site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ठूलो बजेटको कमजोर कथा ‘साहो’
Sarbottam CementSarbottam Cement

नवभारत टाइम्सको रेटिङ २.५/५
भारतीय पाठकको रेटिङ २/५
कलाकारः प्रभास, श्रद्धा कपूर, नील नितिन मुकेश, मंदिरा बेदी, जैकी श्राँफ, चंकी पाण्डे, मुरली शर्मा, टीनू आनन्द, महेश मांजरेकर, अरुण विजय, एवलिन शर्मा
निर्देशकः सुजीत
जनराः एक्शन, ड्रामा
समयः २ घण्टा ५१ मिनेट

पछिल्लो केहि सातादेखि दर्शक प्रभासको चलचित्र ‘साहो’ रिलिजको प्रतीक्षा गरिरहेका थिए । चलचित्र रिलिज भैसकेको छ । यो चलचित्र बलिउडको सबैभन्दा महँगो चलचित्र मध्येको एक भएको बताइएको छ । नेपालमा पनि आज शुक्रबार बाट ‘साहो’ हलमा आइसकेको छ ।

भारतका चर्चित ट्रेड एनालिस्टले चलचित्रको बारेमा नकारात्मक प्रतिक्रिया दिएका छन् । उनले ठूलो बजेटमा बनेको चलचित्रको कमजोर कथा भएको भन्दै ट्विट गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय डिजिटल पत्रिका नवभारत टाइम्सले ‘साहो’ चलचित्रको बारेमा गरेको समीक्षा भने यस्तो छ ।

जोडदार एक्शन सिक्वेन्स र स्टार कास्टले भरिएको यस चलचित्रको कथामा दर्शकले धेरै नै ट्विस्ट र टर्नका साथै हिरोले धेरै भिलेनसँग सामना गरेको देख्न पाउछन् ।

Global Ime bank

ट्रेलरबाटै अनुमान लगाउन सकिन्छ की चलचित्रमा अभिनेता प्रभासको पात्रले भिलेनको सम्पूर्ण साम्राज्य नष्ट गर्दछ । चलचित्रको कथा मुम्बईमा घटेको एउटा ठूलो डकैतीबाट सुरु हुन्छ । सबैजना एउटा कालो बाकसको खोजीमा हुन्छन्, जुन बाकसमा सबैको भाग्यको साँचो हुन्छ । यहि खोजीको क्रममा कैयौं शहर घुम्दै कथा अघि बढ्छ ।

चलचित्रको फर्स्ट हाफदेखि नै एक्शन शुरु हुन्छ । प्रभासलाई सुरुदेखि नै स्क्रिनमा उपस्थित गराइएको छ । यस भूमिकामा प्रभास फिट त देखिन्छन् । तर यसमा दर्शकले ‘बाहुबली’ जस्तो आकर्षण भने कतै देख्न पाउँदैनन् ।
चलचित्रमा उनको डायलग डेलिभरी एकदम ढिलो छ । सायद चलचित्रमा उनको पात्र रहस्यमयी राखिएको कारणले उनको डायलग डेलिभरीमा ढिलाइ गरेको हुनसक्छ ।

चलचित्रमा अभिनेत्री श्रद्धा कपूर ग्लामरस अन्दाजमा देखिन्छिन् । तर उनको पात्रको बारेमा लेखकले राम्रोसँग लेखेका छैनन् । उनलाई एक बलियो पुलिसको भूमिकामा देखाउनुको सट्टा एक कमजोर लिंक बनाइएको छ, जसलाई अभिनेताले पटक पटक उद्धार गर्नुपर्दछ ।

चलचित्र हेर्दैगर्दा प्रभास र श्रद्धा बीचको केमेस्ट्रीमा पनि केहि कमी भएको महसुस दर्शकले गर्ने छन् । चलचित्रमा भएका भिलेनको कुरा गर्नुपर्दा, सबै भिलेनहरु मध्ये चंकी पाण्डेले चाहिँ दर्शकलाई अवश्य प्रभाव पार्ने छन् । बाँकी सबै भिलेन पात्रहरुको भूमिका निकै हल्का लेखिएका छन् ।

चलचित्रको सबै गीतहरु राम्रा छन् । तर चलचित्रमा यसको गलत ठाउँमा प्रयोग गरिएको छ । जसले यो लामो चलचित्रलाई अझै लामो बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC