site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 अविनाशको संघर्षपछिको सफलता
Sarbottam CementSarbottam Cement

काठमाडौं । मानिसको सफलतामा एक विन्दु महत्वपूर्ण हुन्छ, जसले लामो समयका लागि उसको भाग्यरेखा कोरिदिन्छ । मिहिनेत र प्रयासलाई जारी राख्ने हो भने त्यो विन्दु अर्थात् टर्निङ प्वाइन्टले कुनै पनि व्यक्ति सफल मोडमा पुग्छ । खेलमा होस् या अन्य विधा, परिवर्तनका लागि कुनै न कुनै माध्यम टर्निङ प्वाइन्ट बन्न सक्छ ।

क्रिकेटर अविनाश बोहराको पनि यस्तै सफलतातिर लम्काउने एक विन्दु छ, जसले उनलाई एक क्रिकेट खेलाडीका रुपमा चिनाएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतापछि नेपालले गत माघमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग एकदिवसीय सिरिज र ट्वान्टी–ट्वान्टी सिरिज खेल्यो । दुवै सिरिज नेपालले जित्यो । त्यसमा पनि केही कीर्तिमान बने । 

Prabhu Bank
Agni Group
NIC Asia

रोहित पौडेलले सबैभन्दा सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाउँदा अर्का यस्ता खेलाडी चम्किए । जो पहिलो अन्तर्राष्ट्रिय सहभागितामा ‘म्यान अफ दी सिरिज’ भएका थिए । अभिनासले यूएईविरुद्धको सिरिजमा समग्रमा ६ विकेट लिएका थिए । उनको इकोनोमी ७.२० रहेको थियो ।

घरेलु प्रतियोगितामा चम्केर राष्ट्रिय टोलीमा स्थान बनाएका अभिनासले आफ्नो पहिलो सहभागितामा उत्कृष्ट प्रदर्शन गरेर टोलीमा बलियो चुनौती पेस गरेका छन् । उनी अहिले निरन्तर राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शनका लागि मिहिनेत गरिरहेका छन् । 

Global Ime bank

संघर्षका ती दिन

भारतकाे शिमलामा जन्मिएका २२ वर्षिय अविनाश बोहरा विभागीय क्लब एपिएफमा आबद्ध छन् । राष्ट्रिय टोलीको यात्रापछि उत्साहित उनको क्रिकेटयात्रा भने सङ्घर्षपूर्ण छ । बुवा भारतमा जागिरे भएकै कारण सानो उमेरमा भारत गएका उनी भारतीय क्रिकेट वातावरणले प्रेरित भए । रहरले टेनिस खेल्ने उनी नेपाली क्रिकेटप्रति उत्तिकै जानकार थिए । भारतका साना–साना गल्लीमा क्रिकेट देख्दा ब्याट र बल समाउने अविनाश २०७१ सालमा नागरिकता बनाउन नेपाल आए ।

नागरिकताको उद्देश्य थियो भारतीय आर्मीमा भर्ति हुने । त्यसका लागि नागरिकता लगायतका कागजात जम्मा गरे । तर आर्मीको यात्रा तय गर्न भने सहज थिएन । आर्मीमा भर्ति हुन केही कागजात नमिल्दा उनको बाटो नेपाली क्रिकेटतर्फ मोडियो । उनले भने, “मलाई एउटा कागजात नपुगेर आर्मी बन्न नसकेको कुरामा पछुत्तो छैन् । देशका लागि केही गर्न पाएकोमा खुसी छु । त्यो समय आर्मी भएको भए सायद यो सफलता हात पर्ने थियो या थिएन,” उनी भन्छन् । 

आर्मीको सपना समाप्त भएपछि अभिनास नेपालगन्जमा बसे । सानिमाको घरमा क्रिकेटमैत्री वातावरण मिल्न थाल्यो । उनका दाइ तरुण बज्राचार्यले क्रिकेट खेल्न उनलाई हौसला प्रदान गरे । पारिवारिक अवस्था राम्रो नभएकै कारण सुरुआतमा क्रिकेट मोहलाई तोडेका उनी क्रिकेटतर्फ लम्किए । दुई दाइके सहयोगले नै उनको यात्रा राष्ट्रिय टोलीसम्म लम्किएको हो । 

कक्षा आठमा पढ्दै गर्दा उनले पहिलो पटक जिल्ला स्तरीय खेलमा खेल्ने मौका पाए । बाँके जिल्लाको टिमबाट उनले प्रतिनिधित्व गर्ने अवसर पाए । त्यहाँ खेलेका दुई खेलमा ९ विकेट लिन सफल भए । २०७१ सालबाट उत्कृष्ट शुरुवात भएको उनको क्रिकेट यात्रा यू–१९ क्रिकेट टोलीमा छनोट नहुनुदेखि लिएर नेपालका घरेलु लिगहरुमा उत्कृष्ट प्रदर्शन गर्नुसम्म रहन गयो । 

अविनाशले क्रिकेट खेल्न थालेको ६ वर्ष भयो । यो ६ वर्षे क्रिकेट यात्रामा उनले नेपाली राष्ट्रिय टोलीका पारस खड्कालाई धेरै पछ्याए । अविनाश आफ्नो क्रिकेट यात्रामा सफलतापछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषावकर, वसन्त रेग्मी, पूर्व खेलाडी शक्ति गौचन र पारस खड्काको निकै ठूलो भूमिका रहेको उनी बताउँछन् । 

“सुरुमा क्रिकेट खेल्ने सपना थियो तर क्रिकेटमा लाग्न प्रेरणा दिने मान्छे भने थिएन । पछि नेपालगन्जमा आउँदा दाइले सहयोग गरेपछि मलाई सहज भयो । क्रिकेटमा नै लागेर यो ठाउँसम्म पुग्छु भन्ने त लागेको थिएन तर केहि हदसम्म सफलता पाउँछु भन्ने आशा चाहिँ हराएको थिएन,” अविनाशले भने । 

जिल्लास्तरीय प्रतियोगितामा उनले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई नेपाली टोलीका हालका कप्तान पारस खड्काले एपीएफमा बोलाएका थिए । अविनाशले एपीएफबाट २०१७ को प्रधानमन्त्री कप क्रिकेट खेल्ने मौका पाए । त्यसमा उनले उत्कृष्ट प्रदर्शन गरे । 

अविनाश भन्छन्, “सुरुवाती दिन निकै असहज थियो । एपीएफमा आउँदा पनि पारिश्रमिक धेरै थिएन । मलाई पैसाभन्दा पनि खेलको लागि धेरै मिहिनेत गर्ने अवसर थियो । आफ्नो प्रदर्शन भन्दा अन्य कुरामा ध्यान दिइन मैले । त्यसपछि घरेलु प्रतियोगितामा ध्यान गयो ।”

अविनाश एकताका नेपाली यू–१९ को बन्द प्रशिक्षणमा पनि नपरेका भने होइनन् । तर खेलमा कमजोरी देखाउँदै उनी टोलीमा अटाउन भने सकेनन् । त्यसपछि घरेलु प्रतियोगिताहरुमा सीमित भए । त्यहाँ भने जमे । 

राष्ट्रिय टोलीमा डेब्यु 

नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन निकै चुनौती छ । किनकी अनुभवी खेलाडीसँग युवा खेलाडीले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अविनाश त्यसैमा तिव्र गतिका बलर । अहिले टोलीमा तिव्र गतिको बलर सोमपाल कामी छन् । अभिनास सोमपाल पछिको वैकल्पिक खेलाडी हुन् । राष्ट्रिय टोलीमा स्थान बनाउने खेलाडीमध्ये धेरै यू–१९ लेभलबाट आएका हुन्छ्न । अविनाशको हदमा भने फरक छ । 

उनी उमेर समूहमा प्रतिस्पर्धा नगरी सिधै राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी हुन् । एक पटक यू–१९ को क्याम्पबाट बाहिरिएका उनी घरेलु लिगमा गरेको प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीमा अटाएका हुन् । कप्तान पारस खड्काले क्याम्पमा बोलाएपछि राष्ट्रिय यात्रा त्यहिँबाट सुरु भयो । राष्ट्रिय टोलीमा परेको समयलाई सम्झँदै अविनाश भन्छन्, “मलाई त्यति चाँडै नेपाली राष्ट्रिय टोलीले विश्वास गरेकोमा धेरै खुसी लागेको थियो । पहिलो पटक टोलीमा पर्दा मलाई सुरुमा अचम्म लाग्यो कि यति ठूलो अवसर हात पर्यो । ईपीएलमा गरेको प्रदर्शन र क्याम्पमा भएको मेरो प्रदर्शन हेरेर म टिममा पर्छु जस्तो पनि लागेको थियो ।”

उनको अबको लक्ष्य टोलीको जितमा उत्कृष्ट प्रदर्शन गर्ने हो । टि–ट्वान्टी विश्वकपको अवसर गुमाए पनि अर्को विश्वकपको लागि तयार हुनुपर्ने अविनाश बताउँछन् । उनको सपना पनि टि–ट्वान्टी विश्वकप खेल्ने हो । अहिले अभिनास १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी गरीरहेका छन् । जहाँ क्रिकेट पहिलो पटक समावेश गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC