site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जन्मदिनमा मोदीले आमालाई भेटेर खाए सँगै खाना 
Sarbottam CementSarbottam Cement

गान्धीनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औं जन्मदिनको अवसरमा आमा हीरा बेनसँग आशिर्वाद लिएका छन् । मंगलबार दिउँसो अढाई बजे गुजरातको गान्धीनगरस्थित निवास पुगेर प्रधानमन्त्री मोदीले आमासँग आशिर्वाद लिएका हुन् । 

प्रधानमन्त्री मोदीले घर पुगेर आमाका साथ दिउँसोको खाना पनि खाएका छन् । उनले झण्डै आधा घण्टासम्म आमाका साथ बिताएका थिए । त्यसअघि उनले सरदार सरोवर ड्यामको भ्रमण र केवडियामा र्यालीलाई सम्बोधन गरेका थिए । यसअघि लोकसभा चुनावमा लगातार दोस्रो पटक बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले शपथ ग्रहणअघि आमासँग आशिर्वाद लिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री मोदी सोमबार राति गृहराज्य गुजरात पुगेका थिए । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी मंगलबार बिहान आमा हीरा बेनसँगको भेट तय गरिएको थियो । त्यसपछि मात्रै मोदी सरदार सरोवर ड्यामको भ्रमण गर्ने र र्यालीलाई सम्बोधन गर्ने भनिएको थियो । तर पछि प्रधानमन्त्री मोदीको कार्यक्रम परिवर्तन भएको थियो । 

आमालाई भेट्न प्रधानमन्त्री मोदी गान्धीनगर पुग्दा उनको निवास बाहिर स्थानीयको भीड लागेको थियो । उनी पुग्दा भीडले खुशीयालीमा नारावाजी गरेका थिए । आमासँगको भेटपछि घरमा जमा भएका स्थानीयसँग सेल्फी खिचेर उनी नयाँदिल्ली फर्किएका छन् । 

Global Ime bank

नवभारत टाइम्स

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC