site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुई सय वर्षअघिको समय पेन्टिङमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई सय वर्षअघिको काठमाडौं कस्तो थियो होला ? सीमित रुपमा पाइने श्यामश्वेत फोटो हेरेर केही अनुमान लगाउनमात्र सकिएला । 

कलाकार हरिप्रसाद शर्माले यथार्थवादी रंगीन पेन्टिङमार्फत् दुई सय वर्षअघिको काठमाडौं देखाउन खोजेका छन् । ४५ वटा बढेमान पेन्टिङ सजाइएको काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा पुग्दा साँच्चिकै दुई सय वर्षअघि पुगेको भान हुन्छ ।

प्राचीन र मध्यकालीन काठमाडौंका सम्पन्न संस्कृति, इतिहास, वास्तुकला र जनजीवन पेन्टिङमार्फत् नै जिउने अवसर चित्रकारले बनाइदिएका छन् । ‘नेपाल थ्रु द एजेजः रिभाइभिङ एन्सियन्ट एण्ड मेडिएभल कल्चर एण्ड आर्किटेक्चर’ नामक चित्रकला प्रदर्शनी असोज ९ गतेसम्म चल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसबेलाका सांस्कृतिक सम्पदाको चित्रमय झाँकीका साथै नेपाली परम्परागत शैलीमा कलाको विकासक्रमका पृष्ठभूमि झल्किने तीन थिम ( जनजीवन, संस्कृति र महत्वपूर्ण इतिहास)मा पेन्टिङहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा ८२ वर्षका शर्माले आफ्नो कलाजीवनमा कोरेका ४५ वटा पेन्टिङमध्ये चारवटा वाटर पेन्टिङ र बाँकी सबै ओयल पेन्टिङ रहेका छन् ।

Global Ime bank

लुम्बिनीमा अशोकको आगमन र अशोक स्तम्भ गाडेको, अरनिकोको चीन प्रस्थान, कैलाशकूट भवन, प्रताप मल्लले स्वयम्भूमा प्रतापपुर र अनन्तपुर नामको दुई शिखर शैलीका मन्दिर निर्माण गरेर ठूलो पित्त्तलको बज्र चढाउँदाको क्षण, पाँच वर्ष लगाएर बनाएको रानीपोखरीको पुरानो रुपलगायतका ऐतिहासिक क्षण र रुपलाई चित्रमा उतारिएको छ ।

“नेपालको हराएर गएको इतिहास, संस्कृति र जनजीवनका अवशेषहरुलाई चित्रमा उतार्न बुवाले एक कलाकारको कलममार्फत् काम गर्नुभएको छ,” हप्रिसादका छोरा विष्णुप्रसाद शर्मा बताउँछन् ।

निरन्तर अध्ययन ँगै क्यानभासमा विभिन्न रंग पेन्टिङ ब्रसले कलात्मक रुपमा उतार्दै जाँदा २५ वर्षसम्मको लगनले ४५ वटा निकै नै मनमोहक पेन्टिङहरु तयार गरिसकेका छन् ।

एउटा थिम तयार हुनेबित्तिकै बुवा–छोराको रिहर्सल शुरु हुन थाल्छ । सम्बन्धित विषयका किताब चित्र तथा स्थानमा गएर अध्ययन अवलोकन गरेर थिमसँग सम्बन्धित सबै सामग्रीले परिपूर्ण भएपछि सुरु हुन्छ– हरिप्रसाद शर्माको क्यानभासमा रंगसँग खेल्ने कार्य ।

काठमाडौं उपत्यकाको सभ्यताको विभिन्न आयामहरु निर्माण गर्न राजा र पहिलेका व्यतिmहरु, कलाकौशल झल्काउने सम्पदा निर्माण गरेका कलाकारहरुको प्रशंसनीय कौशललाई आफ्नो कलामार्फत् प्रस्तुत गर्न सके एकहिसाबले ऋण तिर्न सक्छु कि भन्ने मान्यताले यी पेन्टिङहरु हरिप्रसाद शर्माले कोरेका हुन् ।

११ वर्षको हुँदादेखि नै चित्रकलामा हात हालेका उनले जुद्धकला पाठशालामा चित्रकलाको सामान्य शिक्षा आर्जन गरेका थिए । त्यो बाहेक कुनै पनि कक्षा नलिएका उनी स्वअध्ययन र अभ्यासबाट जन्मेका कलाकार हुन् । कलाको जिवन्त चित्रण गर्ने उनी मदन भण्डारी राष्ट्रिय अवार्ड र अरनिको प्रज्ञा राष्ट्रिय अवार्ड लगायत थुपै्र राष्ट्रिय अवार्डबाट सम्मानित भैसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC