site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङका तीन स्थानीय तहमा १५ जना डेंगी संक्रमित
Ghorahi CementGhorahi Cement

दाङ । दाङका तीनवटा स्थानीय तहरुमा डेंगीका बिरामी फेला परेका छन् । दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउपालिकामा १५ जना संक्रमित फेला परेका छन् । 

साउन ३२ गतेदेखि भदौ २३ गतेसम्मको तथ्यांक हो यो । घोराही उपमहानगरपालिका ६ जना, तुलसीपुर उपमहानगरपालिकामा ६ जना र बबई गाउँपालिमा दुई जना डेंगीका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । एकजना बिरामीको भने ठेगाना खुल्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङमा दश स्थानीय तह छन ।

Agni Group

यो वर्ष सबैभन्दा पहिलो बिरामी घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनामा फेला परेका थिए । स्थानीय २८ बर्षीय एक पुरुषलाई पहिलो पटक जिल्लामा डेंगी देखिएको हो । उनी जिल्लामा रहेका अस्ताल हुँदै राजधानीको मेडिसीटी हस्पिटलको लामो उपचार पछि हप्तादिन अगाडि मात्रै घर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

डेंगीका विरामी मध्य अधिकांश उपचारपछि घर फर्किसकेका छन् । ६ जना भने अझै उपचाररत छन् । हाल एक जनाको काठमाडौंको टिचिङमा, छिमेकी देश भारतको लखनउमा थप १ जना, दाङको तुलसीपुरमा १ जना र बाँकी ३ जनाको घोराहीका विभिन्न हस्पिटलहरुमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगी रोग नियन्त्रणका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

Global Ime bank

पछिल्लो दुई हप्ताको अवधिमा डेंगीका विरामी ह्वात्तै बढेको चन्दले बताए । उनले यो अवधिमा हप्ता दिनमै १० जना नयाँ विरामी थपिएको उनले जानकारी दिए । पछिल्लो पाँच वर्ष यता दाङमा लामुखट्टेको टोकाई बाट हुने डेंगीको जोखिममा रहँदै आएको छ । 

यसअघि दाङ देउखुरीको गोवरडियामा एक जना महिलाको डेंगीका कारण मत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले २०७२ सालमा डेंगीका कारण ती महिलाको मृत्यु भएको जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC