site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले जागरण अभियानमा कसलाई कहाँ खटायो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले हिमाल, पहाड, तराई—मधेश  जागरण अभियानको दोस्रो चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुको सूची आज बिहान सार्वजनिक गरेको छ ।  सो जागरण यही भदौ २४ देखि असोज ७ गते सम्म चल्ने जनाइएको छ । प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशमा खटिने प्रतिनिधिहरुको सूची कांग्रेसले आज सार्वजनिक गरेको हो । 

 जसअनुसार ताप्लेजुङ्गमा झापाका राजनबहादु ढुंगाना र सुरेश सुब्बा, पाँचथरमा पनि झापाकै डा खगेन्द्र अधिकारी र देउकुमार थेवे, इलाम—१मा झापाका दीपेन्द्रप्रसाद ढकाल र ताप्लेजुङ्गका केशवप्रसाद दाहाल, ईलाम—२मा मोरङ्गका विश्वनाथ रिजाल र ताप्लेजुङ्गका डीबी रार्ई, संखुवासभामा मोरङ्गका सूर्यमाराज राई र झापाका अनिलकृष्ण प्रसाईलाई तथा तेह्रथुममा पाँचथरका सुरेन्द्र दाहाल र ताप्लेजुङ्गका प्रतापप्रकाश हाङ्गनामलाई खटाइएको कांग्रेसले जनाएको  छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, धनकुटामा झापाका विश्वदीप लिंगदेन र मोरङ्गका घनेन्द्र कुँवर (सुमन)लाई, भोजपुरमा खोटाङ्गका सुभाषकुमार पोखरेललाई, खोेटाङ्गमा सोलुखुम्बुका आङ्गगेलु शेर्पा र  ओखलढुंगाकी गोमा केसीलाई खटाएको जनाइएको छ । सोलुखुम्बुमा  सिन्धुलीका मोहनप्रसाद बराल र खोटाङ्गका दिनेश राईलाई , ओखलढुंगामा खोटाङ्गका बीरकाजी राई र खोटाङ्गका सर्बधन राईलाई,उदयपुर—१मा खोटाङ्गका सरस्वती बजिमय र इलामका भूपेन्द्र कट्टेलाई खटाइएको जनाइएको छ । उदयपुर—२मा सुनसरीका किशोर राई र झापाका केशवराज पाण्डेलाई खटाइएको कांग्रेसले जनाएको छ । यस्तै, झापा—१मा मोरङ्गका रमेशजंग रायमाझी र मोरङ्गकै विन्दिया कार्की, झापा—२मा मोरङ्गका बसन्त भट्टराई र मोरङ्गकै डा सुनिलकुमार शर्मा,झापा—३मा मोरङ्गका केदार कार्की र मोरङ्गकै हसन अन्सारी, झापा—४मा ताप्लेजुङ्गका दीपेन्द्रकुमार सेन्दाङ्ग र मोरङ्गका लोकप्रसाद संग्रौला, झापा—५मा सुनसरीका विनोद राई र मोरङ्गका शेखरचन्द्र थापा, मोरङ्ग १मा झापाकी सीतादेवी पौडेल र सुनसरीका चन्द्रप्रसाद श्रेष्ठ,मोरङ्ग २मा सुनसरीका हेमराज कर्ण पौडेल र सिरहाका डा गणेश मण्डल, मोरङ्ग ३मा उदयपुरका हिमाल कार्की र झापाका खड्ग प्रसाई, मोरङ्ग ४मा झापाका ओमप्रकाश सराबगी र ओखलढुंगाका मित्रसेन दाहाल,मोरङ्ग ५मा सुनरीका रेवतीरमण दुलाल र भगिरथकुमार पोद्धार तथा मोरङ्ग ६मा भोजपुरका उमेशजंग रायमाझी र खोटाङ्गका शिवकुमार बस्नेतलाई खटाइएको कांग्रेसले जनाएको छ । 

यसैगरी, सुनसरी १मा संखुवासभाका थलकुमार लिंखा र धनकुटाका आनन्द सन्तोषी राई, सुनसरी २मा झापाका विनकुमार विश्वकर्मा र झापाकै भूमिप्रसाद राजबंशी, सुनसरी ३मा धनकुटाका हरि अधिकारी, सुनसरी ४मा मोरङ्गका सुकदेवप्रसाद मण्डल र मोरङ्गकै दिलीप गच्छदारलाई खटाइएको जनाइएको छ । 

Global Ime bank

यस्तै कर्णाली प्रदेश अन्तर्गत रुकुम(पश्चिम)मा जाजरकोटकी मैना रावल र सल्यानका एकराज डाँगी,सल्यानमा सुर्खेतका खड्गबहादुर बस्याल र दैलेखकी सीता राना मगर, डोल्पामा जाजरकोटका वेदराज सिंह र जुम्लाका भीमनिधी हमाल, जुम्लामा रुकुमका कृष्णबहादुर रोकाया र सुर्खेतका टेकबहादुर सिंहलाई तोकिएको जनाइएको छ । मुगुमा जुम्लाका ललितजंग शाही र कालिकोटका टेकबहादुर शाही, हुम्लामा मुगुका ऐनबहादुर शाही र चितवनका दिनेश कोइराला,कालिकोटमा मुगुका तिलक मल्ल र हुम्लाका रिता शाही, जाजरकोटमा सुर्खेतका झकबहादुर डाँगी  र डोल्पाका टंकप्रसाद उपाध्याय, दैलेखमा कालिकोटका मोतिराम बम ठकुरी र जाजरकोटका राजीव विक्रम शाह, दैलेख २मा जाजरकोटका सनतकुमार कार्की र सुर्खेतका लोकबहादुर बिक तोकिएका छन् । 

सुर्खेत १मा कालिकोटका कालिबहादुर सहकारी र दैलेखका जगतजंग थापा, सुर्खेत २मा बाँकेका निरञ्जनसिंह सिजापति र रुकुमका मानबहादुर नेपाली तोकिएका छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरामा बैतडीका उत्तरबहादुर ऐर र अछामका बलबहादुर कुँवर, बझाङ्गमा बाजुराका पदमबहादुर शाही र डडेल्धुराका नरभान कामी, डोटीमा कैलालीका नारायणदत्त मिश्र र बैतडीका हरिमोहन भण्डारी, अछाम—१मा कैलालीका हिमबहादुर रावल र कैलालीका गोविन्दराज जोशी, अछाम —२मा दार्चुलाका मदन गिरी र कालिकोटका हिक्मतबहादुर बिष्ट,दार्चुला १मा कैलालीका लक्षमणबहादुर शाही  र कञ्चनपुरका गोपाल गुरुङ्ग, बैतडीमा डडेल्धुराका रघुबर भट्ट र अछामका पुष्पबहादुर शाही, डडेल्धुरामा कञ्चनपुरका अन्तराम भट्ट र कञ्चनपुरकै बेलबहादुर राना,कञ्चनपुर १मा कैलालीका प्यारेलाल राना र कैलालीकै बुद्धिसागर चौधरी तोकिएका छन् ।

कञ्चनपुर २मा कैलालीकी  डा आरजु राणा देउवा र कैलालीकै टेकबहादुर रैका, कञ्चनपुर ३मा दार्चुलाका बिक्रमसिंह धामी र बैतडीका शिबराज भट्ट,कैलाली १मा दाङ्गका कमलकिशोर घिमीरे र बर्दियाका अरुणप्रकाश सिंह राठौर,कैलाली २मा अछामका अक्कलबहादुर बिष्ट र अछामकै टेकबहादुर साउद,कैलाली ३मा बाँकेका लक्ष्मीनारायण शाह र अछामका अम्बीकुमारी थापा, कैलाली ४मा डोटीका योगेन्द्रबहादुर शाही र कञ्चनपुरका दिवानसिंह बिष्ट, कैलाली ५मा बझाङ्गका पृथ्वीबहादुर सिंह र अछामका मेघराज खड्का खटाइएको नेपाली कांग्रेसले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement