काठमाडौं । नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले हजुरआमामाथि आक्रमण गर्ने जत्था बोकेर कस्तो नेपाल बनाउनुहुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्,‘‘सम्माननीय प्रधानमन्त्रीज्यु यहाँको राजमा यहाँका कार्यकर्ताले यहाँकै उमेरको सालिन महिला नेतृको हात भांचिदिएका छन् । बाँके जिल्ला नेपाली कांग्रेस सभापति किरण कोइरालाको भांचिएको हातले यहाँको राज्यमा अनेक प्रश्न जन्माएको छ । १. महिलाको मर्यादा । २.इतर विचारको कदर । ३. स्वस्थ राजनीतिको अभ्यास । अनि बिशेष प्रश्न —४.राजनीति हामी कता लग्दैछौं ? हजुरामा माथी आक्रमण गर्ने जत्था बोकेर तपाईं कस्तो नेपाल बनाउन चाहनुहुन्छ ?’’
उनले सामाजिक सञ्जालमा घाइते नेतृ कोइरालाको तस्बिर समेत राखेका छन् । बिहीबार नेपालगञ्जमा कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेका थिए ।