site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नगर बसमा महिला कन्डक्टर !
Sarbottam CementSarbottam Cement

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले खरीद गरेको नगर बस अबका केही दिनमै सडकमा गुड्ने भएका छन् । यसका लागि बाँकेका विभिन्न ‘रुट’मा सञ्चालन गर्ने गरी कार्यविधि बनाइएको छ । 

स्थानीय तह आफैँले बस सञ्चालन गर्न लागेको सम्भवत यो नयाँ हो । त्यसमा पनि अझ सञ्चालनमा आउन लागेको बसमा परिचालक ‘कन्डक्टर’ महिला हुने छन् । काठमाडौँका चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिने भए पनि मोफसलमा सम्भवत नेपालगञ्ज उपमहानगरपालिकाले पहिलोपटक यो काम सुरु गर्न लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

नगरप्रमुख डा धवलशमशेर राणाले भने, “हाम्रा दिदी बहिनी कहाँ कम छन् र रु जस्तोसुकै काम पनि गर्न सक्नुहुन्छ भन्ने देखाउनका लागि यो काम सुरू गर्दैछौँ ।” महिला सशक्तीकरणका उक्त काम उदाहरणीय हुने प्रमुख डा राणाको बुझाइ छ । महिलाले घरको चुलो चौकाको काम सीमित हुनुपर्छ भन्ने कही नलेखेको उनले बताए । 

उपमहानगरपालिकाले सातवटा नगरबस खरीद गरेको छ । ती बसमा परिचालक मात्र होइन, चालक नै महिला राख्ने योजना बनाएको उपमहानगरपालिकाले त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिएको छ तर अझै तयार बनाउनसमेत लाग्ने भएकाले तत्काललाई परिचालक मात्र राख्न लागिएको हो । 

Global Ime bank

प्रमुख राणाले भने, “अहिले परिचालक नै पछि गएर चालक बन्न सक्छन् । उनीहरु परफेक्ट भए पछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” उपमहानगरपालिकाले परिचालकका लागि आवेदन माग गरी अन्तर्वार्ताका लागि तयारी गरिरहेको छ । मधेशी, मुस्लिम, जनजाति महिलालाई प्राथमिकतामा राखेको उनले बताए । 

“कुनै बेला आफ्नो गाडीको चालकका रुपमा महिला राखेका थिए । त्यसबेला महिलाले गाडी चलाएको देख्दा अनौठो मानिन्थ्यो”, प्रमुख डा राणाले भने, “अहिले ती बहिनी एउटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा चालक छन् ।” महिलालाई अवसर दिने हो भनेजस्तो पनि काम गर्न सक्ने उनले बताए । 

उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले नगर बस सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी दिए । उनले भने, “कार्यविधि तयार भइसकेको छ । बसका टिकट छपाइ पनि सकिएको छ । महिला कण्डक्टर नियुक्तिका लागि लिइएको परीक्षाको नजिता पनि केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको छ । नतिजा आएपछि बस सञ्चालनमा आउँछन् ।” 

सूचना अधिकारी पौडेलका अनुसार असोज पहिलो साताभित्रै नगर बस सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC