site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वार्ताका लागि विप्लव सकारात्मक, भन्छन्– ओली वार्ता चाहन्छन् तर अरु भाँड्न खोज्छन्
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सरकारसँगको वार्ताका लागि लचक हुने संकेत देखिएको छ । लगातार नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम जारी रहेको र पार्टीभित्रै वार्ताको लागि दबाब बढ्दै गएपछि विप्लव नेकपाले वार्तामा सहभागी हुने संकेत देखाएको हो ।

गत फागुन अन्तिम साता सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि उसले खुला रुपमा आफ्ना गतिविधि गर्न पाएको छैन । विभिन्न स्थानमा बम विस्फोट गर्ने, चन्दा आतंक मच्चाउनेलगायत गैरकानुनी गतिविधिमा सक्रिय विप्लव समूह नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम बढेपछि कमजोर हुँदै गएको सुरक्षा विश्लेषण छ ।

एकीकृत जनक्रान्तिको नारासहित अगाडि बढेको समूहले सैन्य दस्ता नै तयार पारेर आफ्ना गतिविधि अगाडी बढाएको सरकारको दाबी छ । यद्यपि, विप्लव समूह निःसर्त वार्तामा आए सरकार संवादका लागि तयार रहेको मन्त्रीहरुले बताउँदै आएका छन् । औपचारिक रुपमा वार्ताको पत्र भने विप्लव समूहलाई सरकारले दिएको छैन ।

Agni Group

रत्नपार्कमा वार्ता गर्न तयार छौंः विप्लव

प्रतिबन्धपछि विप्लवसहित शीर्ष नेता भूमिगत छन् । पछिल्लो साढे दूई वर्षयता विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । नेकपाका महासचिव रहेका विप्लवले केही दिनअघि आफ्नो पार्टीको आधिकारिक मुखपत्र मानिँदै आएको इरातोखबर डटकममा भिडियो अन्तर्वार्ता दिँदै आफ्नो पार्टी वार्ता विरोधी नभएको बताएका छन् ।

Global Ime bank

यसबीचमा सरकारका प्रतिनिधिसँग अनौपचारिक संवाद भएको समेत उनले स्वीकार गरेका छन् । अन्तर्वार्तामा उनले भनेका छन्, ‘‘हामी वर्तमान सत्ताको विकल्प एकीकृत जनक्रान्तिबाट खोज्न चाहन्छौं । तर जनताका विषयमा सरकारले वार्ता चाहेकै हो भने हामी वार्ताका निपरेक्ष विरोधी होइनौं । हामी छलफलमा खुला छौं ।’’

सरकारले कूटनीतिक सैन्य रणनीति बनाएर वार्ताको हल्ला चलाएर आफूहरुलाई सिध्याउने नीति सरकारले अपनाएको पनि उनले बताए । उनले भनेका छन्, ‘‘एकातिर वार्ताको हल्ला गरियो, अर्कोतिर राजनीतिक कार्यक्रममा हिँडेका निहत्था नेता–कार्यकर्ता निर्ममतापूर्वक हत्या गर्ने, दमन गर्ने र यातना दिने काम भयो ।’’

वार्ताका विषयमा सरकारभित्रै विरोधी समूह भएको विप्लवको आशंका छ । उनले अन्तर्वार्तामा भनेका छन्, ‘‘केपी ओली वार्ता चाहन्छन् होलाजस्तो देखिन्छ । तर अरुले असफल पार्नका लागि बीचमै सेबोटेज गर्ने विध्वंश गर्ने जस्तो देखिन्छ । शान्तिपूर्ण निकासका लागि हामी तयार छौं । राज्य जनताका विषयमा गम्भीर हो भने रत्नपार्कमा कुर्सी राखेर आम जनताको बीचमा बहस गरौं नत ।’’

सुरक्षा संयन्त्रले विप्लवलगायत शीर्ष नेताको खोजी गर्दै आएको छ । यद्यपि विप्लव कहाँ छन्, संकेतसम्म पाउन सकेको छैन । विप्लवले आफ्नो सूचना चुहिन नदिनका लागि विशेष टिम नै बनाएको बताइएको छ । तल्लो तहका नेता–कार्यकर्ताहरुका अनुसार उनीहरुले पनि विप्लवलाई सहजै भेट्न पाउँदैनन् । 

शक्ति सञ्चय गर्ने रणनीति !

विध्वंशात्मक गतिविधिमा संलग्न रहेको भन्दै गत फागुनमा उसका गतिविधिमा प्रतिबन्ध लागेपछि विप्लव समूह कमजोर बन्दै गएको सुरक्षा संयन्त्रको विश्लेषण छ । यसकारण उसले वार्तालाई रणनीतिक रुपमा प्रयोग गर्ने सम्भावना रहेको उच्च सुरक्षा अधिकारी बताउँछन् ।

जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता छुटाउने, वार्ता भए त्यही समयको फाइदा उठाउँदै राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायसँग सम्बन्ध बढाउने, सम्पर्क सूत्र बढाउने विप्लव समूहको योजना हुनसक्ने आशंका सरकारको छ । केही समयअघि नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रयोगका निम्तिमात्रै विप्लव समूहसँग वार्ता नहुने स्पष्ट पारेका थिए । 

यद्यपि सत्तापक्ष र सरकारभित्रै विप्लव समूहलाई बुझ्ने र हेर्ने दृष्टिकोण फरक–फरक देखिन्छ । नेकपाका नेता जनार्दन शर्माले विप्लव समूहसँग राजनीतिक रुपमा व्यवहार गर्दै वार्ताका लागि वातावरण बनाउनुपर्ने बताउँदै आएका छन् । केही दिनअघि उनले तत्कालीन नेकपा माओवादीसँग सरकारले वार्ता गरेको स्थल दाङको हापुरे पुगेका बेला वार्ताबाटै विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउनुपर्ने धारणा राखेका थिए । 

प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रुपमा विप्लव समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ । दैनिकजसो देशका विभिन्न स्थानमा विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ । प्रतिबन्धपछि मात्रै विप्लव नेकपाका ८ जना कार्यकताले ज्यानसमेत गुमाएका छन् । तीन जनाको प्रहरीको गोली लागेर ज्यान गएको छ भने ५ जनाको आफैंले बोकेको बम विस्फोट हुँदा मृत्यु भएको हो । 

पार्टीमा क्षति भइरहँदा वार्ताको दबाब पनि बढ्दै गएको विप्लव समूहको दोस्रो तहका नेताहरु बताउँछन् । “पार्टीमा एकोहोरो क्षति निराशा पनि छाउँदै गएको छ । अहिले नै राज्यविरुद्ध युद्धको घोषणा गरिहाल्ने अवस्था छैन । त्यसैले वार्तालाई रणनीतिक रुपमा उपयोग गर्न सकिन्छ । यसबाट सम्भावित क्षति रोकिन्छ,’’ एक नेताले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC