ललितपुर । नेपालभाषा परिषद्को आयोजनामा कथा गोष्ठी सम्पन्न भएको छ । उक्त कथा गोष्ठीमा एघार जना स्रष्टाले सामाजिक परिवेशमा लेखिएको कथा वाचन गरेका थिए । हालै ललितपुरमा आयोजित गोष्ठीमा कथाकारहरू नरेश अमात्य, रेणु श्रेष्ठ, माणिक उराय, दिपना शर्मा, दिब्या ताम्राकार, ज्ञानीराजा मानन्धर, राजुराम मुनंकर्मी, राकेश महर्जन, बद्री वेदना, मीना बज्राचार्य र श्रीमिला सुवालले कथा वाचन गरेका थिए ।
गोष्ठीका प्रमुख अतिथि कथाकार हितकरवीर सिंह कंसाकारले कथाको प्रभावकारिताको लागि शिल्प र संयोजनमा ध्यान दिनुपर्ने बताए । गोष्ठी परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा धु्रव मधिकर्मी तथा गोविन्दमान श्रेष्ठले पनि बोलेका थिए ।