site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा, दिपेन्द्र ऐरी बने उपकप्तान
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेप्टम्बर २७ बाट सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सिरिजमा आयोजक सिंगापुरसँगै टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्वावे र नेपाल सहभागी हुनेछन ।

बिहस्बार (आज) पत्रकार सम्मेलन गरेर कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । पारसको कप्तानीमा रहेको टोलीमा दिपेन्द्र सिँह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । टोलीमा अन्य खेलाडीमा सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, सन्दीप लामिछाने, कुशल मल्ल, अभिनाश बोहरा, रोहित पौडेल, सुसान भारी, इसान पाण्डे, आरिफ सेख छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १५ सदस्यीय टिमको घोषणा गरिएको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनोट गरेका हुन् ।

नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ  भने २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा आफ्नो दोस्रो खेल खेल्नेछ । २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ ।  सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

Global Ime bank

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली सिंगापुरबाटै ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपाल, आयरल्याण्ड, ओमान, हङकङ र नेदरल्याण्डको सहभागिता रहनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC