खेल
एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसँग बराबरी खेलेको हो । मंगलबार राति भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले डर्टमण्डसँग गोल रहित बराबरी खेल्दै एक–एक अंक बाँड्न बाध्य भएको हो । यो खेलमा लामो समय मैदान बाहिर रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि पुनरागमन गरेका थिए ।
डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले पाएको पेनाल्टी अवसर पनि सदुपयोग गर्न भने सकेन् । डर्टमण्डका मार्को रिउसको प्रहारलाई बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले रोकेका थिए । यो बराबरीसँगै बार्सिलोना र डर्टमण्डले पहिलो खेलबाट एक–एक अंक जोडेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६ ०७:३९
प्रतिक्रिया दिनुहोस्