site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लायन्स क्लबको संयुुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं– नर्भिक तथा लियो क्लब अफ काठमाडौं– मिनभवनको संयुक्त आयोजनामा नयाँ समितिको पदस्थापन समारोहका साथै नवप्रवेशी लायन सदस्यहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।  सन् २०१९–२०का लागि चयन भएको लायन्स क्लब अफ काठमाडौंका प्रेसिडेन्ट जे.एन. पोखरेल, लायन्स क्लब नर्भिकका प्रेसिडेण्ट श्रीपा श्रेष्ठ तथा लियो क्लब मिनभवनका प्रेसिडेण्ट कृपा राजकर्णिकारलाई लायन्स क्लब– डिस्ट्रिक ३२५ए १का डिस्ट्रिक गभर्नर  इन्द्र खत्री (राजन)ले पदस्थापन गराए ।

काठमाडौंमा हालै आयोजित कार्यक्रममा डिस्ट्रिक गभर्नर खत्रीले लायन्स क्लबले सामाजिक क्रियाकलापमा गरेको कामहरूको चर्चा गरे । उनले जित्नेहरूले मात्रै इतिहास रच्ने भन्दै हरेक लायन सदस्यले आफूलाई जीतको मार्गमा हिँडाउनु पर्नेमा जोड दिए ।  उनले सबैको साथ र सहयोगबाट लायन्स क्लब सफल हुनेमा विश्वास व्यक्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा प्रमुख अतिथि एरिया लिडर खगेन्द्र सिटौलाले महत्वपूर्ण पदीय जिम्मेवारी लिएर आएकाहरूले राम्रो काम गर्ने कुरामा आफू विश्वस्त भएको बताए । सो संयुक्त सभामा नयाँ प्रेसिडेण्टहरूले आफ्नो कार्य अवधिमा गर्ने कार्ययोजना पेश गरेका थिए । उक्त अवसरमार नवप्रवेशी सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै लायन पीन प्रदान गरिएको थियो ।

लायन डा. वाई.पी. सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजेन्द्रबहादुर सिंह, डा. अर्जुनमणि गुरागाई, भीमप्रसाद शेरचन, दिनेश पौडेल, टंकबहादुर श्रेष्ठ, सुनीलभक्त श्रेष्ठ, शोभा जोशी, एमडी अग्रवाललगायतले बोलेका थिए । यसैगरि लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी २ अन्तर्गतको युनाइटेड आई प्रोफेसनलका चार्टर्ड प्रेसिडेण्ट नवीनराज आचार्यको पनि पदस्थापन सम्पन्न भएको छ । 

Global Ime bank

लायन नविनराज आचार्यका अनुसार आँखाका क्षेत्रमा सक्रिय व्यक्तिहरू यस क्लबमा आवद्ध रहेका छन् । उनले यो क्लबले आँखाका क्षेत्रमा विशेष भूमिका निर्वाह गर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC