विदेश
नयाँ दिल्ली । भारतको गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको सुरक्षा कभरलाई पहिलाको तुलनामा घटाएको छ । यसअघि उनलाई स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी)को व्यवस्था गरिएकोमा अब जेड प्लस सुरक्षामात्रै दिइने भएको छ ।
एसपीजी सुरक्षा लिनेमा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, कांग्रेस अध्यक्ष सोनिया गान्धी र प्रियंका गान्धी भद्रा रहेका छन् ।
पूर्व प्रधानमन्त्री अटलविहारी बाजपेयीलाई भने सन् २०१९मा उनको मृत्यु नहुँदासम्म एपीजी कभरकै सुरक्षा दिइएको थियो । ८६ वर्षिया पूर्व प्रधानमन्त्री सिंहले शुक्रबार राज्य सभाको सदस्यको रुपमा छैठौं पटक शपथ खाएका थिए ।
(इण्डिया टुडे)
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६ ११:१३
प्रतिक्रिया दिनुहोस्