site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नाडा अटो शोः सुस्त बजारमा ल्याउला तरंग ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । यतिबेला नेपाली अटो बजारमा मन्दी छाएको छ । राष्ट्र बैंकको अढाई वर्ष पुरानो व्यवस्था र अटो बजारमा आएको ‘स्याचुरेसन’ का कारण सवारीसाधन बिक्री ठप्पप्रायः छ ।

यस्तो बेलामा यही भदौ १० गतेदेखि राजधानीमा नाडा अटो शो सुरु हुँदैछ । मेलालाई अघिल्लो वर्षहरुभन्दा निकै नै महत्वका साथ हेरिएको छ । किनकी बजार ठप्प भएको बेला यसले कस्तो तरंग पैदा गर्ला ? अटो व्यापारको कुम्भ मेला नै मानिने यसको प्रभावकारिता कस्तो रहला ? सरोकारवाला व्यग्र प्रतीक्षामा छन् ।

साढे दुई वर्षअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै अटो लोनमा कडाइ गरेको थियो । व्यवस्थाअनुसार निजी सवारीसाधन किन्दा ग्राहकले सवारी मूल्यको अधिकतम ५० प्रतिशतमात्र बैंकबाट कर्जा लिन पाउने भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

डाउन पेमेन्टको सीमा बढेसँगै बैंकबाट कर्जा लिएर सवारी किन्नेको संख्या ह्वात्तै कम भएको छ । यसअघि ३५ प्रतिशतमात्रै डाउन पेमेन्ट गरेर सवारी किन्न सकिन्थ्यो । धेरै नगद तिर्नुपर्ने भएपछि बिक्री प्रभावित भएको व्यवसायीहरु नै बताउँछन् ।

नाडा अटोमोबाइल डिलर्स एसोसियसनका उपाध्यक्ष कृष्णप्रसाद दुलाल पनि अहिले बजार निकै सुस्त रहेको बताउँछन् । दुलालले बाह्रखरीसँग भने, “बजार निकै सुस्त छ । आयात र व्यापार घटेको छ । नीतिगत व्यवस्था परिवर्तन हुँदा व्यवसायी मारमा पर्नुपरेको छ भने राज्यको राजस्व पनि निकै घटेको छ ।”

Global Ime bank

उनले थपे, “बजारको वृद्धिदर नै नकारात्मक छ । अटो क्षेत्रमा बैंकले लगानी नगरेका कारण नै बजार सुस्त भएको हो । नाडा अटो शोमार्फत् गाडीको बजार बढाउने हाम्रो चाहना हो । बिक्री र प्रवद्र्धन गर्ने हाम्रो योजना छ ।”

दुलालले भनेझैं गत आर्थिक वर्ष सवारीको आयातसँगै राजस्व संकलन पनि घटेको छ । आर्थिक वर्ष २०७५–७६ मा १४ अर्ब ९२ करोड ५३ लाख २७ हजार रुपैयाँ मूल्य बराबरको जीप, कार, भ्यान, पीकअप लगायतका साना सवारीसाधन आयात भएको देखिन्छ । यो आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब रुपैयाँले कम हो । आयात आर्थिक वर्ष २०७३–७४ को भन्दा पनि कम हो ।

आयात रकम घट्नुले संख्या पनि कम भएको संकेत गर्दछ । सवारी आयातमा कमी आएसँगै सरकारको राजस्व संकलनसमेत घटेको छ । आव २०७४–७५ को तुलनामा आव २०७५–७६ को राजस्व संकलन ४ अर्बले कम भएको हो ।

आर्थिक वर्ष २०७५–७६ मा साना चारपांग्रे सवारी आयातबाट सरकारले ३१ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आव यस्तो राजस्व ३५ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकको कडाइसँगै राजस्व नीतिमा पनि आयात हुने सवारीको अन्तःशुल्क बढाइँदा प्रयोग निरुत्साहित गरेको देखिन्छ । आव २०७५–७६ को बजेटमा धेरै सीसी भएको सवारीमा धेरै अन्तःशुल्क लगाइएको थियो ।

दुलालसँगै नाडाकै सचिव अनुप कुमार बराल पनि अटो बजार निकै सुस्त रहेको स्वीकार्छन् । तर, अटो शोको मुखमा बजार निकै भाइब्रेन्ट रहेको दाबी गर्छन् उनी । बरालले भने, “५० प्रतिशत डाउनपेमेन्ट, लगानीयोग्य रकमको अभावलगायत अवस्थाले बजार उकास्न सकेको छैन ।” साउनयता पनि बजार निकै कमजोर रहेको उनले बताए । बराल भन्छन्, “बजार सुस्त भए पनि आत्तिनुपर्ने अवस्था भने छैन । हामी आशावादी छौं ।”

यसअघिका अटो शो पछि बजारमा केही तरंग ल्याउने भएकाले पनि अटो व्यवसायी बजारमा नाडा अटो शोले निकै सकारात्मक प्रभाव ल्याउने दाबी गर्छन् । उनले थपे, “यो वर्ष पनि हामी आशावादी छौं ।”
तर, केही जानकार भने अटो बजार स्याचुरेसनको अवस्थामा पुगेको बताउँछन् । सवारी खरिद गर्न सक्नेले सवारी खरिद गरिसकेका कारण पनि बजारमा सवारी किन्न सक्षम उपभोक्ता निकै कम भएको बताउँछन् ।
    
संस्करण नयाँ, शैली पुरानै

यसवर्षको नाडा अटो शो पछिल्ला वर्षको भन्दा केही फरक हुने भएको छ । मेलालाई थप परिस्कृत बनाउने क्रममा मेलाको स्वरुप केही परिवर्तन गरिएको हो ।

आयोजकको दाबीअनुसार मेला केही भव्य नै हुनेछ । किनकी मेलामा पहिलोपल्ट नेपालमा बिक्री हुने सवारी तथा मोटरसाइकलका सतप्रतिशत ब्रान्ड सहभागी हुँदैछन् । सवारी साधनबाहेक लुब्रिकेन्ट, टायर, एसेसरिज र बैंक तथा वित्तीय संस्था गरेर १ सय ६० वटा स्टल रहनेछ ।

मेलामा २३ वटा ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ वटा ब्रान्डका दुई पांग्रे सवारीसाधन, नौ वटा ब्रान्डका टायर, पाँच वटा ब्रान्डका ब्याट्री, १४ वटा ब्रान्डका पार्टपुर्जा र १३ वटा वित्तिय संस्थाहरुको स्टल राखिनेछ ।

मेलामा सर्वसाधरणलाई सहज अवलोकनका व्यवस्थापन चुस्त बनाइने भएको छ । सर्वसाधारणका लागि सहज अवलोकन गर्ने वातावरण बनाउन पार्किङदेखि मेलास्थलसम्मको व्यवस्थापनमा धेरै ध्यान दिइएको छ ।

नाडा अटो शोमा बगैंचा पनि प्रयोग गरिएको छ । भव्य बनाउन बगैंचामा फुड स्टल र अटो कम्पोनेन्टको स्टल राखिने भएको छ । मेला आकर्षक बनाउन पहिलो पटक ओभरहेड ब्रिज पनि बनाउन लागिएको छ । यसबाट आवागमन सहज हुनेछ ।

पार्किङ स्थल सीमित भएपनि आयोजकले सकेसम्म सुविधा दिने दाबी गरेको छ । छ दिनसम्म चल्ने मेला ७५ हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

नाडा अटो शो सुरु हुने लाग्दा व्यवसायीहरुको तयारी थालेका छन् । उनीहरुले मेलामा मेलामा जैविक इन्धनबाट चल्नेदेखि विद्युतीय र हाइब्रिड गाडी पनि प्रमुख आकर्षणका रुपमा राखेका छन् ।

अधिकांशले बजारमा बिक्री भइरहेको सवारी नाडामा प्रदर्शन गर्ने भनेपनि केही कम्पनीले नयाँ सवारी ल्याउने भएका हुन् । 

सुजुकीका चारपांग्रे सवारीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नेपालमा पहिलोपल्ट माइल्ड हाइब्रिड कार नाडामा प्रदर्शनीमा राख्दैछ । कम्पनीले एस क्रस, सियाज र एर्टिगा मोडलको कार मुख्य शोकेश गर्दैछ ।

ह्युन्डाईले भेन्युलाई नै मुख्य आकषणको रुपमा राख्ने भएको छ ।

निसानले किक्सलाई नै नाडामा शोकेस गर्ने भएको छ । किक्सको अपर भेरियन्ट नाडामा प्रमुख आकर्षणको रुपमा रहने छ । डाट्सनले गोको टप भेरियन्ट नाडामा शोकेश गर्ने जनाएको छ ।

फोर्डले शोकेश गर्ने सवारीहरु रेन्जरको एक्सएलटी अटोमेटिक, थन्डर इकोस्पोर्ट प्रमुख आकर्षण रहनेछन् । यसबाहेक फिगोको नयाँ मोडल तथा अरु सवारी पनि राखिने फोर्डले जनाएको छ ।

टोयोटाले र्याभ फोरलाई नाडामा राख्ने जनाएको छ ।

महिन्द्राले एक्सयूभी ३०० फेरि लन्च गर्दैछ । यो सवारी महिन्द्रा उदयमा शोकेस गरिएको थियो भने नाडामा यसको बुकिङ तथा बिक्री गरिने छ । यसबाहेक मराजो, टीयूभी ३०० र स्कोर्पियो पिकअप पनि नाडामा बुकिङ गर्न पाइनेछ ।

कियाका स्पोर्टेज, नयाँ ईभी निरो मुख्य आकर्षणका रुपमा रहनेछ । जिप कम्पासको नयाँ भेरियन्ट ट्रेल हक पनि नाडामा देख्न सकिनेछ ।

दुईपांग्रेतर्फ रोयल एनफिल्डले भर्खरै लन्च गरेको गनमेटल ग्रे ३५० शोकस गर्नेछ । पियाजोका स्टोर्म १२५ हाइलाइटका रुपमा रहनेछ । एप्रिलिया डिजिटल १५० सीसी पनि नाडामा किन्न पाइनेछ ।

हिरोले नाडालाई लक्षित गरेर एक्सपल्स २०० टी ल्याएको छ । यामाहाले नयाँ मोटरसाइकल एमटी १५ तथा स्कुटर एनम्याक्स १५५ मुख्य आकर्षण हुनेछ ।

टीभीएसले आरआर ३१० मोटरसाइकल, एनटर्क स्कुटर, जुपिटर क्लासिक स्कुटर तथा आरटीआर १५० र आरटीआर २०० नाडामा राख्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC