site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
प्रविधि पत्रकार मञ्‍च नयाँ कार्यसमिति गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रविधि पत्रकार मञ्‍च (टीजेएफ)को अध्यक्षमा विश्‍वास रेग्मीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।

शनिबार काठमाडौंमा सम्पन्‍न छैठौ वार्षिक साधारणसभाले रेग्मीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। रेग्मी गोरखापत्रमा कार्यरत छन्।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै मञ्‍चको उपाध्यक्षमा लिभिङ विथ आइसिटीका प्रधान सम्पादक राजन लम्साल सर्वसम्मतिले चयन भएका छन्।

यस्तै संस्थाको सचिवमा टेक पाना डटकमका सम्पादक गोपाल साउद सर्वसम्मतिले चयन भएका छन् भने सह-सचिवमा देश सञ्‍चार डटकमका वरिष्ठ उप-सम्पादक सहदेव चौधरी सर्वसम्मतिले चयन भएका छन्। यस्तै कोषाध्यक्षमा टेकपाना डटकमकै रञ्‍जनहरि कोइरालालाई जिम्‍मेवारी दिइएको छ। 

Global Ime bank

यस्तै संस्थाका केन्द्रीय सदस्यहरुमा अर्पणा मगर (दि हिमालयन टाइम्स), अर्जुन पोखरेल (उज्यालो नेटवर्क), किरण आचार्य (कारोबार दैनिक), रविन्द्र शाही (सेतोपाटी डटकम), विजय तिमल्सिना (कान्तिपुर दैनिक) र सन्तोष न्‍यौपाने (नेपाल न्‍यूज डटकम) रहेका छन्। 

कार्यक्रममा प्रविधि पत्रकार मञ्‍चका संस्थापक अध्यक्ष रमेश श्रेष्ठले प्रविधिको पहुँच र बजारको विस्तार बढ्ने क्रमले सूचना प्रविधिको क्षेत्रमा कलम चलाउनेहरुको दायित्व दिनप्रतिदिन बढ्दै गएको र आमजनमानसमा सही सूचना प्रवाह गर्नु पर्ने बेला आइसकेको बताए। नेपालको प्रविधि क्षेत्रमा खोजमुलक कलम चलाउनु पर्नेमा जोड उनले दिए।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC