site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुकुरको टोकाइले मरे तीन हरिण
Sarbottam CementSarbottam Cement

झापा । झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ । 

आज बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए । कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुङ्गाना र डा गणेश भट्टराई लगायतको टोलीले मृत हरिणको ‘पोस्टमार्टम’ गरेका थिए । ‘पोस्टमार्टम’पछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीयवासी र पत्रकारको रोहबरमा गाडिएको छ ।

बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए । कर्मचारी पुगेलगत्तै कुकुर भागेको अध्यक्ष राजवंशीले बताए । विगत ११ वर्षदेखि वनले हरिणलगायत अन्य जीवजन्तु पाल्न थालेको अध्यक्ष राजवंशीले बताए । उनका अनुसार हाल वनमा पाँच वटा पोथी हरिण र तीन वटा भाले हरिण रहेका थिए । - रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC