राजनीति
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपल्ट सचिवालय बैठक बोलाएका हुन् । यसअघि नेकपाको बैठक बस्न दुईजना अध्यक्षको अनिवार्य उपस्थिति चाहिने भए पनि अध्यक्षता भने केपी शर्मा ओलीले मात्रै गर्दथे । दाहालले पहिले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको भए पनि आज बिहान अचानक दुई घण्टा अघि नै बैठक डाकिएको हो ।
सचिवालयका सदस्य तथा सो पार्टीका नेता झलनाथ खनालले बैठक ११ बजेको लागि सारिएको बाह्रखरीसँगको कुराकानीमा जानकारी गराए । बैठकको एजेण्डा पार्टी एकीकरणकै विषय रहेको खनालले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६ ०९:२६
प्रतिक्रिया दिनुहोस्