site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भड्खालो 
Sarbottam CementSarbottam Cement

सुमन सौरभ


आफ्नै स्वास्नीको हत्याको आरोपमा पुलिसले हथकडी लगाएर मुन्ट्याउँदै लगेकोे चिरपरिचित ग्राहक यत्ति चाँडै रेस्टुराँँमा फर्केला भनेर पटक्कै सोचेकी थिइनँ मैले ।
उसलाई देख्नेबित्तिकै अन्योलमा उदाङ्गिएका मेरा आखाँहरू बन्द हुनै मानेनन् । झन् ग्राहकको एकतमासको चम्किलो आँखाले पनि मलाई नै हेरेको थाहा पाएपछि त मेरो पुराका पूरा मेरुदण्ड नै सिरिङ्गियो । मैले आफ्नो मुटु ढक्क बजेको आफैंले सुनेँ र धड्कन बढेसँगै तेजीका साथ रगत सरर्र शरीरभरि फैलिएको अनुभव पनि गरेँ । 
ममा अलिकति केटोप्रति संशय थियो, अलिकति बितेका दिनका घटनाहरूप्रतिको उत्सुकता, अलिकति अप्रत्यासित आमनेसामने हुनुको डर लाग्दो रोमाञ्चकता पनि थियो । सबथोक अलिअलि मिसिएपछि केही पनि अलिअलि थिएन, समग्रमा सबथोक धेरै बनेको थियो जसले गर्दा आफैंलाई आफ्नो अनुहार निरीह बनेको झैं लाग्यो ।  
मैले जबर्जस्ती सम्हालिएर केटोलाई माथिदेखि तलसम्म सर्सर्ती हेरेँ— दुई महिनाअघि पुलिसले हथकडी लगाएर घोक्राउँदै लगेको करिब ३० वर्षे केटोले अनुहारभरि दुई महिनाकै उमेरको दाह्रीजुङ्गा पनि थपेछ । करिबकरिब लट्टा परेको कपाल आँखै छोपिनेगरी लामो भैसकेको रहेछ । पहिला अलिअलि डिस्काउन्टसहित ८० केजी जत्तिको देखिन्थ्यो, अहिले दुब्लाएर करिब ६५ केजीको भएछ । आइरन नगरिएको उसको कपडाबाट लामो समयदेखि ननुहाएको जस्तो अमिलो गन्ध आइरहेको थियो । उसका दुवै जुत्ता हिलाम्य थिए, दायाँ जुत्ताको त फित्ता पनि खुकुलिएर फुस्किन खोज्दै थियो । 
नमीठो मुस्कानमा मैले ग्राहकको हैसियतमा उभिएको केटोको औपचारिक स्वागत गरेँ । केटो मेरो स्वागतको जवाफ नफर्काइ सीधै रेस्टुराँँको बायाँ कुनामा रहेको, सिसाको बार लगाइएको अक्सिजन पार्लरतिर गयो र आपूm पहिलेपहिले बस्ने गरेको, कलेजी रेग्जिनले मोरिएको लचकदार सोफामा थचारियो ।
मैले बुभेmँ, अब अक्सिजन मगाउँछ ।
म मानसिक द्वन्द्वकै बीचमा उसको अगाडि गएँ । ऊ निक्कै थकित देखिन्थ्यो । एकसरो आँखा जुधाएर सधैंझैं सरल बन्ने कोसिस गर्दै सोधेँ— “खबर नै नदिई धेरै दिन हराउनुभयो ।”  
“हराउनलाई खबर दिनुपर्छ र ? टोलभरिका मान्छेको किन एउटै प्रश्न छ कुन्नि ?” 
मान्छे अलि बदलिएको जस्तो देखिए पनि उसको आवाज भने केही पनि बदलिएको रहेनछ । सबै कुरा थाहा भए पनि केही थाहा नपाएकी जस्तै सोझी बन्न खोजेकी थिएँ, उसको चिसो प्रतिप्रश्नमा मलाई लज्जाबोध भयो । मुस्कानको पर्दाले लाज छोपेर सोधेँ— “के ल्याऊँ ? अक्सिजन ?”  
उसले सहमतिमा टाउको हल्लायो । 
“कुन फ्लेभरको ल्याउँ ?”  
उसले सुस्तरी भन्यो— “बिना फ्लेभरको । शुद्ध अक्सिजन ।”  
“कति मिनेटको ?”  
“४० मिनेटको”  
मैले तमाखुको हुक्काजस्तो आकारको, सिसाको कलात्मक जारमा अक्सिजन लगिदिएँ । 
उसले मेरो सहयोगमा जारमा जोडिएको, प्लास्टिकको अक्सिजन मास्क मुखमा लगायो र आरामसाथ सोफामा ढेस्सिएर आधा सुतेको–आधा बसेको पोजमा अक्सिजन लिन थाल्यो ।
ऊ रेस्टुराँँमा आएको थाहा पाएर म्यानेजर मेरो छेउमा आयो र उत्सुकताबस् सासैसासमा सोध्यो— “के भन्छ ?”  
“केही भनेन, सीधै ४० मिनेटको अक्सिजन लिन सुरु ग¥यो । भन्ने कुरा भएपछि भन्ला नि !”
म्यानेजरसहित रेस्टुराँँका सबै स्टाफहरू तन्किईतन्किई उसले अक्सिजन लिँदै गरेको हेर्दैथिए । 
ग्राहक केटो केही समयअगाडि रेस्टुराँको अगाडि, सडकपारिको चारतल्ले रातोघरको भाडामा बस्न आइपुगेको थियो । ऊ दोस्रोतल्लाको फ्ल्याटमा भाडामा बस्थ्यो । त्यो घरको भुइँतल्लामा घरभित्र छिर्ने ढोका थियो र दुई सटरको ट्राभल एजेन्सी पनि थियो । पहिलो तल्लामा एजुकेसनल कन्सल्टेन्सी थियो । घरमालिक आफैं बस्ने गरेको तेस्रोतल्ला सधैं बन्द देखिन्थ्यो, घरमालिकको परिवार त्यहाँ नबसेर अन्तै कतै बस्थे । चौथोतल्ला पनि खाली थियो र झ्यालमा ‘कोठा भाडामा’ भन्ने सानो साइनबोर्ड राखिएको थियो, जसमा सम्पर्क फोन नम्बर पनि थियो । 
सडकपारिको रातोघरको दायाँबायाँ दुवैतिर अर्को टोलसम्म पुग्नेगरी सार्वजनिक ढलको मर्मतको लागि खाल्डो खनिएको थियो, जसले गर्दा पूरै टोल दुर्गन्धले पीडित थियो । निक्कै अगाडि ढलको काम सुरु भएको थियो, तर काम सम्पन्न हुन सकेको थिएन । सडकबाट पेटी हुँदै घरमा जानेहरूका लागि ठाउँठाउँमा सिमेन्टका ससाना स्ल्याबहरू राखिएका थिए, जसलाई पुलजस्तै प्रयोग गरेर बटुवाहरू सडक र पेटी ओहोरदोहोर गर्थे । खोलेर छाडिएको ढल पानी परेको बेला उचालिएर दिग्मिग् लाग्नेगरी सडकको माथिमाथिसम्म छ्याल्ब्याल् हुन्थ्यो, घाम लागेको बेला त सडकमा हिँड्नै वाक्वाकी लाग्नेगरी उत्पातैको दुर्गन्ध फैलिन्थ्यो । बतासले छड्के हानेको बेला त गन्ध रेस्टुराँँसम्म आइपुग्थ्यो, त्यही भएर केही दिनयता सडकपट्टिको झ्याल खोलिने गरिएको थिएन । टोलभरिका सबैको कामना यत्ति थियो कि, कमसेकम ढल छोप्ने काम चाँडै सम्पन्न होस् । 
हो, त्यही सडकपारिको सामुन्नेको रातोघरमा बसेको ऊ, प्रायः रेस्टुराँमा आइरहन्थ्यो र थरिथरिका सेवाहरु लिइरहन्थ्यो । रेस्टुराँ तेस्रोतल्लामा भएकाले ऊ बस्ने सामुन्नेको दुई झ्याले कोठाको भित्री भाग पर्दा नलगाउँदा स्पष्टसँग देखिन्थ्यो ।
ग्राहक सोफामा ढल्किएर आर्टिफिसियल अक्सिजनमा मस्त थियो, म हतारहतारमा ग्राहकको रेस्टुराँमा आएको पहिलो दिनदेखिको घटनाहरू फटाफट सम्झिन थालेँ ।  

Prabhu Bank
Agni Group
NIC Asia

००० ०००

त्यो दिन रातको ठीक साढे नौ बजे, रेस्टुराँ बन्द गर्नुअघिको स्टाफ रिफ्रेसमेन्ट मिटिङ चल्दै थियो । म्यानेजर, म र अरू स्टाफहरू सधैंझैं कोकाकोला खाँदै दिनभरिको रेस्टुराँको सेवा, आम्दानी, ग्राहकलगायतका कुरा गर्दै थियौं । 
ठीक त्यति नै बेला ऊ पहिलोपल्ट रेस्टुराँमा छिरेको थियो । उसको साथमा एउटी केटी पनि थिई । सबैले एकसाथ देख्यौं, केटी सामान्य नेपाली वर्णकी थिई, न साह्रै राम्री न साह्रै नराम्री । ऊ रातो सलवारकुर्तामा थिई, सिउँदोमा एकधर्को सिन्दुर थियो । केटा भने नीलो जिन्स, प्याजी पोलो टिसर्ट र सेतो नाइकी स्पोर्ट सुजमा थियो ।    
“आज बन्द भैसक्यो, अब भोलि बिहान आठ बजेमात्र ।” म्यानेजरले टाढैबाट जानकारी दियो । 
केटीलाई ढोकैमा छोडेर ऊ सबैजना भएको ठाउँमा आयो र आफ्नो हातको कालो ब्यान्डवाला घडी हेर्दै याचना ग¥यो— “हेर्नुस् न ढिलो भयो, आजै बिहे गरेर आएको । ऊः स्वास्नी पनि साथमै छे ।” उसले केटीतिर देखायो— “उता सडकपारिको ढल खनेको ठाउँमा, सीधा रातोघरमा दोस्रोतल्लामा कोठा छ, तर पकाउने केही सामान छैन, भाँडाकुडा छैन । केही जोरजाम गर्नै पाएको छैन । कोठामा पिउने पानीसमेत छैन ।”  
उसले फरर्र यति चाँडै सबै कुरा भन्न सिध्यायो कि, कोही केही बोल्नै सकेनन् ।
“बिहानको खानापछि केही खाएको छैन । जे मिल्छ, प्लिज, केही खाना दिनुस्, केही पानी दिनुस् । जे सजिलो र छिटो हुन्छ, त्यही दिनुस् ।” उसले अनुरोध ग¥यो ।  
सबैजनाले मुखामुख गरे । म्यानेजरले बोतलबाटै कोकाकोला खाँदै गरेको सेफलाई आँखा सन्कायो— “के भन्छस् ? छिटोगरी केही दिन सक्छस् भने दे क्यारे ?”  
.“हेरुँ” सेफले पनि आँखैमा भन्यो र क्यास काउन्टरसँगै जोडिएको ढोकाबाट किचेनतिर पस्यो । 
म्यानेजरले टेबलतिर इशारा गर्दै नरम आवाजमा भन्यो— “बस्नुस् ।”  
उसले स्वास्नीलाई बोलायो र एउटा टेबलमा बस्यो । दुवैजना कुन्नि केके खासखुस गर्न थाले ।  
सेफले एकछिनमा आफ्नै हातले दुइटा प्लेटमा बाफ आउँदै गरेको चाउमिन लगेर उनीहरूको बीचमा राखिदियो— “भेज चाउमिन”  
मैले पानी लगिदिएँ ।  
दुवैले आधाआधा मात्रै चाउमिन सिध्याए । 
“बोतल पानी छ ? लैजान ।”  
“छ ।”  
“चार बोतल दिनुस् ।”  
मैले पानी दिएँ । दुवैजना दुईदुई बोतल मिनरल वाटर बोकेर रेस्टुराँबाट बाहिरिए ।
एकैछिनमा केटा फेरि आयो— “सिग्रेट पाकेट छ नि ?”  
“छ, कुनचाहिँ ?” मैले सोधेँ ।
“भए मोर मेन्थल दिनुस् एक पाकेट ।”  
मैले दिएँ, ऊ चुरोट खल्तीमा हालेर हिँड्यो ।
पारिपट्टि भनेको कहाँ रहेछ भनेर सबैजनाले गुटुटुटु दौडिएर रेस्टुराँको झ्यालको पर्दा थोरै उघारेर चियो ग¥यौं । उनीहरू साँच्ची नै सडकपारि पुगे । खनेर छाडिएको ढलमाथिको स्ल्याबको सानो पुल हुँदै दुवैजना अगाडिको रातो घरमा छिरे । एक छिनमा दोस्रोतल्लाको कोठाको बत्ती बल्यो ।
“हनिमुन पनि हेर्ने रहर छ कि जाने हो ?” एउटी स्टेवार्ड छिल्लिई— “जाउँ ढिलो भयो ।”  
हामी सबै मुसुक्क मुस्कायौं र रेस्टुराँँ बन्द गरेर हिँड्यौं ।
भोलिपल्ट पहिलो ग्राहक बनेर, रातभरि सुत्न नपाएको जस्तो अनुहार लिएर त्यही केटा आयो, साढे आठ बजे । ऊ पछि अरु तीनजना पसे ब्रेकफास्टको लागि, फेरि अरु ग्राहक थपिए । किचेन, क्यास, स्टेवार्डिङ, सबै आआफ्ना ड्युटीमा तैनाथ छँदैथिए । रेस्टुराँ सधैंझैं लयमा हिँड्न थाल्यो ।   
ऊ हिजोकै टेबलमा बस्यो, मेनु पल्टायो ।
रेस्टुराँको लागि नै डिजाइन गरिएको सेतो सर्ट, कालो बोटाई र कालो स्कर्टको युनिफर्ममा म उसको अगाडि गएँ— “के ल्याऊँ ?”  
उसले मेरो छातिमा झुण्डाएको नेमट्याग पढ्यो र सोध्यो— “के के पाइन्छ ?”  
“पाइने कुरा सबै मेनुमा छ ।” म उसको अगाडि उभिइरहेँ, ऊ जाँचको प्रश्नपत्र पढेझैं मेनु पढिरह्यो । 
उसले टोलाएको आँखाले हे¥यो, हिजो राति रेस्टुराँँबाट लगेको चुरोट निकाल्यो, सल्कायो । उसको आँखा घरिघरि मात्तिन्थ्यो र मेरो आधाभन्दा बढी खुलेको छातिमा टाँसिन्थ्यो । मलाई असजिलो लाग्यो र भनेँ— “हिजोमात्रै विहे गरेको भनेकी स्वास्नी छ होइन कोठामा ? आँखामा अलि अनुशासन ल्याउने कि ?”  
“क्यै खराब छैन नियत । सम्म मैदानमा बसेको थुम्का होस् या कुनै चलायमान बस्तु, मान्छेको आँखा त्यता परिहाल्छ । तपाईंको आँखा कोही हेर्दैन, मस्कारा लगाउनु हेरिन्छ । ओठ त्यत्तिकै हेरिँदैन, लिपिस्टिक लगाउनुस् आँखा गइहाल्छ । मेरो पाइन्ट कोही हेर्दैन, अलिकति प्वाल परोस् त्यो ठाउँले सबैको आँखा तान्छ । यो प्रकृतिको नियम हो । कि त तपाईं आफ्नो युनिफर्म बदल्नुस्, कि मजस्ताका आँखाहरूलाई आफूमाथि चिप्लिन दिनुस् र गर्व गर्नुस् ।”  
मलाई लाग्यो– हिजो भोको पेटमा खानाको लागि बिन्ती बिसाउने ऊ र आजको ऊमा निकै अन्तर थियो । एकै नजरमा चिनेँजस्तो लाग्छ, तर कति गाह्रो छ मान्छेलाई ठ्याक्कै चिन्न ! हिजो नरम बोल्ने मान्छे आज ज्याद्रो, आत्मविश्वासी, हुल्याहा र टेढो देखिन्थ्यो ।
उसले कन्टिनेन्टल ब्रेकफास्टमा आएको बटर र जामसहितको दुईवटा टोस्टब्रेड, डबल अण्डाको अमलेट र मिल्क कफी सोचपूर्ण मुद्रामा खायो र अर्को एउटा त्यही प्रकारको ब्रेकफास्ट र कफी तयार पार्न अह्रायो— “उसको लागि कोठामा लैजान्छु ।”  
ब्रेकफास्ट तयार होउञ्जेल मलाई टेबलको अर्कोतर्फ बस्न भन्यो नानाथरि कुरा सोधिरह्यो र सुनाइ पनि रह्यो । 
“त्यो कुनामा सिसाले बारिएको के हो ?”  
“अक्सिजन पार्लर । फरकफरक अक्सिजन पाइन्छ, मेनुमा छ । मान्छेहरू इच्छाअनुसारको अक्सिजन लिन्छन् र पे्रmस भएर जान्छन् ।”  
“क्यास काउन्टरसँगैको दायाँ पित्तलको सिक्रीले बारिएको कुनामा के हो ?”  
“त्यो बार एरिया हो, डिङ्क गर्नेहरू त्यहाँ बस्छन्, पिउँछन् र मन लागे चेस पनि खेल्छन् ।”  
उसले कुरा मोड्यो— “अलि चाँडै भन्नुस् ब्रेकफास्ट ।” 
“चाँडै नै हुन्छ । यहीँ आएर किन नखाएको ब्रेकफास्ट ? किन कोठामा लैजान लागेको ?” मैले सोधेँ । 

Global Ime bank

“अचानक बिरामी परी । हिजो राति यहाँबाट गएपछि म पहिला बाथरुममा पसेर नुहाईधुवाई गरेर निस्किएँ । ऊ पछि बाथरुम पसी । म बेड तानतुन गर्दै थिएँ । ऊ बाथरुमबाट बाहिर निस्किँदा रिँगटा लागेजस्तो भएर ढोकामा चिप्लिएर लडी । टाउको, कुहिनो, घुँडामा चोट लाग्यो । मैले बल्लबल्ल उचालेर खाटमा सुताएँ । करिब एक घण्टाजति त बेहोस नै भई । मध्यरातमा दुई घुट्को पानी खाई अनि तीनपटक त भोमिट नै गरी । कारण सोध्दा त ब्लड प्रेसरको औषधि खाने गरेको रे, बिहेको चक्करमा औषधि नखाएको दुईदिन भयो रे, अब खाऊ न त भन्दा ल्याएकै छैन पो भन्छे ! अब मध्यरातमा कहाँ खोज्न जानु औषधि ?”  
“यो उमेरमा ब्लड प्रेसर ?”  
“दुई वर्ष भैसकेको थियो रे ब्लड प्रेसरको औषधि खाने गरेको । मलाई हिजो रातिमात्र भनेकी । वंशाणुगत ब्लड प्रेसर रे । तीन वर्षअघि उसको बाउ बितेको त थाहा थियो, तर हिजै थाहा भयो ब्लड प्रेसर बढेर पो चेट भएको रे ।”  
“सधैं खाने गरेको औषधि बिहे भन्दैमा किन छोड्नुप¥यो त ?”  
“आकस्मिक रुपमा बिहा गरेर भागेका हौं वा भनुँ भागेर बिहा गरेका हौं ।  हामी नुवाकोटका हौं । सानैदेखि सँगै पढेका साथी । उनको बाबु नुवाकोटको बस व्यवसायी थिए । तीनवटा बस थियो । बाबु चेट भएपछि दाइले व्यवसाय सम्हाले र काका भन्ने गरेको बाबुको साथीसँग ऋण लिएर अरु दुईवटा बस थप्यो । योजनाअनुसार राम्रै चलिरहेको व्यवसाय नेपाल बन्द र नाकाबन्दीले चौपट भएछ । त्यसमाथि एउटा बसले एकजनालाई किचेर क्षतिपूर्ति पनि तिर्नुपरेछ । केही महिना ऋणको सावाँब्याज तिर्न नसकेपछि सजिलो किस्ताको लागि उसको दाजु र तिनै काका भनिनेले साझेदारीमा बस चलाउने सल्लाह सहमति गरेछन् । पारिवारिक सम्बन्ध गाँस्न काकाचाहिँको ड्रग एडिक्ट भएर कैयौं पटक रिह्याबमा बस्दैआउँदै, बस्दैआउँदै गरेको छोरासँग उसको बिहा गरिदिने पनि निधो गरिएछ । बिहे गरेपछि सुध्रिन्छ भनेर उसलाई दबाब आउन थालेछ । पहिला तयार नभएकी आमा पनि पछिपछि त दाइको भनाइमा लागेर बिहे गर न त, सबै ठीक भैहाल्छ भन्न थालिछिन् । अनि केही सीप नलागेपछि ऊ मकहाँ आई ।” 
“पहिलादेखि नै तपार्इंहरूको बीचमा केही थियो कि ?”
“त्यस्तो केही थिएन । मलाई म्याथम्याटिक्समा सानैदेखि रहर थियो । तथ्याङ्क शास्त्रमा एमए गरेर केके नै गरेँ भन्ने लागेको थियो, अरु काम पाइनँ, मास्टर बन्न मन लागेन । अनि पुख्र्यौली मोटरसाइकल पार्ट्सको पसलमा नै काम गर्न थालेँ । यो केटी सानैदेखि चिन्थेँ, उमेरमा मभन्दा एक महिनाले जेठी छे । स्कुलसम्म त सँगै पढेका हौं । म लजालु थिएँ । कहिले नजिक भइएन । पछि ऊ एकातिर कलेजमा लागी म अर्कातिर लागेँ । ”
“अनि ?”  
“अनि एकदिन केटी पसलमा आई । देखेसम्म ऊ पनि पहिला त लजालु नै थिई । तर धेरैमा भेटेको, हिम्मतवाली भइछ । उसले गाडीको कुरा सुनाइ, दाइको कुरा सुनाइ, आप्mनो बिहेको कुराले दिएको तनाव सुनाइ । लाजसरम केही नमानी... मैले पहिले भन्नमात्र नसकेकी हुँ, तर अहिले नभने कहिले भन्ने ? म तिमीलाई सुरुदेखि नै मनपराउँथेँ । तिमी पनि मलाई मन पराउ, मलाई भगाउ र आफ्नो स्वास्नी बनाउ भनी ।”  
“अनि त्यति भन्दैमा, त्यत्तिकैमा भगाएको ?”  
“पहिले त म जिल्लिएँ, के गरुँ के गरुँ भयो । साँच्ची भनुँ भने पहिला म आफैं मलाई खासै मन पर्दैनथ्यो । जताबाट सोचे पनि । पढेर पनि पुख्र्यौली पसलमा बस्नुपरेको पीडा थियो । आप्mनो अस्तित्वप्रति असन्तुष्ट थिएँ । अरुको अगाडि म त केही रहेनछु जस्तो लाग्थ्यो । तर उसले मन पराउँछु भनेपछि भने रमाइलो लाग्यो । उसले माया गर्छु भनेपछि मलाई ऊ पनि मन प¥यो । आहा ! कोही स्पष्ट रूपमा मलाई मन पराएको भन्दैछे । मेरी स्वास्नी बन्न तयार छे भनेर आफैंप्रति गर्व लाग्यो । आपूm आफैंले सोचेजस्तो नालायकचाहिँ होइन रहेछु जस्तो लाग्यो । उसले मेरा लागि लायकको छौ, अहिले जागिर नभए पनि पछि पाइहाल्छौ । भागेर केही समय लुक्नको लागि पुग्ने पैसा छ मसँग । म अहिले तिम्रा घरमा बस्न सक्दिनँ, दाइ बहुलाएर मलाई खोज्दै पहिले तिम्रै घरमा आइपुग्छ । खालि तिमी आफ्नो आमाबाबालाई सम्झाऊ केही दिनको लागि काठमाडौं जान्छु भनेर । पछि मौका हेरेर सबै ठीक भएपछि फर्कौंला भनी । म अन्कनाइरहेको थिएँ । उसले मेरो हात समाती । उसको तातो स्पर्शले मेरो यौवन झन्झनायो । जिब्रो लर्बरायो । तरुनी भएर त ऊ झाँक्रीजत्तिकै जान्ने भैसकेकी रहिछ, मलाई च्याप्प समातेर हठात्मा मेरो ओठमा चुमी, पसलमै । अनि त म लल्याकलुलुक्कै भएँ ! नाइँ भन्नै सकिनँ ।”
मैले असल स्रोताझैं अँअँ भनेर टाउको हल्लाइरहेँ, ऊ भनिरह्यो— “अनि मैले तेरो दाइ त झन् बडीबिल्डर पनि हो, मलाई मार्न बेर छैन भनेँ । उसले मसँग आँखा जुधाइ । लाग्यो, आपूmभित्रको सबै हिम्मत आँखाकै माध्यमबाट मेरो आँखामा घुसाइ र मेरो पुरुषलाई उचाली “केटा मान्छेले अलि आँट गर्नुपर्छ, झन् अप्ठ्यारोमा परेकी तरूनीको समस्यामा त आफ्नै समस्या सम्झेर हिम्मत गर्नुपर्छ । अझ आफूलाई माया गर्ने केटीको इच्छामा र यस्तो विषम समयमा पौरख नदेखाए कस्तो समय देखाउछौ ? मलाई उद्दारकर्ता चाहिएको छ । दाइले बढीमा केही दिन हाम्री आमालाई रीस देखाउँछ र थान्को लाग्छ” भनि । हामी केही दिन लुक्नुछ भनेर योजना सम्झाई ।  अनि मैले आँट गरेँ केटी कर गर्दैछे, कति डराउनुजस्तो लाग्यो । बालाई पछि मै भनुँला भनेर खुसुक्क आमालाई मात्रै सबै योजना सुनाएँ । आमाले जसोतसो मानिन् । सल्लाहअनुसार पहिला काठमाडौं आएँ र त्यो रातोघरको प्mल्याट भाडामा लिएँ । केही सामान किनेँ । अरु भाँडाकुँडा किन्दै गरुँला भनेर नुवाकोट फर्कें । फर्केको भोलिपल्ट बिहानै हाम्रा मिल्ने तीनतीनजना साथी लिएर नुवाकोट सीडीओ कार्यालयमा गयौं, बिहा दर्ता ग¥यौं र १२ बजेको बस चढेर काठमाडांै हिँड्यौं । बाटोमा बस बिग्रिएर काठमाडांै आइपुग्दा रातै प¥यो ।”
उसको कथा कति बाँकी थियो कुन्नि, अर्डरअनुसारको ब्रेकफास्ट आइपुग्यो । ऊ कफीको प्लेटले कप छोपेर कागजको बट्टामा स्वास्नीको लागि ब्रेकफास्ट लिएर गयो । 
म मूर्तिवत् ऊ गएको हेरिरहेँ ।    
म्यानेजर दौडँदै आएर सोध्यो—“कपप्लेट पनि लग्यो त ? किन लैजान दिएको ?”  
“अँ, स्वास्नीको लागि ब्रेकफास्ट रे ।”  मैले जानकारी दिएँ ।
“किन कोठामा ? यहाँ किन नआएकी ?”  उसले फेरि सोध्यो ।
मैले भर्खरै सुनेको कथाको बेलिविस्तार लगाएँ । म्यानेजर अनुहार खुम्च्याएर सुनिरह्योे । 
“कपप्लेट नै चाहिँ लैजान दिनुभएन ।”  सारा बयान सुनिसकेपछि म्यानेजरले भन्यो । 
“यी ब्रेकफास्ट र सामानको डिपोजिट भनेर पैसा छोडेर गएको छ । काउन्टरमा गएर तिर्नु भनेको बिल चाहिएन रे, बिल नै नचाहिएपछि काउन्टरसम्म किन जानु रे ।” मैले उसले छोडेको हातको नगद देखाएँ । हिमालको फोटो अङ्कित हजारहजारको दुइटा नोट थियो ।
म्यानेजर मसँग नोट लिएर क्यास काउन्टरतिर गयो । म भनेँ बिस्तारै रेस्टुराँको झ्यालतिर गएँ र सडकपारिको त्यो रातोघरको दोस्रोतल्लाको झ्यालमा हेर्न थालेँ । आधा पर्दा लगाएकाले झ्यालभित्रको कोठामा पूरै त होइन केहीकेही देखियो । खाटमा केटी अझै पल्टिरहेकी जस्ती देखिन्थी । 
हातमा ब्रेकफास्ट बोकेको केटो भने छिटोछिटो सडक पार गर्दै रातो घरतिर लम्किरहेको थियो ।   
मैले घडी हेरेँ, बिहानको सवा नौ बजेको थियो । 
दिउँसो एकबजे केटो फेरि आयो । लन्चको लागि । मासुबिनाको थकाली खाना खायो र कोठामा लैजान त्यस्तै खाना अर्डर ग¥यो । 
“बिहान लगेको कपप्लेट त ?”  मैले सम्झाएँ । 
“उसलाई सञ्चो भएन, चियानास्ता केही खाइन, बाँकी नै छ । पैसा छोडेकै थिएँ त... ल खाना र थालकचौराको पनि पैसा ।” उसले पाँच हजार मेरो हातमा राखिदियो र एउटा चरेसको थालले खानाको अर्को थाल छोपेर लिएर हिँड्यो, साथमा फेरि दुई बोतल पानी । जाँदाजाँदै भन्दै थियो— “पैसा नपुगे पछि आउँदा दिउँला, बढी भए फिर्ता चाहिएन, तपाईंलाई नै भयो ।”
एक घण्टापछि ऊ फेरि बिहान लगेको कपप्लेट, थालकचौरा र चम्चा लिएर आयो । रेस्टुराँमा लन्च समय सकिएको थियो र कुनै ग्राहक थिएनन् । 
उसले बार एरियामा बसेर एक लार्ज पेग भोड्का मगायो— “उसको इन्जुरीमा अब मलाई पनि अलिअलि इन्जुरी चाहियो, हेल्थ इन्जुरी ।”  
उसले चेस मगायो र मलाई पनि खेल्न भन्यो— “कोसँग खेल्नु अब ।”
खाली समय थियो । हामीले तीन गेम चेस खेल्यौं र ऊ तीनैपटक हा¥यो । 
“दुःख पाउन सुरुमात्र गर्नुपर्छ, यस्तो जाबो प्लास्टिकको गट्टीले पनि साथ दिँदैन जिन्दगीमा । एकपटक त जानीजानी हारीदिएको भए पनि हुन्थ्यो नि तपाईंले ।” उसले भन्यो र खल्तीबाट जर्दा पराग निकालेर पूरै पाकेट मुखमा हाल्यो । एउटा मोर मिन्थल सल्कायो र पैसा तिरेर हिँड्यो । 
चार बजेतिर फेरि आयो । 
“कति छट्पट् गर्छ केटो ?” त्यस्तै लाग्यो मलाई र सोधेँ— “किन ? ठीक भएन स्वास्नीलाई ?”  
“छैन ।” उसले यत्ति भन्यो र एक पाकेट चुरोट मागेर एक खिल्ली सल्कायो ।
“अनि खाना त पूरै सकिएको थियो त !”  
“खाइन, चिसो भयो भनेर फालिदिएँ ।”  
“अब के ल्याऊँ ? चिया–कफी ?”  
“होइन ।” ऊ उठेर अक्सिजन पार्लरतिर लाग्यो— “अक्सिजन, अब आफैंले तानेको अक्सिजनले मात्र पुग्छजस्तो लाग्दैन मलाई ।”  
उसले आँखा चिम्लेर ३० मिनेटको आक्वा प्mलेभर अक्सिजन लियो र हिँड्यो ।
साँझतिर बाहिर सडकमा साइरनको तिखो र नमीठो आवाज आयो । म झ्यालनिरै थिएँ, तल सडकतिर हेरेँ । एम्बुलेन्स आएको रहेछ । एकैछिनमा थाहा पाएँ, एम्बुलेन्स रातोघरकै लागि रहेछ र उसकै बिरामी भनिएकी स्वास्नीको लागि रहेछ । 
एकछिनमा एम्बुलेन्स बिरामी लिएर गयो ।  
त्यसको दुईदिन केटो रेस्टुराँमा देखिएन । 
एकरात झममmम पानी परिरहेको थियो । साँझदेखि परेको पानीको कारण सबै पसलहरू बन्द भैसकेका थिए । सडकमा ढल उम्लिएर पेटीसम्म पुगेको थियो । रेस्टुराँ बन्द गर्ने समय भए पनि दुईचार मिनेटमा पानी रोकिएला कि भनेर स्टाफहरू पर्खिरहेका थिए र जानीजानी स्टाफ रिफ्रेसमेन्टको समय बढाइरहेका थिए । 
मैले घर जानको लागि पर्दैगरेको पानीको अनुमान लगाउन झ्यालबाट हेरेँ । ठीक त्यति नै बेला एउटा सेतो रङ्गको एम्बुलेन्स रातोघर अगाडि रोकियो । साइरनको आवाजबिना । 
केटो एम्बुलेन्सबाट ओर्लिएको देखेँ । एम्बुलेन्सको ड्राइभर हुनुपर्छ, ऊ पनि ओर्लियो । केटोले ड्राइभरसँग छलफल ग¥यो । एकछिनमा दुवै मिलेर भिज्दैभिज्दै बिरामीलाई जसोतसो घरमा  हुले ।  
बिहे गरेर आएको दिनजस्तै फेरि आज पनि केही खान आउने हो कि जस्तो लाग्यो मलाई । तर केटो आएन । आफ्नै कोठामा यताउता केके गरिरह्यो । 
त्यसको भोलिपल्ट दिउँसोमात्र आयो र अक्सिजन पार्लरतिर बसेर अह्रायो— “लेमनग्रास प्mलेभर अक्सिजन, ३० मिनेटको ।” अस्पतालमा बिरामी स्वास्नीको कुरुवा बसेर ऊ आफैं निक्कै गलेको जस्तो देखिन्थ्यो । आँखामुन्तिरको भाग धस्सिएर कालोकालो भएको थियो ।   
अर्की वेटरले लगिदिई, उसले मलाई नै बोलायो । 
“मेरो अगाडि बसिराख्नुस्, मलाई अरुसँग नमज्जा लाग्छ । बरू त्यसरी अगाडि बस्नुको पनि चार्ज लिनुस् ।” उसले मेरो हात समायो । उसले सीमा मिचेको सम्झेर मलाई ठीक लागेन । वरपर हेरेँ, सबै आआफ्ना धुनमा थिए, कसैले देखेनन् ।
“मलाई नछुनुस् त !” रुखो आवाज बनाएर भनेँ ।
“किन ? भर्खरैमात्र रङ्ग लगाएको छ र सुकेको छैन ?” ऊ विवादको मुडमा थियो । 
“यहाँ मेनुमा जे छ, त्यहीमात्रै छ ।” 
“मेनुमा त तपाईंको नाम छैन । तर तपाईं हुनुहुन्छ । ढुक्क हुनुहोस् मेरो नियतबाट, तपाईं सुरक्षित हुनुहुन्छ ।”  
ऊ आफैंले अक्सिजन क्यानुला नाकमा राखेर बस्यो । मैले उसको निद्रा नपुगेको जस्तो आँखा रसाउँदैरसाउँदै टिलपिल हुँदैगएको देखेँ । मलाई अचानक दया हो कि माया हो, लाग्यो । मैले मन दुखाइदिएँ कि जस्तो पनि लाग्यो । यो त बिहेकै दिनदेखि स्वास्नी बिरामी परेर पिरोलिएको मान्छे भन्ने याद आयो र विस्तारै कोमल आवाजमा सोधेँ— “आँखा चुहिन लाग्यो त, किन के भयो ? ठीक भएन अझै ? अस्ति एम्बुलेन्समा गएको देखेको हिजो राति फेरि फर्केको देखेको ।”  
उसले हत्पत् आँखा पुछ्यो र झस्किँदै घाँटी बसेर खस्खसाएको जस्तो आवाजमा सोध्यो —“अनि अरु केके देखेको ?”  
“यही देखेँ कि अस्ति जसरी एम्बुलेन्समा अस्पताल लैजानुभयो, हिजो राति पानी परिरहेको बेला त्यसैगरी एम्बुलेन्समा बिरामी फिर्ता ल्याउनुभयो । अहिले कस्तो छ ? के भन्छ त डाक्टर ?”     
उसले लामो सास फे¥यो र ओठ लेप्रायो— “खोई, डाक्टरले के भन्नु ? उसले भरोसा र विश्वास त मलाई गरेकी हो । अनि मैले पनि के गर्नु खै ! अस्पताल लग्यो, ल्यायो ।”     
उसले एकैछिनमा कुरा अन्तै लग्यो— “मेरो दिमाग पनि थाकेको छ, शरीर पनि थाकेको छ । आत्मा कुन्नि कुन ठाउँमा हुन्छ, जहाँ होस्, त्यो पनि थाकेको छ । मलाई अलिकति सान्त्वना चाहिएको छ, यता बसेर विस्तारै टाउको मुसारिदिनुस् न प्लिज, मेनुमा त छैन... बरु त्यसको पनि चार्ज लिनुहोला ।”  
“जेको पनि चार्ज भन्नुहुन्छ, जे पनि पाइन्छ पैसामा ?”  
“सरी ।” उसले फेरि मेरो हात समात्यो । यसपालि वरपरका मेरा सहकर्मीले पनि देखे । सबैले मलाई हेरे र रोक्नको लागि अगाडि बढे । मलाईचाहिँ ‘नाइँ’ भन्न मन लागेन । सबैलाई ठीक छ, पर्र्दैन भन्ने इशारा गरेँ । 
ऊसँग चेस खेलेदेखि ऊप्रतिको मेरो लगाव के हो मलाई थाहा छैन, तर ऊ खराब नै चाहिँ होइन भन्ने लागेको थियो । उसले पहिलो पटक छुँदा नराम्रो लागेको थियो मलाई, अब नराम्रो लागेन । उसको दुःख अनुभूत गर्दाचाहीँ मानसिक तनावले विचलित भएको बेला सबैको यस्तै होला भन्ने सोचेँ र ऊ बसेको सोफा पछाडि उभिएर विस्तारै उसको टाउको मुसारिदिन थालेँ । अचम्म ! एकछिनमा ऊ निदायो । साँच्ची नै माया लाग्यो, निदाउन दिएँ । निदाएको हेरेरै पनि हल्का मुसारिरहेँ । 
समयमा अक्सिजन सकियो र ऊ आफैं ब्यूँझियो । 
अक्सिजनको क्यानुला निकालेर उसले चुपचाप एक कफी खायो, धन्यवाद भनेर एकपटक अँगालो मा¥यो र गयो ।
मरिजाऊँ, उसको अँगालोमा कुनै स्वार्थ छ जस्तो पटक्कै लागेन । चाँडै गयो, नत्र अँगालो मारुञ्जेल सुम्सुम्याइदिन्थेँ जस्तो लाग्यो । 
अर्को दिन ।
दिनभरि बेपत्ता भएर ऊ साँझको बत्ती बलिसकेपछि आयो र बार एरियाको टेबलमा बस्यो । सपिङ गरेर आएको रहेछ, पोलिथिनको झोला पनि थियो हातमा, टेबलमाथि राख्यो । झोलामा रातो रिबन, क्लिप, काँटा, नेलपोलिस, लिपिस्टिकहरू थिए । एउटा फुलबुट्टे सारी पनि थियो ।
ऊभन्दा म बढी सहज भैसकेको थिएँ । सोधेँ— “क्या हो, आज त शृङ्गारका सामानहरू छन् नि, केही विशेष छ कि ?”  
“उसको बर्थ डे हो आज ।”  
“ए, मेरो तर्फबाट पनि हेप्पी बर्थ डे ल । खाना खाएको हो ?”  
“उसको तर्फबाट धन्यवाद । खाना अघि नै खाइसकेँ ।”  
“अब के त ?”    
भन्यो— “हेल्थ इन्जुरी दिनुस !”  
“कुनचाहिँ ?”  
“सबै एकसाथ !”  
उसले मात्रा जानेर एक लार्ज पेग भोड्का, ब्राण्ड जानेर एकखिल्ली मोर मिन्थल चुरोट ल्याइदिई । उसले चुरोटको सिङ्गै बट्टा माग्यो । 
उसले बिस्तारैबिस्तारै चुस्की लगायो र १५ मिनेटजतिमा सिध्यायो । त्यसपछि खल्तीबाट जर्दा पराग निकाल्यो, खोल्यो र सिङ्गै पाकेट मुखमा हालेर देब्रे गालामा च्याप्यो । अनि बैजनी रङ्गको पाँच इन्च लामो मोर मिन्थल सल्काएर स्वाँऽऽ आवाज आउनेगरी लामो सर्को तान्यो । पक्कै पनि निकोटिनयुक्त मिन्थल धुवाँ आत्माको भित्री तहसम्म पु¥याउन चाहन्थ्यो । 
चुरोटको खरानी रङ्गको धूवाँ फूऽऽ गरेर उसले चुरोट समातेकै हातले देब्रे आँखीभौं       मुसा¥यो— “चेस ल्याउनुस् न ।”  
मैले लगिदिएँ । उसले चेस बोर्ड बिछ्यायो, गट्टी मिलायो र एक्लै चेस खेल्न थाल्यो— “तपाईं जानुस् । यसरी हेरेर बस्दा म नर्भस हुन्छु र नर्भस हुँदा जिन्दगी मात्रै खराब हुदैन, खेल पनि बिग्रिन्छ । आज एक्लै खेल्छु । तपाईंलाई थाहा छ चेसमा कि सेतो हार्छ कि कालो, तर एक्लै खेल्दा हर हालतमा जित्नेचाहिँ मै हुन्छु । तपाईंसँग खेल्दा कहिले जित्नु ?”  
म अलि टाढा गएँ, तर खेल हेरेरै बसेँ ।  
एकपटक सेतो हा¥यो, ऊ थारै रोयो र फेरि गट्टी मिलायो । अर्कोपटक कालो हा¥यो, तैपनि रोयो र अर्को खिल्ली चुरोट सल्कायो । अनि एउटा भेज मम, एउटा भेज पिज्जा होम प्याक गर्न लगायो, दुइटा डाइट कोकको क्यान लियो र आफ्नो खरिददारीको झोला लिएर हिँड्यो । 
बानीजस्तै परिसकेको थियो । म चियो गर्न झ्यालमा पुगेँ  । उसले उफ्रिएर ढल नाघ्यो र घरभित्र पस्यो । एकछिनमा उसको कोठाको बत्ती बल्यो । एकछिनमा पर्दा उघ्रियो । 
उसकी स्वास्नी खाटमा सुतेकी थिई ।
मैले देखेँ— उसले स्वास्नीलाई नउठाइकन, सुतेको सुत्यैमा कपाल मिलाइदियो । केहीबेर गाला मुसारेर झोलाबाट सारी निकाल्यो र ओढाइदियो । 
सोचेँ —“सारी लगाउन त उठ्न पनि सक्नुप¥यो नि ।”  
“ओह्, हाउ स्विट ।” ऊ त हातमा नेलपालिस पनि लगाइदिन थाल्यो । हातमा सकिएपछि खुट्टामा पनि लगाइदियो । ओठमा लिपिस्टिक लगाइदियो ।  
बिरामी न थिई, स्वास्नी सुतिरही । जेजे गर्छ, गर्न दिइरही । सायद उसैले अब यसो गर्ने उसो गर्ने भन्ने इच्छा बताइरहेकी हुँदी हो । 
“बिचरा ।” मैले मनमनै भनेँ र झ्यालबाट हेर्न छोडेर काममा फर्किएँ । सत्यसत्य, एकाएक ऊप्रति आदर जाग्यो ।
केहीदिन पटकपटक फरकफरक समयमा ऊ रेस्टुराँमा आउँदैजाँदै गरिरह्यो ।
एकदिन रेस्टुराँमा पस्दा उसको झोलामा बेगन स्प्रे थियो । पफर््युम थियो । रूम फ्रेसनर थियो । केही मुखमा लगाउने डस्टमास्क थिए । एक पाकेट अगरबत्ती पनि थियो ।
मैले झोला हेरेको देखेर उसले ब्याख्या ग¥यो— “अस्ति किनेको सकियो त्यसैले फेरि किनेको । ढल पनि कहिले बनिसक्ने भएन । गन्हाएर उधुम हुन्छ । हावा चल्दा झन् गन्हाउछ । रूम फ्रेसनर हाल्यो भने अलि अर्कै गन्ध आउँछ, त्यो पनि त गन्धै हो नि आँखिर ! थरिथरिका कीराले दिक्क भैसकेँ । बेगन स्प्रे पनि बेलाबेला हाल्छु । कुनै बेला त सबै गन्ध मिसिएर महागन्ध आउँछ ।” उसले केही सम्झेझैं गरी खल्तीबाट सानो पफर््युमको सिसी निकाल्यो र अलिकति पफर््युम हरर्र बास्ना आउनेगरी जँुगामा दल्यो  ।
“अहिले कस्तो छ बिरामीलाई ?” सोधेँ ।  
ऊ केही नबोली यताउति हेरिरह्यो ।
उसको मौनतामा ऊ भित्रभित्रै केही घटनाको पछाडि दौडेको चाल पाउन सकिन्थ्यो । 
“खाना खाने ?”  
“नखाने ।”  
“अनि ? हेल्थ इन्जुरी ?”  
“नाइँ ।”  
“अक्जिसन लिने ?”  
“होइन ।”  
“अनि किन आएको त ? जानुस् ।”  
“कहाँ ?”  
“कोठामा ।”  
“आच्या ।” ऊ लज्जित भयो— “कोठामा भनेर कहाँ आइपुगेँ ? दिमाग खराब ।” ऊ भुत्भुतायो र बाहिर निस्कियो । 
एकछिनमा मैले झ्यालबाट तल सडकमा ऊ जाँदै गरेको देखेँ । उसले सिमेन्टको स्ल्याबमा टेकेर पेटीमा जानुको साटो आज पनि उफ्रेर ढल नाघ्यो र हुत्तिएर घरभित्र पस्यो । एकछिनमा ऊ कोठाभित्र देखियो । स्वास्नी भएको खाटनेर उभियो । एकछिन कुरा ग¥यो, सायद तत्कालको सञ्चोबिसञ्चो सोध्यो । फेरि झुकेर केही कुरा ग¥यो, सायद भोकप्यास सोध्यो । 
एकछिनमा बेगन स्प्रे छरेको जस्तो देखियो । फेरि रूम फ्रेसनर छरेको जस्तो देखियो । बेगन स्प्रे र रुम फ्रेसनरको कक्टेल गन्ध कस्तो होला कुन्नि, घरीघरी हत्केलाले नाक हम्केको पनि देखियो । के तालको मान्छे, रुम फ्रेसनरपछि अगरबत्ती किन चाहियो ? 
अर्कोदिन मैले मिस गर्नैपर्ने गरी ऊ रेस्टुराँमा नै आएन । 
साँझ करिब सात बजेतिर साइरनको आवाज आयो । चासो जाग्यो । फेरि बिरामी भइछ भन्दै म झ्यालबाट हेर्न गएँ । 
साइरन एम्बुलेन्सको होइन रहेछ, पुलिसको भ्यानको रहेछ । 
एउटा होइन, दुइटा भ्यान थियो पुलिसको । एकैछिनमा सडकमा भीड जम्मा भयो । पुलिसहरू कोही घरभित्र छिरे, कोही बाहिरै बसे । एकछिनमा पुलिसले हथकडी लगाएर उसलाई गलहत्याउँदै बाहिर निकाल्यो र भ्यानमा हाल्यो । फेरि एकछिनपछि अस्ति नै रेस्टुराँँमा बर्थडेको लागि भनेर ल्याएको फुलबुट्टे सारीमा बेरिएको एउटा डल्लो निकालियो । भीडमा सबैजना दुर्गन्धले नाक थुनेका देखिन्थे । करिब आधा घण्टाजतिमा पुलिसका दुवै भ्यान केटो र सारीको पोको लिएर हिँड्यो । पछि त्यही भीडमा उभिएर सबै घटना थाहा पाएको एक ग्राहक रेस्टुराँमा आयो र सुनायो— “केटोले भगाएर ल्याएकी केटी रे । कुन्नि कहिले मरिसकेकी रहिछे । लास गलेर लित्तिपित्ती भैसकेको रहेछ । मुछेको माटो उठाएसरी साबेल लगाएर कुहिइसकेको लास उठाउनुपरेको छ्या ! बल्लबल्ल गार्बेज ब्यागमा कुहिएको लासको थुप्रो उठाएर, उसैलाई छोपिएको सारीमा पोको पारेर लगे । डेन्जरको अपराधी रैछ केटो !”

००००

उसले ४० मिनेटको अक्सिजन लिँदै गर्दासम्म मैले ऊसँग जोडिएका यथासम्भव घटनाहरू  सम्झिन भ्याएँ । 
ऊ अझै अक्सिजन लिँदैथियो । म बिस्तारै उसको अगाडि गएँ । उसले आँखा खोल्यो र मलाई देखेर सँगै बस्न इशारा ग¥यो । म गएर ऊसँगै सोफामा बसेँ र अक्सिजन सकिने समय कुर्न थालेँ ।
अक्सिजन सकिएपछि ऊ निक्कै फ्रेस देखियो र आफैंले पाइप तह लगायो । मैले सत्यतथ्य थाहा पाउन झट्पट सोधेँ— “केहीकेही त थाहा छ, खासमा के भएको थियो ?”   
ऊ पनि घटना सुनाउन उत्तिकै हतारोमा रहेछ । भन्यो— “त्यो पहिलो रात खाना खाएपछि पहिला मैले नुहाएँ । ऊ मपछि नुहाउन बाथरुममा छिरेकी थिई, बाहिर निस्किँदा चिप्लिएर ढोकैमा लडी । रुमालमात्र बेरेकी थिई र रुमालभित्र नाङ्गै थिई । लुगा लगाइदिएँ । केहीबेरको बेहोसीबाट होस खुलेपछि सोधपुछ गरेँ, हस्पिटल जाऊँ भनेँ । नजाने, ठीक हुन्छ भनी । ब्लड प्रेसरको औषधि नखाएको दुई दिन भैसकेको रहेछ । दौडादौडमा औषधि पनि ल्याउन बिर्सिछ । किनेर ल्याउँछु भन्दा यति राति पर्दैन होस्, भोलि खाउँला भनी । उसलाई दाइ खोज्न आएर भेट्टाउला भन्ने डर थियो, ऊ केहीदिन कतै ननिस्किई गुप्तबास नै बस्न चाहन्थी । उसलाई कसैले चिनेर दाइलाई बोलाइदिन्छ कि भन्ने शङ्का थियो । 
रातभरमा तीनपटक भोमिट गरी । केही सुतेको जस्तो, केही बेहोसजस्तो उसले रातभर मलाई द्विविधामा पारिरही । म पनि बिरामी कुरेझैं कहिले आधा निदाउँदै कहिले झप्काउँदै उसको हेरबिचार गरिरहेँ । 
बिहान ब्रेकफास्ट खाएँ, उसले केही पनि खाइन । दिनभर एउटै पोजिसनमा सुतेको जस्तो, कहिले ब्यूँझिएको जस्तो, कहिले बेहोस भएको जस्तो गरिरही । 
साँझ स्थिति बिग्रियो, हिरिक्कहिरिक्क गर्न थाली । सास फेर्न गाहो भएको र टाउको दःुखेको गुनासो गरी । ऊ नाइँ भन्ने अवस्थामा थिइन, एम्बुलेन्स बोलाएँ र हस्पिटल लगेँ । त्यहाँ सलाइन दिइयो, कुन्नि केके जाँचे । केही घण्टामा उसले ठीक भएको र घर जाने भनेर जिद्दी गरी । ऊ सम्भवतः सकेसम्म त्यहाँबाट भागेर कोठामा गुप्तबासमा जान चाहन्थी । 
दुई दिनपछि फलोअपमा जानेगरी कोठामा फिर्ता ल्याएँ । एक पोको औषधि थियो । समयसमयमा खान दिएँ । खाना पटक्कै खाइन । खालि पेटमा औषधि खायो कि भोमिट गर्थी । पछि त भोमिट आउँछ भनेर पानी पनि खान मानिन ।
पछि निधार रन्किने गरी ज्वरो आयो । टाउको दुःखेअनुसार ब्लड प्रेसर बढेछ भन्ने अनुमान लगाएँ र उकुसमुकुस भएर घरभित्र–घरबाहिर गरिरहेँ । मलाई नै याद छैन कति पटक उसलाई कोठामा छोडेर निस्किएँ । 
एकदिन बोल्न छाडी र उसको हलचल पनि बन्द थियो । छोएँ, चलाएँ, घच्घच्याएँ । होस खुलेन । फेरि एम्बुलेन्स बोलाएर हस्पिटल लगेँ । डाक्टरले अस्पताल पु¥याउनुअघि नै मृत्यु भएको भनेर घोषणा गरिदियो । अनि समस्या प¥यो । अस्पतालको पुलिसले तत्काल केरकार गर्न थाल्यो, को हो, कसरी मृत्यु भयो भनेर । मैले सबै जस्ताको तस्तै भनिदिएँ र नपत्याए पोस्टमार्टम गर्न भनेँ । साँच्चीकै पोस्टमार्टम गरियो । ‘डेथ बाई कार्डिएक अरेस्ट’को रिपोर्ट लिएँ । अन्तिम संस्कार गर्न त्यतिबेला सजिलो थिएन, उसका मान्छे, त्यसमा पनि दाइलगायतलाई खबर गरिदिनुप¥यो । घाट नलगी कोठामै ल्याउनु उचित ठानेँ । सोचेँ, रात बितोस्, अनि भोलि विचार गरुँला । 
घर आइपुग्दा झमझम पानी परेको थियो । शववाहनको ड्राइभर नाइँनाइँ भन्दै थियो, बिस्तारै उचालेर कोठासम्म पु¥याउन मद्दत गर, पाँचहजार दिन्छु भनेँ, मान्यो । माथिसम्म लैजान मद्दत गरेर उसले ठूलो गुन लगाएको थियो, दिन्छु भनेको भन्दा दुईहजार बढी दिएँ । बिरामी स्वास्नीलाई अस्पताल लिएर गएको थिएँ, फर्किंदा कोठामा लास थियो । भगाउनुअगाडि एकपटक चुम्मा खाएको स्वास्नीको लास । बिहे गरे पनि स्वास्नी भन्न नपाएको स्वास्नीको लास ।”  
उसको बयान सुनेर मैले आफ्नो ज्ञानलाई थुकेँ— “थुक्क मेरो बुद्धि, शववाहन र एम्बुलेन्स पनि छुट्याउन नसक्ने म, लास पो ओरालिएको रहेछ त्यो दिन शववाहनबाट । ”  
ऊ भन्दै थियो— “के गरुँ, के नगरुँ भन्ने उकुसमुकुसमा उसैलाई हेरेको हे¥यै रात काटेँ । ब्यूँझिन्छे कि जस्तो लागिरह्यो । साँच्ची भनुँ भने अहिले पनि मरेकी छैन कि जस्तो लाग्दैछ । यहीँ छ कि मेरो कुरा सुनिरहेकी जस्तो लाग्दैछ । फर्केर कोठामा गएर फेरि अस्पताल कुदाउनुपर्ने हो कि, या तुरुन्तै नकुहियोस् भनेर फेरि बेगन स्प्रे छर्नुपर्ने हो कि जस्तो पनि लाग्दैछ । एकैपटक केके केके लाग्दैछ । मलाई सहानुभूति दिएर अलि सुम्सुम्याइदिनुस् न, सुम्सुम्याइराख्नुस् न !” उसले आँखा चिम्लियो । 
मैले सुम्सुम्याउन थालेँ । म्यानेजर कुन्नि कतिखेरदेखि पछाडि उभिएर सुन्दै थियो उसको बयान, उसको पनि अनुहार निन्याउरो देखिन्थ्यो । पहिलोपटक त्यो मान्छेप्रति सहानुभूति उम्लिएको थियो उसको र उसले पनि इशारामा ‘सुम्सुम्याइराख’ भन्यो । 
मैले फेरि सोधेँ— “त्यसो भए, उसको बर्थडे भनेर प्लास्टिकको ब्यागमा शृङ्गारको सामान किनेर आउँदा मरिसकेकी थिई ?” 
“अघिल्लो दिन नै मरिसकेकी थिई नि ।” ऊ फेरि बयान गर्न थाल्यो— “मरेको भोलिपल्ट उसको बर्थडे थियो । बर्थडेमा केको घाट लानुजस्तो लाग्यो । मरे पनि बर्थडे त हो नि जस्तो लाग्यो ।  बजार गएर उसको लागि शृङ्गारको सामानहरू किनेँ । उसलाई आफ्नै हातले शृङ्गार गरिदिए । जे गरेँ, साँच्चै मायाले गरेँ । ”  
“अनि बेगन स्प्रे ? रुम फ्रेसनर ?”  
“केही दिनपछि ऊ कुहिन थालेकी थिई, गन्हाउन थालेकी थिई । बाहिरको ढलको गन्धले गर्दा कुन उसको गन्ध हो कुन ढलको गन्ध, छुट्याउन गाह्रो थियो । तर कोठामा चाहिँ सबैखाले गन्ध मिस्सिएर नर्क बनेको थियो । त्यही गन्धकोे उपचार पफर््युम र धुपले गर्न सकिन्छ कि भनेर कोसिस गरेँ । बेगन स्प्रेले कुहिने क्रम केही ढिलो हुन्छ कि भनेर कोसिस गरेँ । एकसाँझ उसको दाइ पुलिसको सहयोग लिएर आइपुग्यो र जिल्लियो । उसकी बहिनी सग्लो उठाउनै नमिल्नेगरी गलिसकेकी थिई ।”  
मलाई पुलिस आउनु र ऊ समातिनुको कुरा थाहा थियो । आपूmले देखेको, सुनेको र भोलिपल्ट पत्रिकामा आएको समाचार जोडेर भनेँ— “अनि पुलिसले मरेर कुहिइसकेको लासलाई उठाउन नसकेर साबेल प्रयोग गर्नुप¥यो । साबेलले उठाउँदै प्लास्टिकको गार्बेज ब्यागमा सोहोरेर निकाल्यो र तपार्इंलाई हथकडी लगाएर लिएर गयो । त्यो दिनको टभिी र भोलिपल्टको पत्रिकामा त्यसैको व्यापक चर्चा थियो ।”  
उसले भन्यो— “अनि पुलिस चौकी लगेर सोधपुछ केरकार ग¥यो । बयान लियो । केटी अपहरण गरको भन्ने रहेछ । होइन भनेँ । मसँग विवाहको कागज थियो । मारेको भन्ने दोष लगाए । त्यो पनि होइन बिरामी थिई, आफैं मरी भनेँ । बिरामीको अस्पतालको बिलहरू थियो । पोस्टमार्टम रिपोर्ट थियो । अनि केही गर्न सकेन र धरौटीमा छोडिदियो । त्यत्ति हो कि घाट नलगेर घरमा किन ल्याएँ भन्नेमा पुलिस झन् उत्सुक थियो ।” 
“बिहा गर भनी, गरिदिएँ । भगाएर मेरो उद्दार गर, ड्रग एडिक्टसँग विवाह हुनबाट जोगाइदेऊ भनी, भगाइदिएँ । ड्रग एडिक्टचाहिँ उता अझै जिउँदै छ, यो यता खत्तम । आफ्नो इच्छाले यसो गरुँ भनेर गरेको होइन, उसले भन्दा माया लाग्यो, नाइँ भन्न पनि सकिएन । हिरो बन्न खोजेँ । उसको उच्छृङ्खल आँसु र सम्मोहक चुम्बनमा फसेँ र बिहे गरेँ । न सुहागरात भयो न ज्वाइँ बनियो ! मलाई यता ल्याएर ऊ कता गईगई, पुलिस आयो, समायो ।  पुलिसले भनेको बेला हाजिर हुनुपर्नेगरी तारेखमा छुटेको छु । मुद्दा बाँकी नै छ । तर प्रमाण मेरो पक्षमा छ, मै जित्छु । तर मुद्दा जितेर के जित्छु, योचाहिँ थाहा छैन । यहाँ यसो एकदुई करेन्टको झड्का हान्ने केही व्यवस्था छैन ?”
“छैन ।”
“हुनुपथ्र्यो नि ।”
ऊ कतै जान ढिलो भएजसरी हठात्मा उठ्यो र रेस्टुराँभित्र पस्दा जुन स्तब्धता दिएको थियो त्यस्तै प्रकारका आङ सिरिङ्ग पार्ने चिसोपना छोडेर बाहिरियो— “अब नुवाकोट जान्छु । घरमा के सोच्दै होलान् । मलाई लाग्छ, मैले पहिले पनि तपाईंलाई कतै देखेको छु ! यो रेस्टुराँ, यहाँको सेटिङ, म्यानेजर, क्यासियर, सबै निकै पहिलेदेखि नै चिनेचिनेझैं लाग्यो । सत्य ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC