site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्टेडियमको बीचमा किन रोपियो जङ्गल ?
Ghorahi CementGhorahi Cement

एजेन्सी । फुटबल स्टेडियम भन्ने बित्तिकै होहल्ला र उत्साहपूर्ण माहोल सम्झनामा आउँछ । तर अष्ट्रियामा जलवायु परिवर्तन र वन फँडानीमाथि सबैको ध्यानाकर्षण गराउन एक ‘आर्ट इन्सटलेसनले’ नयाँ र अनौठो योजना सार्वजानिक गरेको छ । 

यसमा स्वीस कलाकार क्लोस लिटमनको नयाँ परियोजनाका लागि क्लाजेनफ्रुटको वर्थरसी फुटबल स्टेडियम अहिले एउटा ठूलो जङ्गलमा परिणत गरिएको छ । यसरी स्टेडियमको बीचौँबीच तीन सय भन्दा धेरै रुखहरु रोपिएको छ , जसमा प्रत्येक रुख ६ हजार किलोको तौलसम्म भएको बताइएको छ । हेर्दा अनौठो देखिएपनि वास्तवमा अष्ट्रियाका चित्रकार एवम् आर्किटेक म्याक्स पेइन्टनरले ३० वर्ष अगाडि नै यसलाई चित्रमा उतारिसकेका थिए जसबाटै यो ‘आर्ट इन्सटलमेन्ट’ प्रेरित भएको बताइएको छ । यस कलाको नाम ‘फर फरेस्ट – द अनएन्डिङ अट्राक्सन अफ नेचर’ रहेको छ । 

Agni Group

यसरी स्टेडियमको मैदानमा रोपिएका ३०० वटा रुखहरु भिन्दाभिन्दै प्रजातिका छन् । स्टेडियमको सिट, कन्क्रिटबाट बनेको ग्राउन्ड र शक्तिशाली प्रकाशका बीच जङ्गलको स्थापनाले धेरै महत्वपूर्ण सन्देश दिने बताइएको छ । लिटमनका अनुसार यसको मुख्य उद्देश्य भनेको प्रकृतिप्रति सबैको धारणालाई चुनौति दिनु हो र भविष्यका बारेमा आफैँलाई प्रश्न गर्न बाध्य बनाउनु हो । यसको अर्थ “आउँदा दिनहरुमा हामीले प्रकृतिलाई यसरी नै विशेष रुपमा संकुचित स्थलहरुमा र संरक्षित अवस्थामा मात्र देख्न पाउने अवस्था सिर्जना हुन सक्छ ।” स्टेडियमको उक्त वन क्षेत्र अक्टोबरको अन्त्यसम्म सबैका लागि प्रवेश गर्न दैनिक खुलाइनेछ । 

वर्थरसी स्टेडियम, अष्ट्रियन फुटबल सेकेन्ड लिगका निम्ति हाल गृहमैदानका रुपमा रहेको थियो । अष्ट्रियाको अहिलेसम्मकै सबैभन्दा ठूलो कला स्थापना ‘फर फरेस्ट’ सेप्टेम्बर ८ देखि अक्टोबर २७ सम्म सञ्चालनमा रहनेछ ।   – सीएनएन
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC