site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घट्दै घटेन कोटेश्वरको जाम (भिडियो रिपोर्टसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्यचोकमध्ये कोटेश्वर चोकमा ट्राफिक जाम दैनिक बढ्दै गएको छ ।  आठ लेनको चक्रपथ गत वर्षदेखि सञ्चालनमा आएपछि त्यसक्षेत्रबाट आउने सवारी साधन छ लेनका अरनिको राजमार्गमा मिसिने हुँदा कोटेश्वर चोकमा ट्राफिक जाम बढ्ने गरेको छ ।  
यसका साथै भक्तपुर, काँडाघारी र जडिबुटी क्षेत्रतर्फ मानवबस्ती बढेका कारण पछिल्लो समय कोटेश्वर चोकको ट्राफिक जाम थप बढेको ट्राफिक प्रहरी बताउँछ ।

कोटेश्वर चोकको ट्राफिक जाम व्यवस्थित गर्न प्रतिनिधिसभा सदस्य, सडक विभाग, ट्राफिक प्रहरी र स्थानीय तहले विभिन्न योजना ल्याए पनि कार्यान्वयन नहँुदा कोटेश्वरको ट्राफिक जाम कम नभएको हो । वैशाखामा जापानी सहयोग नियोग जाइकाले कोटेश्वर र तीनकुनेको ट्राफिक व्यवस्थित गर्न सुरुङमार्ग र फ्लाइओभरको विकल्पको प्रस्ताव ल्याएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

चक्रपथ क्षेत्रमा करिब १ हजार ३ सय २० मिटर लामो फ्लाइओभर निर्माण गर्ने प्रस्तावमा उल्लेख छ । यस्तै भक्तपुरतिर जाने सडकलाई फराकिलो बनाउन ९ अर्ब ९ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । तेस्रो विकल्पमा भक्तपुरतर्फ जाने सडकमा सुरुङमार्ग निर्माण गर्ने योजना रहेको छ । सडक विभागले तीनमध्ये कुन विकल्प उपयुक्त हुन्छ भनेर अध्ययन गर्ने बताए पनि हालसम्म उक्त प्रस्तावको अध्ययन गरेको छैन भने यात्रु घण्टौँसम्म जाममा पर्ने गरेका छन् ।

Global Ime bank

कोटेश्वर र जडिबुटी क्षेत्रका सडकमा आवश्यक संरचना नहुँदा ट्राफिक जाम बढेको महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटश्वरका प्रहरी निरीक्षक सुरेशकुमार ठाकुर बताउँछन् ।

“सडकमा आवश्यक संरचना नहुँदा पैदलयात्रुका कारण पनि ट्राफिक जाम हुने गरेको छ,” प्रहरी निरीक्षक ठाकुरले भने, “आकाशेपुल नहुँदा पैदलयात्रुले सडकबाटै वारपार गर्नुपर्ने अवस्था छ । पिक आवरको समयमा आठ मिनेट गाडीलाई र दुई मिनेट समय पैदलयात्रुका लागि छुट्याउनुपर्ने बाध्यता छ । यसले गर्दा ट्राफिक जाम बढेको छ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राष्ट्रिय यातायात प्राधिकरण गठन गरेर उपत्यकाका यातायात व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्ने बताए पनि ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक ०७६’ हाल राष्ट्रियसभामा विचारधीन छ । सम्बन्धित निकायले सडकको मापदण्ड तोकेर त्यसैअनुसार सवारी साधन सञ्चालन गरेमा उपत्यकाको ट्राफिक जाम आधा घट्ने यातायात तथा ट्राफिक इन्जिनियर आशिष गजुरेल बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC