site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी सहचारी नहुँदा विदेशमा अप्ठेरोमा परेकाको उद्धारमा कठिनाइ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारीका लागि ४६ लाख नेपाली भारतबाहेकका मुलुकमा रहेको पाइएको छ ।  आर्थिक वर्ष ०७५–७६ को जेठ मसान्तसम्म श्रम स्वीकृती लिइ ४५ लाख ९९ हजार ५६७ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागका अनुसार २ लाख १८ हजार २७३ जना महिलासमेत वैदेशिक रोजगारीमा छन् ।

नेपालमा रोजगारीको उपयुक्त विकल्प नभएपछि जोखिमपूर्ण कामका लागि समेत नेपालीहरु विदेसिएका छन् । अधिकांश नेपाली खाडी मुलुक र मलेसियामा रोजगारीका लागि पुगेका छन् । त्यहाँ पुगेका कैयौं नेपालीको विचल्लीमा समेत परेका छन् । उनीहरुको उद्धारका लागि प्रहरी सहचारी नहुँदा अप्ठेरो पर्ने गरेको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

करिब ३० लाख नेपाली वैधरुपमा नै खाडी मुलुकमा छन् । ठूलै संख्यामा अवैध रुपमा पनि नेपालीहरु त्यहाँ रहेका छन् । खाडीलगायतका मुलुकमा रहेका नेपालीलाई प्रहरी सहचारीको अभावमा विभिन्न समस्या आइपर्ने गरेको नेपाल प्रहरीले बताउँदै आएको छ ।  सहचारीले अलपत्र नेपालीको उद्धार, पुनःस्थापनामा मात्रै होइन अपराध अनुसन्धानका नेपालीको संलग्नता रहे नरहेको विषयमा पनि काम गर्न सक्ने नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी ईश्वरबाबु कार्की बताउँछन् । 

अहिले नेपालले भारतमा मात्रै प्रहरी सहचारी राख्ने गरेको छ । भारतमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को कमाण्डमा प्रहरी सहचारी छ । प्रहरी सहचारी भएकै कारण भारतमा पटक–पटक बेचिन लागेका नेपालीको उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले खाडी र मलेसियामा प्रहरी सहचारी राख्नुपर्ने प्रस्ताव अघि सारेका छन् । 

Global Ime bank

तर सरकारले त्यसबारे कुनै निर्णय गर्न सकेको छैन । ब्युरोका एसएसपी कार्की भन्छन्,‘‘हामीले अमेरिका, क्यानडामा सहचारी मागेका होइनौं । खाडीमा लाखौँ नेपाली दाजुभाई छन् । उनीहरुका विभिन्न समस्या छन् । मलेसियाकै कुरा गर्ने हो भने त्यहाँको गुण्डागर्दीबाट नेपाली पीडित छन् । सहचारी भएको अवस्थामा हामीले त्यो कुरा त्यहाँको प्रहरीसँग समन्वय गर्न सकिन्छ ।’’ 

एसएसपी कार्कीले सहचारीले दुतावाससँगकै सहकार्यमा काम गर्ने बताए ।  राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार सबैभन्दा बढी नेपाली मलेसियामा छन् । मलेसीयामा १३ लाख २० हजार नेपाली छन् भने कतारमा १२ लाख ६७ हजार नेपाली कामदार छन् ।  यसरी वैदेशिक रोजगारीमा जानेमध्ये खाडीका ६ मुलुक (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमान) तथा मलेसिया जानेको संख्यामात्रै ४३ लाख ८९ हजार ९ र ९३ छ । 

नेपाल सरकारले संस्थागत रुपमा १ सय ७ देशमा संस्थागत श्रमस्वीकृती प्रदान गर्दै आएको छ ।  व्यक्तिगत रुपमा भने १ सय ७२ वटा मुलुकमा रोजगारीमा जान श्रमस्वीकृती दिने गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC