site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार अब कथामात्र सुनाएर बस्दैनः मुख्यमन्त्री गुरुङ
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आफैले आश्चर्यजनक विकास गर्ने बताएका छन् । कथामात्र सुनाएर समस्या समाधान नहुने उनको भनाइ छ ।  “अनेकौँ समस्या छन् भनिरह्यौँ, अब यस्ता कथा हालेर हामी बस्दैनौँ, कर्मचारी आएन, संघ सरकारले दिएन भनेर कथा पनि हाल्दैनाँै”, उनले भने, “हामी, हामी आफै पनि कर्मचारी भर्ना गर्छौँ ।”

शनिबार पोखरामा ६ करोड लागतको शितभण्डार उद्धाटन गर्दै मुख्यमन्त्री गुरुङले सरकार स्थापना यताको १५ महिने अवधिमा धेरै काम भएको दाबी गरे ।

तर, प्रदेश सरकारले विकास गर्नको लागि संघ सरकारले ३० प्रतिशत बजेट दिईनुपर्ने बताए । “संघ सरकारको दिने १०–१२ प्रतिशत विकास बजेटले मुलुकको विकास सम्भव छैन, कम्तीमा ३० प्रतिशत बजेट दिईनुपर्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले लिएको समृद्धिको लक्ष्य पुरा गर्न गरिबी न्यूनीकरण गर्नुपर्ने र उक्त लक्ष्य सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।  “रोजगार र स्वरोजगारको अवसर सिर्जना गर्न कृषि महत्वपूर्ण आधार हुन्छ, यसको लागि जमिनको अधिकतम उपयोग गर्नुपर्छ र व्यावसायिक कृषिमा लगानी गर्न जरुरी छ,” उनले भने ।
१० वर्षमा गरिबीको रेखामुनि रहेका नागरिकको संख्यालाई शुन्यमा झार्ने सरकारको योजना सुनाउँदै उक्त लक्ष्य प्राप्तिको लागि कृषिको आधुनिकीकरण र यान्त्रिकरण जरुरी रहेको गुरुङले बताए । 

कृषिको आधुनिकीकरणको लागि  दक्ष जनशक्तिको आवश्यकता रहेकोले प्रदेश सरकारले गण्डकी टेक्निकल कलेज खोल्ने लागेको उनले दोहोर्याए । सामूहिक खेती र जग्गा चक्लाबन्दी गरेर उत्पादन बढाउनको लागि सरकारले प्रोत्साहन गर्ने मुख्यमन्त्री गुरुङले बताए ।

Global Ime bank

यस्तै, प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको उत्पादन, सुरक्षा र बजारीकरणको लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए । 

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाएर निर्यात गर्ने गरि मन्त्रालयले  काम गरिरहेको उनले बताए । कृषकको लागि भन्डारण र बजार मूल्य महत्वपूर्ण भएकोले विभिन्न स्थानमा कोल्ड स्टोरण निर्माण गर्ने मन्त्री थापाले बताए । 

६ करोडमा कोल्ड स्टोर

प्रदेश सरकारको २ करोड ५० लाख अनुदानमा पोखरास्थित चाउथेमा अत्याधुनिक प्रविधिको कोल्ड स्टोर सञ्चालनमा आएको छ । प्रदेश सरकारले शीतभण्डारमा ७० प्रतिशत अनुदान दिने नीति छ । तर, व्यवसायीहरुले मापदण्ड भन्दा बढी रकम शीतभण्डारमा लगानी गरेका छन् । व्यावसायी अम्मर बहादुर बानियाँ, राजेश र्काी र लेखनाथ पौडेलले सरकारी अनुदान बाहेक ४ करोड रुपैयाँ लगानी गरेर जर्मनी र अमेरिकी प्रविधिको शीतभण्डार निर्माण गरेका हुन् ।

यो प्रविधिको प्रयोग भएको कोल्ड स्टोर नेपालमै पहिलो भएको दाबी गरिएको छ । 

विषादीको प्रयोग गरि फलफूल पकाउने र भण्डारण गर्नुपर्ने कृषकको बाध्यतालाई कोल्ड स्टोरले सहयोग गर्नेछ । कोल्ड स्टोरमा नेपालमा उत्पादन भएका फलफुल तथा तरकारी मात्र भण्डारण गर्ने संचालकहरुको भनाइ छ ।

कोल्ड स्टोरमा कुनै पनि रसायन प्रयोग नहुने हँदा पकाइएका फलफूलको स्वाद र पोषणयुक्त हुने उनले सञ्चालकले जनाएका छन् । कोल्ड स्टोरमा तरकारी, फलफूल, माछामासु, दूध दहीलगायतका सामाग्री भन्डारण गरी बजार अभावको बेला कृषकले बजारमा बेच्न सकिने जनाईएको छ ।
यस्तै, सरकारले पोखरा बुढिबजारमा पनि छिटै अर्को कोल्डस्टोर सञ्चालनमा ल्याउने जनाएको छ । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता माधव लम्सालले यो वर्ष मात्रै कोल्ड स्टोर निर्माणका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । उनका अनुसार १ करोड लागतका ९ अथवा १ करोड ५० लाख लागतमा ६ वटासम्म कोल्डस्टोर निर्माण हुनेछन् । सरकारले हरेक जिल्लालाई समेट्ने गरि कोल्ड स्टोर निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC