site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानबाट दक्षिण कोरिया पुग्न १० डलर मात्रै भाडा !
Sarbottam CementSarbottam Cement

एजेन्सी । जापान र दक्षिण कोरियाबीचको हवाइ भाडादर अहिलेसम्मकै सस्तो हुन पुगेको छ । दुई देशबीच जारी कुटनीतिक र व्यापारिक विवादका कारण हवाइ शुल्क घटेर १० डलरमा झरेको संचार माध्यम सीएनएनले जनाएको छ ।  यस्तोमा अहिले दक्षिण कोरियाको राजधानी सिओलबाट जापानको फुकुओका पुग्न बोइङको इस्टर जेटमा केबल १० हजार कोरियन वन अर्थात ८.३८ डलर लाग्छ भने जापानबाट कोरिया पुग्न पनि जापानी १ हजार येन अर्थात् ९.३५ डलर मात्र लाग्नेछ । 

यसरी कर लगायत अतिरिक्त शुल्क जोडिएपनि अरुबेलाको भन्दा यो अत्यन्तै कम भाडादर भएको बताइएको छ । यही समयमा अरु वर्षहरुमा फुकुओकाबाट सिओल आउन ७१ डलर भन्दा अधिक भाडा लाग्दथ्यो ।  त्यसैले पनि सो हवाइ शुल्क गत वर्षको भन्दा ६० देखि ८० प्रतिशत कम हो । यसमा पनि सेप्टेम्बर महिनामा टिकटको शुल्क अत्यन्तै महङ्गो पर्ने गरेको थियो किनकि कोरियाली पर्व ‘छुसेक’ मनाउनका लागि परिवारजनसँग भेट गर्न जापान र कोरियाबीच अत्याधिक आवत्जावत् हुने गर्दथ्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिका वर्षहरुमा यात्रुले छुसेकको समयमा हवाइ सुल्क सयौँ डलर हुने गरेको सम्बन्धी गुनासो समेत गर्ने गरेका थिए ।  तर गत जुलाइमा मात्र दक्षिण कोरिया र जापानबीचको तनाव हालसम्मकै उच्च बिन्दुमा पुगेपछि दुवै देशमा व्यापारिक कारोबार अत्यन्तै न्युन भएको छ । 
यसबीच दुवै देशको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । 

जस्तै यस जुलाइमा दक्षिण कोरियाबाट ६ लाख पर्यटकहरु मात्र जापान भ्रमणका लागि गएका हुन् जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत कम भएको जापानी सरकारको तथ्याङ्कले देखाएको छ ।  यता जापानबाट दक्षिण कोरिया आउने पर्यटकहरुको सङ्ख्यामा पनि उत्तिकै गिरावट देखिएको कोरियाको पर्यटन संघले जानकारी दिएको हो । यसकारण पनि उडान शुल्क यति कम हुन पुगेको बताइएको छ । 

Global Ime bank

गत महिनामा मात्र कोरियन एयरले जापानतर्फको ६ वटा रुट कटौति गर्ने घोषणा गरेको थियो । जापानसँगको विवादकै कारण उडानको माग अत्यन्तै कम भएको बताइएको हो । चीनपछि सबै भन्दा ठूलो सङ्ख्यामा दक्षिण कोरियाली पर्यटकहरु जापान भ्रमणमा जाने गरेका छन् । सीएनएनबाट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ०५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC