site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियासँगको वार्ता सुनिश्चित गर्न अमेरिकालाई चीनको आग्रह
Sarbottam CementSarbottam Cement

चीनले संयुक्त राज्य अमेरिकालाई उत्तर कोरियाले वार्ताका लागि देखाएको तत्परतालाई स्वीकार गरी वार्ता सुनिश्चित गर्न आग्रह गरेको छ । उत्तर कोरियाले निसशस्त्रीकरण वार्ता, संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध फुकुवाका विषयमा पुन: वार्ता गर्न चाहेकोले उक्त प्रस्ताव स्वीकार गर्न चीनले बिहीबार अमेरिकालाई आग्रह गरेको हो । 

उत्तर कोरियाले सोमबार सेप्टेम्बर अन्त्यसम्ममा अमेरिकासँग फेरि वार्ता गर्ने चाहना व्यक्त गरेको थियो । यसका लागि अमेरिका नयाँ प्रस्तावसहित आउनुपर्ने उत्तर कोरियाले माग गरेको थियो । यस विषयमा अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि सोमबार उत्तर कोरियाले वार्ता चाहेको विषयमा वक्तव्य सार्वजनिक भएको एक घण्टापछि भने दुईवटा छोटो दूरीमा मिसाइल प्रक्षेपण गरेको थियो । राजधानी बेइजिङमा आयोजित कार्यक्रममा विदेशमन्त्रीसमेत रहेका स्टेट काउन्सिलर वाङ यीले उत्तर कोरियाले अमेरिकासँग राखेको वार्ताको प्रस्ताव 'सकारात्मक सूचक' भएको र चीनले यस प्रस्तावलाई स्वागत गरेको बताए ।

"यही महिनाको अन्तिमतिर उत्तर कोरिया र अमेरिका फेरि वार्ता गर्न लागेको विषयले खुशी बनाएको छ, " मलेसियन विदेशमन्त्री सैफुद्दिन अब्दुल्लाहसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा वाङ यीले भने, "विगतका अनुभवहरुलाई हेर्दा यसपटकको वार्ताले वास्तविक प्रगति हात पार्नेछ । दबै पक्षका मुल मुद्दाहरुको सम्बोधन हुनेछ ।"

Global Ime bank

यदि कुनै एक पक्षकलाई अर्को पक्षसँग पूर्वशर्त राख्ने, सम्झौता मान्न दबाब दिनेलगायतका गतिविधि भएमा त्यसले काम नगर्ने उनले बताए । उनले यस्ता गितिविधिले विगतमा पनि काम नगरेकोले अहिले पनि यस्ता गतिविधिले सकारात्मक नतिजा नदिने र भविष्यमा पनि सकारात्मक परिणाम हात नपर्ने बताए । 

उनले थपे, "हामी अमेरिकाले पनि यस विषयमा व्यवहारिक पहल गरोस् र वर्तमान अवस्थालाई सहजीकरण गर्न र वार्ताको प्रबर्द्धनका लागि पहल गरोस् भन्‍ने चाहन्छौं ।" वाङ उत्तर कोरियाको पछिल्लो मिसाइल प्ररीक्षणका विषयमा भने केही बोलेनन् ।

यसअघि अेमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुनमा दुई कोरियाको सीमा क्षेत्र नजिकै गैरसैन्य क्षेत्रमा भेट भएको थियो । उक्त भेटका क्रममा दुबै नेताबीच चाँडै तेस्रो चरणको वार्ता गर्ने विषयमा छलफल भएको थियो । त्यसअघि दुई पटकका वार्ता असफल भएपछि तेस्रो पटकको वार्ताको तयारी भइरहेको छ । 

गैरसैन्य क्षेत्रमा भएको भेटपटि उत्तर कोरियाले आठपटक मिसाइल प्रक्षेपण गरेको र कयौंपटक विभिन्न प्रकारका मिसाइलहरु परीक्षण गरिसकेको छ । 
रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC