site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वराजदूत झाको हत्या ५० हजारका लागि ! प्रहरी भन्छ– छिट्टै हत्यारा सार्वजनिक गर्छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्याको भित्रि कारण ५० हजार रुपैयाँ भएको खुलासा भएको छ । पूर्वराजदूत झा गत वर्ष भदौ ४ गते बबरमहलस्थित आफ्नै घरको कोठामा मृत फेला परेका थिए ।

अनुसन्धानका क्रममा उनको घाँटी रेटेर हत्या भएको खुलेको थियो । प्रहरीले घटनास्थलबाट झाकै भान्सामा प्रयोग हुने चक्कु र पछि पञ्जासमेत बरामद गरेको थियो । लामो समयसम्म पनि झाको हत्यारा पत्ता लाग्न नसकेपछि प्रहरीको आचोचना समेत हुँदै आएको छ । प्रहरीले ३१ साउनमा झाकै घरमा सुरक्षा गार्ड काभ्रेका सानुकान्छा तामाङलाई दोस्रोपटक पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलोपटक पक्राउ परेका तामाङ पर्याप्त प्रमाणको आधारमा रिहा भए पनि उनले पोलिग्राफ परीक्षणमा भने झुठ बोलेको पाइएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले तामाङका केही गतिविधि शंकास्पद देखिएकोले अनुसन्धान सुरु गरिएको बताए । तामाङविरुद्ध झाकी श्रीमतीले किटानी जाहेरी दिएकी थिइन् । एसएसपी सुवेदीले बाह्रखरीसँग भने, ‘‘अनुसन्धानका सबै कुरा अहिले नै बाहिर ल्याउन मिल्दैन । छिट्टै हत्यारा सार्वजनिक गर्छौं । हत्याको पछाडि आर्थिक कारण नै जोडिएको हाम्रो प्रारम्भिक निष्कर्ष छ ।’’

झा हत्याको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सानुकान्छाले पूर्वराजदूत झासँग ‘एडभान्स’को रुपमा ५० हजार रुपैयाँ लिएको खुलेको छ । त्यही रकमको विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ । ती अधिकारीले भने, ‘‘झाले सानुकान्छाले लिएको रकम तलबमा काट्ने कुरा गरेपछि सानुकान्छाले यत्रो वर्ष काम गर्दा ५० हजार पनि दिन नसक्ने भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यही विवादले सानुकान्छाले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।’’ हत्यामा सानुकान्छाकै संलग्नता रहने अन्य प्रमाण समेत जुटेको प्रहरी अधिकारीको दाबी छ । एक वर्षको क्रममा प्रहरीले दुई सयभन्दा बढी व्यक्तिसँग झा हत्याबारे सोधपुछ, नियन्त्रण र निगरानी गरेको थियो ।

Global Ime bank

झाको हत्या प्रकरणमा सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई अपराध महाशाखाको टोलीले सुरुमै पक्राउ गरेको थियो । प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको आदेशमा तीनै जना आठ–आठ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । सानुकान्छाले शारीरिक सुगठनको तालिम समेत लिएको देखिएको छ । उनी पहिले विदेशीको सहयोगीको रुपमा काम गर्दै आएका थिए ।

कूटनीतिक व्यक्तिको सहयोगीको रुपमा काम गर्दागर्दै उनी त्यही सम्पर्कबाट झाको घरमा सुरक्षागार्डको रुपमा काम गर्न पुगेका थिए । सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङको पोलिग्राफ परीक्षण भएको थियो । दोस्रो पटकसमेत सानुकान्छाको पोलिग्राफ परीक्षण गर्दा ढाँटेको देखिएको बताइएको छ ।
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC