site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ह्याकिङले सम्पत्ति र जीवन दुबैलाई जोखिममा पार्दैछ ! 
Sarbottam CementSarbottam Cement

एजेन्सी । माछा पालिने ट्याङ्कमार्फत् क्यासिनोको प्रणालीमा प्रवेश गर्नु अत्यन्तै असाधारण घटना लाग्न सक्छ । तर सन् २०१७ मा अमेरिकामा माछाको ट्याङ्कमार्फत केही ह्याकरहरुले क्यासिनोका संवेदनशील प्रणालीमा प्रवेश गरेका हुन् । फिनल्यान्डका ती ह्याकरहरुले करिब १० जिबीको डाटा हासिल गर्दै क्यासिनोको नेटवर्कलाई अवरुद्ध गरेका थिए । कम्प्युटर प्रणाली नियन्त्रण गर्नु वास्तवमा सहज कुरा होइन । तरपनि बांग्लादेशको केन्द्रिय बैंकदेखि अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी सम्मका संस्थाले ह्याकिङको सामना गरिसकेका छन् । यस्तोमा धेरै भन्दा धेरै क्षेत्र कम्प्युटरसँग जोड्नुले यस्ता घटना अझ बढ्दै जाने अनुमान गर्न सकिन्छ । 

डार्कट्रेसका टेक्नोलोजी डिरेक्टर डेभिड पार्मरका अनुसार एकै देशका दुई कम्पनीबीच जासुसीका लागि पनि नेटवर्क ह्याकिङ हुने गरेको छ । यसमा फिङ्गर प्रिन्ट प्रणालीदेखि अस्पताल विभागको फ्याक्स मसिन सम्मलाई लक्षित गरिन्छ । यी बाहेकका ठुल्ठुला ह्याकिङहरु त सामाचारमा पनि बारम्बार आइरहने गरेका छन् । सन् २०१६ मा मात्र अमेरिकाका लाखौँ मानिसहरुले ट्वीटर, अमेजोन, नेटफ्लिक्स, रेडिट चलाउनमा कठिनाइ सामना गर्नुपर्यो । ‘मिराइ’ नामक भाइरसका कारण प्रयोगकर्ताहरुले सो समस्या भोग्नुपरेको थियो । सो भाइरसले घरका सिसिटिभी क्यामरादेखि स्मार्ट एनर्जी मिटरसम्म हजारौँ डिभाइसलाई प्रभावित गरिसकेको छ । त्यसैले पनि कम्प्युटर भौतिक संसारसँग जोडिदै जानुले यस्ता हमलालाई जीवन र सम्पति दुवै जोखिममा पार्ने झन ठूलो मौका दिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१५ मा ट्वीटरका सुरक्षा सम्बन्धी अनुसन्धानकर्ताहरुले साइबर सुरक्षा फर्मसँग मिलेर एउटा प्राविधिक ह्याकिङ प्रीक्रयाको नमुना प्रस्तुत गरेका थिए जसमा एउटा गुडिरहेको गाडीलाई कम्प्युटरमार्फत ह्याक गरि नियन्त्रणमा लिइएको हो । उनीहरुले गाडीको ‘स्टेरियो’ अन गर्नुका साथै सिसाको ‘वाइपर’ चलाउन, इन्जिन समेत बन्द गरे भने ब्रेक लगाउन र कतिपय अवस्थामा ‘स्टिरीङ ह्वील’ घुमाउन पनि सफल भएका हुन् । यसको नजिता स्वरुप कारका निर्माणकर्ता फिआट क्रिस्लरले १४ लाख गाडीको कारोबारमा रोक लगाउने निर्णय गरेका हुन् । तिनै अनुसन्धानकर्ताहरुले इन्सुलिन पम्प लगायत मेडिकल डिभाइसहरु पनि ह्याक गरेर देखाएका थिए । यसरी इन्सुलिन पम्प ह्याक भएमा कसैको ज्यान पनि जान सक्छ । 

तर ह्याकिङ बढ्दै जानुले यसलाई रोक्ने विरोधी प्रणालीको उत्पति पनि गराइरहेको छ । किनकी कम्पनीहरु पनि यसका खतराबारे राम्रोसँग जानकार छन् । ठुल्ठुला व्यवसायिक कम्पनीहरुले नयाँ प्रविधि अपनाउन हिचकिचाउनुका पछाडिको सिङ्गो ठूलो कारण ह्याकिङ नै भएको बताइएको छ । अर्कोतर्फ उपभोक्ता पनि चिन्तित छन् । त्यसैगरी सरकार पनि यसमा संलग्न भइरहेको छ । सन् २०१७ मा मात्र अमेरिकी खाद्य तथा औषधि विभागले पहिलो साइबर सुरक्षा सम्बन्धी उत्पादन नल्याउने निर्णय गरेको थियो । ह्याकरहरु माझ सो उत्पादन संवेदनशील हुने पत्ता लगाएपछि विभागले त्यस्तो निर्णय लिएको हो । त्यही वर्ष क्यालिफोर्निया पनि डिफल्ट पासवर्डको प्रयोग निषेध गर्ने पहिलो अमेरिकी स्टेट बनेको थियो । यता बेलायती सरकारले पनि निर्माणकर्ताहरुलाई सुरक्षा सम्बन्धी अपडेट गराउनैपर्ने नियम राखेको छ ।  द इकोनोमिस्टबाट

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC