site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रविधिको प्रयोगले घटायो एनसेलको आय, झण्डै ६ प्रतिशतले गिरावट
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०१९ को पहिलो ६ महिनामा एनसेलको आय करिब ६ प्रतिशतले घटेको छ । एनसेलको माउ कम्पनी आजियाटाका अनुसार, गत आर्थिक वर्षबाट लगाईएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीमा भएको कमीले गर्दा एनसेलको कुल आयमा असर गरेको हो ।

आजियाटाले आफु अन्र्तगतका कम्पनीहरुको पहिलो ६ महिनाको आर्थिक विवरण गत साता सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदन अनुसार, २०१८ को ६ महिना (जनवरी देखि जुन) को अवधिको तुलनामा २०१९ को ६ महिनामा एनसेलको आम्दानी ५.७ प्रतिशतले घटेको छ भने मोवाइल सेवा अर्थात कोर मोवाइल रेभिन्युमा ३.२ प्रतिशतको गिरावट भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सो अवधिमा एनसेलको अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा पनि १३.७ प्रतिशतले गिरावट आएको छ । भ्वाइस सेवा र अन्तर्राष्ट्रिय आगमन कल टेलिकम कम्पनीहरुको आयको प्रमुख स्रोत हो । विभिन्न माध्यमहरुको उपलब्धता र प्रविधिमा आएको परिवर्तनले गर्दा विश्वव्यापी रुपमा नै दूरसञ्चार सेवा प्रदायकहरुको भ्वाइस र अन्तर्राष्ट्रिय आगमन कलको आय घट्दो क्रममा रहेको छ ।

एनसेलको कुल आयमा गिरावट आएता पनि कम्पनीको डाटा सेवाको प्रयोग भने आक्रामक रुपमा बढ्दो क्रममा रहेको आजियाटाको प्रतिवेदनले देखाउछ । २०१८ को पहिलो ६ महिनामा कम्पनीको कुल डाटा खपत १ करोड ५९ लाख जीबी रहेकोमा यो वर्ष सोही अवधिमा २ करोड १ लाख जिबी डाटा खपत भएको छ ।
कुल ग्राहक संख्यामा ४८.४ प्रतिशत एनसेल ग्राहकले डाटा सेवा लिएका छन् भने यो सेवाबाट हुने आम्दानीको कुल आयमा २२ प्रतिशतको योगदान रहेको प्रतिवेदनले देखाएको छ । कम्पनीको प्रति ग्राहक प्रति महिना डाटा खपत औषतमा ८९१ एमबि रहेको छ ।

Global Ime bank

आजियाटा प्रतिवेदन अनुसार, एनसेलको झण्डै १ करोड ६६ लाख ग्राहक छन् । २०१५ देखि लाभकरको विवाद झेलिरहेको एनसेल नेपालको सबैभन्दा टूलो करदातामध्ये पर्छ । एनसेलले केही साता अघि सार्वजनिक गरेको एक तथ्यांकअनुसार कम्पनीले स्थापनाका देखि गत आर्थिक वर्षसम्ममा २ खर्ब १० अर्ब विभिन्न कर शीर्षकहरु अन्तर्गत कर तिरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC