site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रजनीकान्त र अक्षयको ‘२.०’ लाई पनि उछिन्यो ‘साहो’ले
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

समिक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको चलचित्र ‘साहो’ ले बक्स अफिसमा भने कमाल देखाएको छ । प्रभास र श्रद्धा अभिनित चलचित्र ‘साहो’ ले पहिलो दिन घरेलु बजारमा १३० करोड भारुको व्यापार गरेको छ । चलचित्रले दोस्रो दिनमा पनि करोडको व्यापार कायमै राख्दै २२० करोड माथिको व्यापार गरेको हो ।
‘साहो’ले हिन्दी भर्सनमा भारतमा २४.४० करोड कमाएर २०१९ को पहिलो दिन सर्वाधिक कमाइ गरेको चलचित्रको तेस्रो स्थानमा पर्न सफल भएको हो । यो लिस्टको पहिलो स्थानमा ४२.३० करोड कमाएको ‘भारत’ र २९.१६ करोडको ‘मिशन मंगल’ छन् ।
दक्षिणमा चलचित्र ‘साहो’ ‘बाहुबली’ पछि दोस्रो अहिलेसम्मकै सर्वाधिक कमाइ गरेको चलचित्र बनेको छ । यो भन्दा अघि रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ दोस्रो सर्वाधिक कमाइ गरेको चलचित्र थियो । तर साहो ले ‘२.०’ लाई उछिन्न सफल बनेको हो ।
‘साहो’ ले तमिल र तेलुगु भाषामा पहिलो दिन ८७ करोड कमाइ गरेको हो  भने बाहुबलीले १२१.७२ करोडमा ओपनिङ गरेको थियो । 
३५० करोडमा बनेको ‘साहो’ भारतमा मात्रै चार हजार पाँच सय पर्दामा एकैसाथ प्रदर्शनमा आएको हो । पाँच देशमा छायांकन गरिएको ठूलो बजेटको चलचित्र ‘साहो’ निर्माणमा २ वर्ष लागेको थियो ।

बिजनेस टुडे

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC