site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘आईसीसीले क्यान निलम्बन फुकुवा गर्छ, नेपाली क्रिकेटले फड्को मार्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी अक्टोबरमा बस्ने आईसीसी बैठकले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवा दाबी गरेका छन् । आईसीसीका बोर्ड सदस्य इमरान ख्वाजा र अमर शेखसहितको प्रतिनिधि मण्डलसँगको वार्तापछि एक कार्यक्रममा उपस्थित भएका सदस्यसचिव सिलवालले निलम्बन फुकुवा गर्नेमा आईसीसी सकारात्मक रहेको दाबी गरेका हुन् । 

सिलवालले भने, “मेरो अनुरोधमा आईसीसीका बोर्ड सदस्य इमरान ख्वाजा र अमर शेख नेपाल आउनुभएको हो । उहाँहरुसँगको वान टु वान वार्ता निकै सकारात्मक भएको छ । मुख्यतः हामीले चार विषयमा छलफल गरेका छौं । अब नेपाली क्रिकेटले फड्को मार्नेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार वार्तामा क्यान निर्वाचनको मिति, निर्वाचनको निष्पक्षता, क्यान निलम्बन फुकुवा र नेपाली क्रिकेटको विकासमा आईसीसीको सहयोगलगायतका विषयमा छलफल भएको छ । 

दुुवै पक्षको छलफलपछि असोज १० र ११ गते क्यानको निर्वाचन तय भएको छ । सिलवालले नयाँ मिति तय हुनुले आईसीसी नेपालको क्रिकेट विकासमा सकारात्मक देखिएको बताए । उनले भने, “निर्वाचनको मिति तय भइसकेको छ । निर्वाचनलाई स्वतन्त्र, पारदर्शी र निष्पक्ष ढंगले अगाडि बढाउन दुवै पक्षबाट प्रतिबद्धता पनि आएको छ ।”

Global Ime bank

निलम्बन फुकुवाबारे अक्टोबरमा बस्ने आईसीसीको बोर्ड बैठकले निर्णय गर्नेछ । आजको वार्तामा सदस्यसचिव सिलवालले नेपालका तर्फबाट गरिएको अनुरोधलाई आईसीसी प्रतिनिधिले सकारात्मक रुपमा रुपमा लिएको बताए । “उहाँहरु नेपालको क्रिकेट विकासमा निकै सकारात्मक हुनुहुन्छ । निलम्बनका विषयमा अझ बढी सकारात्मक हुनुहुन्छ,” उनले भने । 

आईसीसी प्रतिनिधिले नेपालको क्रिकेट सिस्टममा चलोस् भन्ने चाहना रहेको बताएका थिए । सदस्यसचिव सिलवालले त्यसमा एक अभिभावक संस्थाको रुपमा राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको बताए । “क्यान निर्वाचनमा जो आए पनि उहाँहरुलाई प्रक्रियागत रुपमा अघि बढ्न अनुरोध गर्छु । अब विगतको जस्तो लफडा नगरी क्रिकेटले एउटा कोर्स समात्ने विश्वास लिएको छु,” सदस्यसचिव सिलवालले भने।

यस्तै आईसीसी प्रतिनिधिसँगको छलफलमा नेपालको क्रिकेट विकासका लागि ग्रासरुट लेभलबाट नै क्रिकेटका कार्यक्रम गर्नेमा आईसीसी सकारात्मक रहेको सिलवालको भनाइ छ । “यो वर्षभित्र नै क्रिकेटका लागि केही सकारात्मक जानकारी आउने लक्षण आईसीसीले देखाएको छ । मैले केही अनुरोध गरेपछि उहाँहरुले यस्तो लक्षण देखाउनु भएको छ । यसले क्रिकेटले फड्को मार्छ भन्ने विश्वास लिएको छ । नेपालले अहिलेको भन्दा अझै ठूला प्रतियोगिता खेल्ने विषयमा कुरा भएको छ,” सिलवालले भने । 

यसअघि क्यान निर्वाचन असोज ३ र ४ गतेलाई तय भए पनि सदस्यसचिव सिलवालको निर्देशनका कारण हुने–नहुने अन्योल भएको थियो । अब आईसीसी प्रतिनिधिमण्डल र राखेप सदस्यसचिव सिलवाललगायत स्वतन्त्र कमिटीको वार्तापछि नयाँ मिति तय हुनुले क्यानमाथि निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्ने अपेक्षा लिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC