site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपामा ‘वामदेव कार्ड’
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वएमालेमा एउटा कथन छ– ‘वामदेव नभए पार्टी लुलो हुन्छ । वामदेव प्रमुख भए पार्टी धूलो हुन्छ ।’

मदन भण्डारी जिउँदै छँदा वामदेवको चरित्र दृष्टिगत गरी यो सङ्कथन निर्माण गरिएको हुनुपर्छ ।

वामदेव अध्यक्ष भए पार्टी ‘धूलो’ हुने रहेछ भनेर जाँच्न २०५६ सालको आमनिर्वाचनतिर फर्किए पुग्छ । वामदेव कार्यकारी (महासचिव) रहेको नेकपा माले देशभरबाट बढारिएको थियो । प्रतिनिधिसभाको २०५ मध्ये एक स्थान पनि जित्न सकेन । शून्य सिटमा समेटियो ।

Prabhu Bank
Agni Group
NIC Asia

वामदेव नभए पार्टी लुलो हुन्छ कि हुँदैन भनेर इतिहासको तथ्यमा जाँचिन बाँकी नै छ । तर, गुट र विचारधारात्मक सङ्घर्ष कमजोर हुने रहेछ भनेर पार्टी जीवनमा प्रमाणित हुँदै आएको छ ।

अलि पर्तिरको उदाहरण लिऔँ ।

Global Ime bank

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनपछि तत्कालीन नेकपा एमालेको संसदीय दलमा चुनाव भयो । झलनाथ खनाललाई २३ मतले पछि पार्दै केपी ओली दलको नेता चुनिए । त्यसमा निर्णायक भूमिका निर्वाह गरेका थिए– वामदेव गौतमले ।

एमालेको भृकुटीमण्डप महाधिवेशन (नवौँ)मा पनि वामदेवकै भूमिका शीर्ष रह्यो । संसदीय दलको चुनावदेखि नै वामदेव केपी कित्तामा उभिएकाले माधव नेपाल पार्टी अध्यक्ष बन्नबाट रोकिए । त्यतिबेला नेपालभन्दा ४४ मत बढी ल्याएर ओली पार्टी अध्यक्ष निर्वाचित भए ।

२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा गठन भएयता पनि अवस्था त्यस्तै छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अहिले जता वामदेव उभिन्छन् त्यतै पल्लाभारी हुने अवस्था छ । अर्थात् नेकपाभित्रको त्रिशङ्कू समीकरणमा वामदेव जता गाँसिदैनन्, ती धार स्वतः कमजोर ठहरिन्छन् ।

गत साउन मसान्तसम्म पार्टीभित्र संस्थापन धार (ओली खेमा) निकै कमजोर मानिएको थियो । पार्टी अध्यक्ष ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, त्यतिबेलाका तेस्रो वरीयताका नेता माधवकुमार नेपाल र चौथो वरीयताका नेता झलनाथ खनाल एकट्ठा भएका थिए । वामदेवसमेत जोडिएकाले त्यो गठबन्धन शक्तिशाली बनेको थियो । कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेका अध्यक्ष ओली सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत ‘अल्पमत’मा परेका थिए ।

तर, साउन मसान्तको सचिवालय बैठकसम्म आइपुग्दा केपी ओली पुनः शक्तिशाली बने । कारण ओली ‘क्याम्प’मा पुनः गौतम डेरा सरे । एकतायता भूमिकाविहीन हुँदै ओलीको आलोचकको कित्तामा धकेलिएका वामदेव संगठन विभाग प्रमुख हुँदै उपाध्यक्ष प्रस्तावित भए ।

वामदेव उपाध्यक्षको भित्री कथा 

वामदेवको उपाध्यक्ष पद ‘वैधानिक’ भइसकेको छैन । कारण– नेकपाको अन्तरिम विधानले उपाध्यक्षको परिकल्पना गरेको छैन । विधानको दफा १८ मा पदाधिकारीसहित केन्द्रीय कमिटीको आकारको परिकल्पना गरिएको छ ।

दफा १८ मा पार्टीमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव, एक प्रवक्ता र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहने छ भनिएको छ । उपाध्यक्षको व्यवस्था छैन । तर, पार्टी सचिवालयको बैठकले वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ ।

वामदेव स्वयम्ले अनुमोदनका लागि स्थायी कमिटीमा लैजान भनेका छन् । तर, विधानअनुसार विधान संशोधन, परिमार्जनको अख्तियारी केन्द्रीय कमिटीलाई मात्रै दिइएको छ ।

विधानमा व्यवस्था नभए पनि वामदेवलाई उपाध्यक्ष प्रस्ताव गर्नुको भित्री कथा फरक रहेको नेकपाका नेता बताउँछन् ।

२०५१ सालमा पनि त्यस्तै भएको थियो । तत्कालीन एमालेको विधानमा त्यसबेला पनि उपमहासचिवको व्यवस्था थिएन । तर वामदेवकै लागि भनेर उपमहासचिव पद व्यवस्था गरिएको थियो । अध्यक्ष ओली र वामदेवबीच खटपट आएको नवौँ महाधिवेशन एकवर्ष पुग्दानपुग्दै हो ।

महाधिवेशनका बेला ओलीले अध्यक्षमा निर्वाचित भएपछि केही समयपछि नै कार्यवाहक अध्यक्ष वामदेवलाई दिने वचनवद्धता गरेका थिए । ओलीको स्वास्थ्य अवस्था हेरेर वामदेवले पत्याएका पनि थिए । सहमति पालना भएन, वामदेव परपर हुन थाले ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनको परिणामसम्म आइपुग्दा ओली–वामदेव सम्बन्ध कटुतामै बदलिइसकेको थियो ।

त्यतिबेला वामदेवले ओलीकै कारण आफू बर्दिया–१ मा चुनाव हार्नुपरेको बताएका थिए । तर, गत असार २८ गते बालुवाटार बोलाएर जन्मदिन मनाइदिएपछि ओली–वामदेव सम्बन्ध हार्दिकतामा बदलिँदै उपाध्यक्ष प्रस्ताव गर्ने तहसम्म विकास भएको नेकपाका नेता बताउँछन् ।

ओली–वामदेवको बिग्रिएको सम्बन्ध सुधार्न राष्ट्रपति कार्यालय नै सक्रिय रहेको चर्चा पनि नेकपावृृत्तमा चल्ने गरेको छ ।

रघुवीर महासेठ निवास र शीतल निवासमै पटकपटकको वार्तापछि वामदेव ओली कित्तामा उभिन राजी भएको निष्कर्ष माधव नेपाल निकट नेताहरूको छ ।

ओलीको प्रस्तावमा प्रचण्ड मौन

‘जोगी देख्दा भैँसी तर्सने, भैँसी देख्दा जोगी तर्सने’ यो उखानको लौकिक पात्र बनेका छन्, नेकपाका दुई अध्यक्ष । नेकपाभित्र यी दुई अध्यक्षले एकले अर्कालाई सकाइदिने हो कि भन्ने डरैडरमा दुवै बाँचेका छन् । र, दुवैले देखाउने सम्भावित उमेदवार बनेका छन् वामदेव ।

दोस्रो संविधानको उत्तराद्र्धतिर प्रचण्डले रुपान्तरित प्रतिनिधिसभाको बैठकमै बोलेका थिए– एमालेमा मैले प्रधानमन्त्री प्रस्ताव गर्न बाँकी एकजना छन् ।

माधव नेपाललाई जस्केलाबाट संविधानसभामा प्रवेश गराएर प्रधानमन्त्री बनाएको जस प्रचण्डले लिँदै आएका छन् । झलनाथ र केपी ओली प्रचण्डकै समर्थनमा प्रधानमन्त्री बनेका भइहाले । उनले प्रधानमन्त्री बनाउन बाँकी रहेका इङ्गित गरिएका पात्र तिनै वामदेव हुन् । त्यसैले वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्तावमा प्रचण्डले विमति जनाउन सकेनन् ।

कदाचित केपी ओलीले पार्टी एकता गर्दाको सहमति (आलोपालो प्रधानमन्त्री) पालना नगरे वामदेव नै अघि सारेर कुर्सी खाली गराउने दाउमा प्रचण्ड छन् ।

ओलीका लागि पनि त्यस्तै विकल्प वामदेव हुन सक्छन् । प्रचण्डले सहमति पालना गर्न दबाब दिए र पार्टीभित्रको शक्ति–सन्तुलनमा तलवितल परे वामदेवलाई प्रधानमन्त्री बनाउने उनको दाउ हुनसक्छ । “हामी सबै प्रधानमन्त्री भइहाल्यौँ । अल्पकालीन नै सही, एकपल्ट वामदेवलाई पनि अवसर दिनुपर्छ भन्ने मत बलियो बन्दै गएको छ,” नेकपा एक केन्द्रीय तहका नेता बताउँछन् । 

कास्की–२ को उपचुनावमा वामदेव उमेदवार !
नेकपाभित्र गजबको खिचडी पाकिरहेको छ । रोचक कुरा त के छ भने कुनै समय वामदेवलाई ‘देखिनसहने’ र अस्थिरताको द्योतक मान्दै आएका ईश्वर पोखरेल वामदेवको मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन् ।
केही साताअघि नयाँ पत्रिका दैनिकमा वामदेवले नेकपाको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद नै हुनुपर्ने आशयसहितको लामो लेख छपाए । लेख पढेर सबैभन्दा पहिला बधाई दिने ईश्वर पोखरेल नै भए । पोखरेलले पार्टीले तय गरेको जनताको जनवाद पार्टीको राजनीतिक कार्यदिशा हुन नसक्ने बताउँदै आएका थिए । अन्ततः वामदेव त्यही निचोडमा पुगेपछि पोखरेल उत्साहित हुनु स्वाभाविकै थियो ।

वामदेवले जबजको वकालत गर्न थालेपछि एक कदम अघि बढेर पोखरेलले उनलाई कास्की–२ को उपचुनाव लड्नसमेत हौस्याए । कास्की–२ का प्रतिनिधिसभा सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिवङ्गत रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई राष्ट्रियसभाबाट सङ्घीय संसदमा ल्याइनुपर्ने र कास्की–२ मा वामदेवलाई उठाउनुपर्ने पोखरेलको मत छ । त्यसमा ओली र प्रचण्ड पनि सहमत नै छन् ।

काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरलाई राजीनामा गराउने प्रकरणमा सबैभन्दा विरोधी तिनै पोखरेल थिए । “आज नेपाल कम्युनिष्ट पार्टी सचिवालयको बैठकले काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले दिएको राजीनामालाई औपचारिक रूपमा छलफल गर्नु नपर्ने विषय ठान्दै त्यसलाई ‘ड्रप’ गरेको छ । साथै, उपनिर्वाचन र उमेदवारीको विषयमा केन्द्रित भई गरिएको बहसलाई समेत अन्त्य गरेको छ,” कात्तिक ४ गते बसेको सचिवालय बैठकपछि नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

“यही कार्यकाल (पाँच वर्षभित्र) कतै न कतैबाट संघीय संसद्मा आउने अवस्था सिर्जना गरेर प्रधानमन्त्री बनाउने सम्भावना बलियो बन्दै गएको छ,” ओली निकट एक केन्द्रीय नेताले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC