरिसमा भेटेका थिए । इरान र अमेरिकाबीचको सम्बन्ध वाशिङटन सन् २०१५को इरानको आणविक गतिविधि सिमित गर्ने सम्बन्धी एउटा सहमतिबाट बाहिरिएपछि तनावमा परेको हो ।  

५ वटा अन्य देशहरु  जसमा फ्रान्सपनि छ उनीहरु भने सो सम्झौतामा प्रतिबद्ध रहेका छन् । तर, इरानले भने अमेरिकाले नाकाबन्दीमा कडाइ गरेपछि अप्ठेरो महसुस गरिरहेको छ ।  इरानका विदेशमन्त्रीलाई गत महिना मात्रै अमेरिकाले व्यक्तिगत रुपमा पनि नाकाबन्दी लगाएको थियो । जी ७मा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् । यसपालिको बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि आमन्त्रित सदस्यको रुपमा डाकिएको छ । (बीबीसी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC