site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रम ओलीका समकालीन प्राध्यापक केआर खम्बू आत्मकथा लिएर आउँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । झापा आन्दोलन ताका वर्तमान प्रम केपी ओली र उनका समकालीन कम्युनिष्ट नेताहरूसँग राजनैतिक सहयात्रा गरेका विद्यार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ पुस्तक लिएर आउने भएका छन् । उभयचर र सरीसृप प्राणिमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक खम्बूले 'छायाँको लस्कर'  लाई आत्मपरक शैलीमा लेखेका छन् । 

पब्लिकेसन्स नेपालयबाट प्रकाशित हुन लागेको केआर खम्बूको आत्मकथामा उनको वैयक्तिक कथासँगै त्यसबेलाको सामाजिक र राजनैतिक परिवेशको चित्रण रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी झापा आन्दोलनबाट शुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन् । उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सिपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपाल, गोविन्द न्यौपानेहरूको संगतको किनारबाट अघि बढेको थियो ।

पढाइकै क्रममा नेत्र ज्योति गुमाएका प्राध्यापक खम्बूले ‘छायाँको लस्कर’मा विगतका तिनै अविस्मरणीय क्षण र सम्झनालाई उधिनेका छन् । खुट्टामा जुत्ता नहुने पूर्वी पहाड खोटाङको बाल्यकालदेखि तराई झरेको तरूनो अवस्था र राजधानीको विद्यार्थी राजनीतिको सेरोफेरोमा उनको कथा घुमेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC