site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनलले डिफेन्स लाइनमा सुधार गर्नुपर्छ : लुइज
Sarbottam CementSarbottam Cement

एजेन्सी  । आर्सनलका डिफेन्सिप मिडफिल्डर डेभिड लुइजले आर्सनललाई प्रिमियर लिगमा उत्कृष्ट नतिजा हासिल गर्न डिफेन्स लाइनमा सुधार गर्नुपर्ने बताएका छन् । भर्खरै मात्र चेल्सीबाट आर्सनल आएका उनले क्लबका लागि दुई खेल खेलिसकेका छन् । आर्सनल लिगमा तीन खेल खेलेर दुईमा जित र एकमा पराजित भएको छ । भर्खरै सम्पन्न लिगको तेस्रो खेलमा आर्सनल लिभरपुलसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

“हामी गोल कसरी बचाउने भन्ने कुरामा धेरै कमजोर छौं । यदि हामीले गोल हुनबाट बचाउन सकेमा गोल गर्ने कुरामा भने धरै सोच्नुपर्दैन । त्यसैले हामीले टिमलाई धरै बलियो बनाउने सोचेका छौं,” लुइजले ‘युके मिडिया’ सँगको कुराकानीमा भने । 
आर्सनलले अब लिगको चौथो खेलमा टोटेनहमसँग नौं तारिखमा प्रतिस्पर्धा गर्दैछ । तुलनात्मक हिसावले दुबै टोली बलियो छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो मेरो मात्र कुरा होइन् । यो डिफेन्डरको कुरा पनि होइन् । यो पुरै टिमको मानशिकतामा भर पर्ने कुरा हो । त्यसैले आर्सनलले धेरै ध्यान डिफेन्स लाईनमा दिन जरुरी छ,” लुइजले थपे । ३२ वर्षीय ब्राजिलियन स्टार लुइजले चेल्सीका लागि ७९ खेल खेल्दै ५ गोल गरेका थिए । अब उनी आर्सनलमा उत्कृष्ट प्रदर्शन गर्ने योजनमा छन् । उनले आर्सनलमा आफ्नो राम्रो भविश्य भएको पनि बताएका थिए ।

“मलाई लाग्छ हाम्रो टिमले न्युक्यासल र बुर्नलेसँग उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, लिभरपुलसँग भने केही कमजोरी भयो । टोटेनहमसँग त्यो कमजोरी दोहोरिने छैन,” लुइजले भने । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement