site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामाजिक सञ्जालको दुरुपयोग बढ्दै
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । झण्डै एक महिनाअघि कञ्चनपुरको बेदकोट नगरपालिकाकी- एक २३ वर्षीया युवतीले विष सेवन गरिन् । आफन्तसित पर्यटकीयस्थल लिङ्गा घुम्न गएका बेला स्थानीय तीन युवाले उनको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाइदिएकाले तनावमा रहेकी उनले विष सेवन गरेर आत्महत्या गरेकी थिइन् । 

जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो, “उक्त घटनाबारे प्रहरीमा उजूरी परेपछि एक युवकलाई पक्राउ गरेर कारवाही अघि बढायौं ।”घटनामा संलग्न अझै दुई युवक फरार छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी केही साताअघि आफ्नो नामको फेसबुक एकाउण्ट खोलेर आफ्नो फोटो फेसबुकमा राखेको भन्दै भीमदत्तनगरपालिका-१५ की अर्की एक किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिइन् । “मैरै नामबाट फेसबुकमा मलाई नै धम्की आउन थालेपछि उजूरी दिन आएकी हूँ।” प्रवीणताप्रमाण पत्र तहमा अध्ययनरत ती किशोरीले भनिन्,“फेसबुकको धम्कीपूर्ण म्यासेजले निकै तनाव दियो ।” सञ्चारमाध्यममा आएका यी दुई घटना प्रतिनिधि पात्र घटना मात्रै हुन् । उक्त कार्यालयमा फेसबुक, म्यासेन्जर, इमेलगायत सामाजिक सञ्जाल दुरुपयोग भएको उजूरी आउने क्रम बढ्दो छ ।

उक्त कार्यालयका प्रहरी नायब निरीक्षक केशव शर्माले गत आर्थिक वर्षमा सामाजिक सञ्जाल दुरुपयोग भएका ७५ वटा उजूरी परेकामा सात वटालाई  ‘साइबर क्राइम’ अन्तर्गत मुद्दा दायर गरेर काठमाडौँ पठाइएको जानकारी दिँदै सामाजिक सञ्जालबाट महिलाहरू बढी प्रताडित भएको बताए । उनले सबैभन्दा बढी फेसबुक ह्याक गरिएको उजूरी बढी सङ्ख्यामा आइरहेको जानकारी दिए । विगतको तुलनामा सामाजिक सञ्जालका घटना बढिरहेको बताउँदै उहाँले यस्ता नियन्त्रणका लागि अभिभावक सजक हुनुपर्नेमा जोड दिए ।

Global Ime bank

“प्रवीणता प्रमाणपत्र तहसम्मका विद्यार्थी फेसबुकको लतमा बढी देखिन्छन् ।” प्रहरी नायब निरीक्षक शर्माले भने,“अभिभावकले पनि ध्यान नदिए समस्या बढ्दै जाने अवस्था छ ।” प्रहरीले फेसबुकलगायत सामाजिक सञ्जालमा अश्लील फोटो तथा भिडियो पठाउने, असन्तुष्टी पनि फेसबुकमै व्यक्त गर्नाका साथै गालीगलौचमै उत्रिने क्रम पनि बढिरहेको जनाएको छ ।

“व्यक्तिगत इबी साध्न पनि सामाजिक सञ्जाल दुरुपयोग गर्ने प्रचलन जस्तै बन्दै छ,” शर्माले भने,“फेसबुकबाटै मायाजालमा परेर विवाद गर्नेदेखि अरुलाई हतोत्साहित गर्ने काम पनि भएका उजूरी आउन थालेँ ।”सामाजिक सञ्जालको दुरुपयोग पनि एक चुनौती बन्दै गएको बताउँदै उनले सो मुद्दामा एक लाख जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुनसक्ने बताए ।

प्रहरीले फेसबुक, म्यासेन्जर लगायतका सञ्जालमा अनाधिकृत रुपमा आउने लिङ्क पनि नखोल्न आग्रह गरेको छ । “सामाजिक सञ्जाल प्रयोग गर्नेमा पनि धेरै कुरा भरपर्छ ।” 
सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत दीपक चन्दले भन्नुभयो,“यो भेट तथा सम्पर्कको थलो पनि हो, यसलाई दुरुपयोग गर्नेहरुको पनि यहाँ कमी छैन ।” 
देश-विदेशमा रहेकाका लागि सामाजिक सञ्जाल बढी लाभदायक रहेको उनको भनाइ थियो  । “घरमा बसेर भिडियो कल गरेर आफन्त र परिवारसित कुरा गर्ने सुविधा पनि मिलेको छ ।” विद्यार्थी चन्दले  भने,“यसको दुरुपयोग हुन नदिन सबै सचेत हुनु जरुरी छ ।”सोही विश्वविद्यालयमा अध्ययनरत रोशन भाटले सामाजिक सञ्जाल अध्ययनका लागि पनि सहयोगी बनेको बताए । 

उनले सामाजिक सञ्जालले धेरै समय खेरगइरहेकाले समयसीमा ख्याल गरेर उपयोग गर्न सके राम्रो हुने तर यसलाई लत बनाउन राम्रो नहुने बताए । - रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC