अर्थ व्यवसाय
काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) का लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँ तोकेको छ ।
यो अहिलेसम्मकै बढी मूल्य हो । आज तोलामा हजार रुपैयाँ बढेको हो । हिजो (आइतबार) पनि तोलामा १२ सय रुपैयाँ बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६ ११:४१
प्रतिक्रिया दिनुहोस्