site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
आइफोन कि सामसङ, कसको ब्याट्री धेरै टिक्छ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । हरेक वर्ष विश्वका दुई ठूला स्मार्टफोन निर्माता कम्पनी आइफोन र सामसुङबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । यसमा एन्ड्रोइड र आइफोन प्रयोगकर्ताहरुले दुवै फोनका विशिष्ट फिचरहरु तुलना गरी कुन धेरै टिकाउ, सहज र राम्रो भन्नेमा विवाद गर्ने गरेको पाइएको छ । 

हरेक सेप्टेम्बरमा एप्पलले नयाँ मोडलका आइफोन लन्च गर्दै स्मार्टफोनको दुनियाँमा नयाँ उपलब्धि हासिल गर्ने गर्दछ भने त्यसैको केही महिनामा सामसुङले पनि नयाँ ग्यालेक्सी सार्वजानिक गर्दै आइफोनलाई कडा जवाफ दिने गरेको छ । यसरी दुवै फोनका आ–आफ्ना विशेषता छन् र भिन्दा भिन्दै पक्षमा दुवैलाई उत्कृष्ट मानिन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

यस्तोमा सामसुङ र एप्पलको ब्याट्री सम्बन्धि विवादलाई भने अन्त्य गर्ने प्रयास गरिएको छ । ब्याट्री मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भएको हुँदा स्मार्टफोनका प्रत्येक नयाँ मोडलसँगै ब्याट्री टिक्ने समय पनि बढ्दै गएको पाइएको छ । युट्युब च्यानल ‘फोनब्लफ’ ले एप्पलको नयाँ आइफोन एक्सएस म्याक्स र सामसुङ ग्यालेक्सी एस–टेन प्लसका ब्याट्री परीक्षण गरि नयाँ खुलासा गरेको हो । आइफोन एक्सएस म्याक्सको ब्याट्री ३,१७४ एमएएच भएको बताइएको छ भने सामसुङ एस–टेन प्सलको ब्याट्री क्षमता ३,१०० दाबी गरिएको छ । 

यसरी परीक्षणका क्रममा दुवै फोनलाई एकदिनभर चलाइएको हो जसका लागि हामीले दैनिक फोन चलाउने शैली अपनाइएको थियो । जस्तै कम्तिमा पनि १ घण्टा फोनमा कुरा गर्ने, म्यासेज गर्ने, इमेल तथा विभिन्न वेबसाइटहरु खोल्ने, गेम खेल्ने, गीत सुन्ने, एप चलाउने लगायत सबै काम दुवै फोनमा बराबर गरिएको थियो । यस्तोमा लगातार २४ घण्टा चलाएपछि आइफोन बन्द भएको हो भने एस–टेन प्लसको ब्याट्री चाहिँ २५ घण्टासम्म टिकेको छ । अर्थात सामसुङ आइफोन भन्दा एक घण्टा बढी समयसम्म अन रहन सफल भएको परीक्षणको निष्कर्ष छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC