site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आइतबारका दिन अपराध बढी !
Ghorahi CementGhorahi Cement

कञ्‍चनपुर । गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ । निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए पनि यहाँ ठूला आपराधिक घटना भने भएका छैनन् । निर्मला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)देखि विभिन्न टोली  सक्रियरुपमा परिचालन भएका छन् ।

पछिल्लो समय बस्ती र टोल-टोलमा प्रहरी साझेदारी कार्यक्रम लिएर जिल्लाभर खटिएको प्रहरी नागरिकसितको समन्वयमा आधारभूत सुरक्षा, लागुऔषध नियन्त्रणदेखि ट्राफिक नियमबारे सचेतना फैलाउन अग्रसर छ । गत आर्थिक वर्षको अपराधको तथ्याङ्क हेर्दा जिल्लामा बढी अपराध ‘आइतबार’का दिन भएको देखिएको छ । गत आवभर आइतबार मात्रै १२२  आपराधिक घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बारकै आधारमा सोमबार १०४ अपराध यहाँ भएको देखिन्छ । त्यस्तै शुक्रबार ९२, बुधबार ८८, मङ्गलबार ८४, बिहीबार ७३ र शनिबार ५७ अपराध गत आवमा भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

Agni Group

त्यसैगरी समयलाई आधार मान्दा कञ्चनपुरमा दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेको बीचमा बढी त्यस्ता घटना गत वर्ष भएका थिए । उक्त कार्यालयले अपराधमा १६ देखि २५ वर्ष उमेर समूहका मानिस बढी सम्लग्न भएको देखिएको जानकारी दियो । गत वर्ष ६३४ मुद्दा दर्ता भएकामा सो समूहका व्यक्ति ३१४ अपराधमा संलग्न रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

“एकाध घटना चर्चामा आए पनि सुरक्षाका दृष्टिकोणले यो शान्त जिल्ला नै हो,” उनले भने, “समाजको सुरक्षा र अपराध नियन्त्रणका लागि हाम्रो सक्रियाता दिनहूँ बढिरहेकै छ ।” 
प्रहरी नायब उपरीक्षक चन्दले प्रहरी साझेदारी कार्यक्रम जिल्लाभरि सञ्चालन भइरहेको जानकारी दिए ।“टोल र विद्यालयस्तरसम्म समिति गठन भएर बस्तीसम्म पुग्दैछौँ,” उनले भने, “समाजको सुरक्षाका निम्ति सबैले प्रहरीसित समन्वय र सहकार्यका निम्ति तयार हुनुपर्छ ।” गत आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्याबाट युवायुवतीले ज्यान गुमाएका थिए ।

Global Ime bank

“यहाँ १४५ जनाले गत वर्ष आत्महत्या गरे,” उनले भने, “आत्महत्या गर्ने १६ देखि २५ बर्ष उमेर समूहका युवायुवती बढी थिए ।” गत वर्ष जबर्जस्ती करणीका ३४ र जबर्जस्ती करणी उद्योगमा २२ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए । तीमध्ये तीनबाहेक अरु मुद्दाका अभियुक्तलाई कारवाहीको दायरामा ल्याइएको थियो । 

त्यस्तै लागुऔषधका ४२,  कर्तव्य ज्यानका छ र ज्यानमार्ने उद्योगका २२ मुद्दा प्रहरीमा दर्ता भएका थिए । झण्डै पाँचलाख जनसङ्ख्या रहेको यस जिल्लामा प्रहरीले आफ्नो उपस्थिति पनि बढाउँदै लगेको जनाएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC