site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । कृषीमन्त्री चक्रपाणी खनाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाइ पसलमा अनुगमन गरेको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना वैद्य नेतृत्वको संयुक्त टोलीले तीन मिठाइ पसलमा अनुगमन गरेको हो ।

टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुड्स र साजन गोठ तथा सुनधाराको सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रलिद्धारा सञ्चालित गुवाफमा अनुगमन गरेको हो । अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरर्वाही गरिएका खाद्य पदार्थ नष्ट गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अनुगमनपछि कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कम्जोरी पाइएको बताइन । उपभोक्तालाई गुणस्तरीय खाना खुवाउने व्यवसायीहरुको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने उनले बताइन । मिठाइ पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको उनले बताइन् । उपभोक्ता र व्यवसायीका लागि अनुज्ञा पत्र लिएर काम गर्दा राम्रो हुने सुझाव दिँदै उनले एक हप्ताभित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन दिएकी छन ।

विभागकी महानिर्देशक वैद्यले सरसफाइ र गुणास्तरीयता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताइन । टोलीले परीक्षणका लागि १४ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ ।

Global Ime bank

विष्लेषण नमुना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्दा चलाइने विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC