site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कास्की उपनिर्वाचन : ३२ मतदान स्थल, ८२ मतदान केन्द्र
Sarbottam CementSarbottam Cement

पोखरा । मौसमी गर्मी विस्तारै घट्दै जाँदा कास्कीमा भने निर्वाचनको गर्मी बढ्न थालेको छ । दुई ठूला दलले आन्तरिक तयारी तीव्र बनाउँदै जाँदा साना दलहरुको गतिविधी पनि बढ्दै गएको छ । उपनिर्वाचनको लागि अझै साढे दुई महिना बाँकी छ ।

देशभरीमै कास्की २ मा मात्र प्रतिनिधीसभाको उपनिर्वाचन हुने हुँदा सबैको ध्यान कास्कीमा केन्द्रित भएको छ । पर्यटनमन्त्रीमा बहाल हुँदै गर्दा रविन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन भयो । उनको निधनपछि रिक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

मिति नजिकिँदै गर्दा राजनीतिक दलले आफ्नो सक्रियता त बढाएकै छन भने अर्कोतिर निर्वाचन आयोगले पनि निर्वाचन प्रक्रिया तीव्रताका साथ अगाडि बढाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार पहिलो चरणको मतदाता नामावली संकलन कार्य सकिएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि नामावली संकलन गर्न पाइँदैन् । साउन १६ गते उपनिर्वाचन गर्ने घोषणा भएको थियो । सोही मितिसम्म मतदान गर्ने मतदाताको संख्या पहिलो चरणमा ७२ हजार दुई सय ७८ जना रहेका छन् । यद्यपी यो नामावली भने अन्तिम नामावली होइन् ।

अन्तिम नामावली तयार पार्ने र निर्वाचन आयोगलाई बुझाउने तयारीका साथ निर्वाचन कार्यालय कास्कीले असोज १ गतेदेखि १० गतेसम्म दोश्रो चरणको नामावली अद्यावधिक कार्यक्रम गर्दैछ ।

Global Ime bank

जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीका अनुसार असोज १ गतेदेखि निर्वाचन हुने प्रतिनिधीसभा निर्वाचन क्षेत्रभित्र पर्ने ११ वटै वडामा स्थानीय तह समन्वय तथा सहयोग समिति  गठन गर्ने र नामावली अद्यावधिक गरिनेछ ।

“राजनीतिक दलसँग छलफल भएको छ, १० गतेसम्म नामावली अद्यावधिक, दाबी विरोध, कसैको निधन भए उनीहरुको हटाउने, बसाईसराई भएकाहरुको नामावली अद्यावधिक लगायतका कार्यहरु गर्नेछौँ,” उनले भने ।

यसको लागि स्थानीय तहमा समवन्य तथा सहयोग समिति गठन गर्ने र सम्बन्धित वडाका वडाध्यक्षलाई संयोजक तोकिएको उनले जानकारी दिए । “११ वटा वडाकै सचिवहरुले सहायक नाम दर्ता अधिकारीको रुपमा काम गर्नेछन्, संयोजन चाहीँ वडाध्यक्षले नै गर्नेछन्,” सुवेदीले भने, “यो समितिमा स्थानीय तहका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधीहरु सदस्य रहनेछन् ।”

उक्त समितिले असोज १० गते पठाएको नामावली जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगमा पठाउनेछ । आयोगले असोज २७ गते अन्तिम नामावली प्रकाशन गर्नेछ । उपनिर्वाचनमा यो क्षेत्रमा ३२ वटा मतदान स्थलका ८२ वटा मतदान केन्द्रबाट मतदान हुने सुवेदीले जानकारी दिए ।

कुन वडामा कसको मत कति ?

कास्कीमा तीन वटा प्रतिनिधीसभा निर्वाचन क्षेत्र छन् । २०७४ को प्रतिनिधीसभा निर्वाचनमा ११ वटा वडामध्ये चारवटा वडामा मात्र गएको स्थानीय चुनावमा कांग्रेसले जितेको थियो । बाँकी सबै वडाहरु तत्कालीन एमालेको पोल्टामा गएका थिए । तीमध्ये केही वडामा त आधाजसो मतले नै एमाले विजयी बनेको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर ४ नेपाली कांग्रेसको पकड क्षेत्र मानिन्छ । यहाँका वडाध्यक्ष शंकर बास्तोलाले गएको चुनावमा ८ सय १७ मत पाए भने उनका प्रतिद्वन्द्वीले ६ सय ३२ मत पाए । वडा नम्बर ७ एमालेको प्रभाव क्षेत्र हो । त्यहाँ एमालेको तर्फबाट विजयी वडाध्यक्ष १२ सय १२ मत पाउँदा उनका निकतम् प्रतिद्धन्दीले ११ सय ११ मत पाएका थिए । वडा नम्बर ८ लाई कांग्रेसले आफ्नो क्षेत्र मान्छ तर स्थानीय चुनावमा सो क्षेत्रबाट एमालेका रुद्रनाथ बराल १ हजार ८ सय ९ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्दी कांग्रेसका शारदा गिरिले १६ सय ६३ मत प्राप्त गरिन् । वडा नम्बर ९ मा कांग्रसका वडाध्यक्षले ११ सय ७४ र एमाले वडाध्यक्ष उम्मेदवारले ९ सय ७४ मत पाएका थिए ।

स्थानीय निर्वाचनमा वडा नम्बर ११ मा पनि कांग्रेसले करिब २ सय मतले अग्रता कायम गरेको थियो। त्यहाँका वडाध्यक्ष मोहन बास्तोलाले १७ सय ७८ र प्रत्यासी देवेन्द्र बास्तोलाले १५ सय ४९ मत ल्याएका थिए ।

वडा नम्बर १५ मा स्थानीय निर्वाचनमा एमालेका प्रकाश पौडेलले १ हजार ९ सय ४४ मत पाएका थिए भने कांग्रेसका टोपबहादुर थापाले १ हजार ५ सय ४७ मत पाएका थिए । 
नेपाली कांग्रेसको समस्या भनेको वडा नम्बर १६, १७, २०, २१ र ३३ नम्बरमा हो । वडा नम्बर १७ एमालेको गढ मानिन्छ । 

गएको स्थानीय तहको निर्वाचनमा वडा नम्बर १६ मा एमालेका जीवन आचार्यले ३१ सय ३३ र कांग्रेसका पदमसिंह गुरुङले २८ सय ६८ मत, वडा नम्बर १७ मा एमालेका तीर्थ अधिकारीले ३ हजार ६४ र कांग्रेसका पुण्डरी बरालले १७ सय ६३, वडा नम्बर २० मा सीम गुरुङले १२ सय २३ र कांग्रेसका महेन्द्र अधिकारीले ६ सय ३१, २१ मा खगराज आचार्यले २५ सय १३ र कांग्रेसका केवल गिरिले ८ सय १३ तथा वडा नम्बर ३३ मा शिवप्रसाद आचार्यले २३ सय ७३ र कांग्रेसका भोजराज आचार्यले १९ सय ९१ मत पाएका थिए । 
पोखरा लेखनाथ महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडालाई राखेर २ नम्बर क्षेत्र बनाइएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC