site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यशैली फेर्दै प्रधानमन्त्री, अब ‘टेबल वर्क’ मा बढी ध्यान
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दैनिक गतिविधि र कार्यशैलीमा अब परिवर्तन गर्ने भएका छन् । उनको निजी सचिवालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री अब पहिलाको जस्तो जुनसुकै कार्यक्रममा जाने शैलीमा परिवर्तन हुने भएको छ । अब जानैपर्ने काममा बाहेक उनले ‘टेबल वर्क’ मा बढी ध्यान दिनेछन् । 

सचिवालयका एक उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘उहाँले अब बालुवाटार वा सिंहदरबारबाट नै गतिविधिको अनुगमन गर्ने र काम गर्ने गर्नुहुनेछ । यसअघि उहाँको दौडधूप बढी भएको र उपलब्धि भने त्यति नदेखिएकोले अब दौडधूप नगरी अनुगमनको कार्यलाई बढी ध्यान दिने तयारी गर्नुभएको छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीले गर्ने भनेको हालैको पूर्वाधार सम्बन्धि एउटा अन्तर्राष्ट्रिय तहको सम्मेलनमा उपप्रधानमन्त्रीलाई उद्घाटन गर्न पठाइएको थियो भने आज हुने बाल दिवसको कार्यक्रमको जिम्मेवारी पनि शिक्षामन्त्रीलाई दिइएको सचिवालय स्रोतले जनाएको छ । 

यसैगरी यही सेप्टेम्बर महिनामा सुरु हुने संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन पनि प्रधानमन्त्री ओली नजाने भएकोले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने तय भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली यही सेप्टेम्बर २२ तारेखका दिन न्यूयोर्क जाने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

Global Ime bank

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा यसपालि नजाने भएकाले परराष्ट्रमन्त्रीले नै महासभामा नेतृत्व गर्ने तय भएको जानकारी गराए । सचिवालयका अधिकारीले जनाए अनुसार अघिल्लो वर्ष प्रधानमन्त्रीको विदेश यात्रा पनि धेरै भएकोमा यसपालि भने विस्तारै कम हुँदै जाने गरी तयारी गरिएको छ । 

प्रधानमन्त्रीलाई पछिल्लो समयमा दुईपटक सिंगापुर लगेर स्वास्थ्य उपचार गरिएको थियो । ‘‘उहाँको स्वास्थ्य अवस्था अहिले ठीक छ, उहाँले नियमित रुपमा कामपनि गरिरहनु भएको छ,’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. अर्यालले भने ।  उनी सिंगापुरमा करिब दुईसाता स्वास्थ्य लाभ गरेर पछिल्लो पटक भदौ २० गते स्वदेश फर्किएका थिए ।
प्रधानमन्त्री लामो समयदेखि मृगौलाको बिरामी हुन् । कामको धपेडीको कारण देखाउँदै उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरे बमोजिम उनी त्यसतर्फ गएका थिए । प्रधानमन्त्री राति १–२ बजेसम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उनलाई समश्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि बताएको जनाइएको थियो ।  

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC